‘आलोचना आलोक हो’ – युग पाठक
आलोचना खतरनाक होइन, सत्मार्ग पहिल्याउने कडी हो भन्ने नबुझ्ने सत्ताधारीको सोचले यस्तो भएको हो । आलोचना त आलोक हो ।
जतिबेला तपाईं यो संघको नेतृत्व गर्दै हुनुहुन्छ, त्यतिबेला नेपाल आलोचनात्मक विचार राख्नेहरुप्रति अनुदार बन्दै गएको छ । यसलाई कसरी छिचोल्ने ?
जनमतसहित शक्तिशाली सरकार आफ्नो काममा भन्दा पनि आलोचना गर्नेलाई तह लगाउनेतिर शक्ति खर्चिरहेको छ । आलोचना गर्नेलाई त्रासको मनोविज्ञान सिर्जना गरिदिने र ‘सेल्फ सेन्सर्ड’ गर्न बाध्य बनाउँदै गएको छ । अहिले यो ठीक्कको देखिए पनि पछि ठूलो मुद्दा हुनसक्छ । चुनौती चर्कै छ ।
सरकार किन आलोचनाप्रति अनुदार बन्छ ?
आलोचना खतरनाक होइन, सत्मार्ग पहिल्याउने कडी हो भन्ने नबुझ्ने सत्ताधारीको सोचले यस्तो भएको हो । आलोचना त आलोक हो ।
यो संस्थाको आर्थिक स्रोत के हो ?
सदस्यहरुको लेबी । बर्सेनि १ हजार डलर सदस्य शुल्क तिर्नुपर्छ । यसमा व्यक्ति होइन, संस्था सदस्य बन्ने भएकाले पनि महँगो लेबी हो ।
तर तपाईं व्यक्तिगत रुपमा सदस्य बन्नुभएको हो ?
६ वर्षअघि दीनानाथ शर्मा शिक्षामन्त्री छँदा परराष्ट्र मन्त्रालयमार्फत् संघले आफ्नो सम्मेलनमा आलोचनात्मक लेखकहरु पठाइदिन चिठी लेखेछ । त्यसपछि खगेन्द्र संग्रौला र म सरकारी खर्चमा गयौँ । उक्त संस्था लामो समयपछि पुन:जागृत भएकाले उक्त सम्मेलनमा भाग लिएका हामीलाई संस्थापक सदस्यता दिइयो ।
यसले विश्व–राजनीतिमा कहिलेसम्म प्रभावकारी हैसियत बनाउला ?
आर्थिक र सैन्य शक्तिका आधारमा प्रभावकारी भूमिका देखिने हो । आर्थिक स्रोत सीमित भएकाले हामीसँग दुई विकल्प छन्, लेखक आफ्नै बुत्ताले अघि बढ्ने र अनुसन्धानमूलक संस्थाको सहयोग लिने । सहयोग दिनेको नाभी साम्राज्यवादी मुलुकमै जोडिने भएकाले त्यो स्वतन्त्र हुँदैन । व्यक्तिगत तहको अनुसन्धानमा संघले सघाउन सक्छ ।
आर्थिक स्रोतबिना संस्था कसरी अघि बढ्छ त ?
हामी विचारले मात्रै बाँधिएका छौँ । नैतिक र वैचारिक शक्ति छ, आर्थिक शक्ति छैन । नि:शर्त सहयोग लिन्छौँ ।
संस्थाको नेतृत्व लिएपछि नेपालले कसरी लाभ लिन सक्छ ?
सन् २०२० मा सीमान्तकृत सांस्कृतिक राजनीति रहनुपर्यो भनेर नेपालमा गोष्ठी गर्दै छौँ । किताबहरु अनुवाद गरेर विचार आदान–प्रदान गर्ने सोच छ ।
तर यस्ता संस्थाको पदमा पुगेपछि आफ्नो प्रोफाइल बनाउने र राजनीतिक नियुक्ति लिने परिपाटी छ नि ?
आलोचनात्मक चेत भएकाहरु कहिल्यै सत्ताधारीको प्रिय हुँदैनन् । त्यसैले यो राज्यको पद पाउने होइन, गुमाउने कुरा हो ।
सम्बन्धित
हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्...
कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अ...
‘बाथमा मुख बार्नुपर्दैन’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?...
‘कामीरिताको कीर्तिमान तोड्छु’
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उक...
'अब कसले स्कुल खोल्छ ?'
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल म...
'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो ।...