'किसानसँग किन्दा आधा सस्तो'
आपूर्तिकर्ताका धेरै तह हुँदोरहेछ । ती तह पार गरेर बजारसम्म तरकारीजन्य वस्तु आइपुग्दा स्वत: महँगो हुँदोरहेछ ।
कृषिजन्य सामग्री कहाँबाट ल्याउनुहुन्छ?
पहिले कालीमाटीलगायतका तरकारी बजारका आपूर्तिकर्ताबाटै ल्याउँथ्यौँ । अहिलेचाहिँ यो मोडलमा परिवर्तन गरेर सोझै किसानबाट किन्छौँ ।
किन मोडल परिवर्तन गर्नुपरेको ?
मूल्यका कारण । किसानबाट र आपूर्तिकर्ताबाट किन्दा मूल्यमा ठूलो अन्तर देखियो । किसानहरु मारमा परिरहेको चाल पायौँ ।
यस्तो अन्तर किन हुँदोरहेछ ?
आपूर्तिकर्ताका धेरै तह हुँदोरहेछ । ती तह पार गरेर बजारसम्म तरकारीजन्य वस्तु आइपुग्दा स्वत: महँगो हुँदोरहेछ ।
आपूर्तिकर्ता सिन्डिकेटकै कारण काठमाडौँमा तरकारी महँगो भएको हो ?
त्यस्तै देखियो । हामीले किसानलाई राम्रो मूल्य दिएर आफ्नो नाफा जोडेर बेच्दा समेत बजारभन्दा ५० प्रतिशत सस्तो बेच्न सकिरहेका छौँ ।
आपूर्तिकर्ताको सञ्जाल छिचोलेर किसानसम्म पुग्न सजिलै रहेछ ?
सोचेजस्तो सजिलो छैन । आपूर्तिकर्ताले किसानको खेतबारीमै पुगेर पहिल्यै पैसा दिँदारहेछन् । बिचौलिया भूमिकामा देखिने उनीहरुले नै किसानको तरकारीको भाउ तोक्दारहेछन् । खेतबारी र बजारमा भाउ उनीहरुले निर्धारण गर्दारहेछन् । उत्पादन लागतका आधारमा वस्तुको मूल्य तोकिनुपर्ने हो । यो उल्टो हुँदैछ भनेर किसानलाई बुझाउन निकै गाह्रो भयो ।
किसानलाई उत्पादनमा सघाउने कुनै योजना पनि छ ?
विषादीरहित खाद्य उत्पादन गर्नुपर्छ भनेर हामीले केही वित्तीय संस्थासँग कुरा गरिरहेका छौँ । हाम्रो लक्ष्य भनेको उपभोक्ताको भान्सामा स्वच्छ कृषिजन्य उत्पादन पुर्याउनु हो ।
पैसाको व्यवस्था गरिदिएपछि त फेरि किसानहरु तपाईंहरुप्रति नै बढी जिम्मेवार हुन्छन् । कसरी उत्पादनको मूल्य पाउँछन् ?
हामीलाई नै उनीहरुले सामान बेच्नुपर्छ भन्ने बाध्यता हुँदैन । आर्थिक सहयोगको आदानप्रदान हामीसँग नभई बैंकहरुसँग हुने हो । खास सहयोगी हामी नभई बैंकहरु हुन् । अर्को कुरा, हामीले किसानबाट कतिमा किनेर बेच्यौँ भन्ने कारोबार पारदर्शी हुन्छ । हाम्रा सामानको मूल्यसूचीवेबसाईटमा हुन्छ ।
बिचौलियाको नियन्त्रणमा रहेको कृषिजन्य वस्तुको बजारमा तपाईंहरुको उपस्थिति कति छ ?
हामीले तरकारी प्रतिदिन १ हजार ५ सय किलोग्राम बेचिरहेका छौँ । तरकारीको कुल बजारमा यो एकदमै सानो हिस्सा हो । किसानसम्म सोझै पहुँच पुर्याउने विकल्प थुप्रै भएमा मात्रै किसानले लाभ पाउनेछन् ।
बजारमा हस्तक्षेपकारी हैसियत कहिलेसम्म बनाउने अपेक्षा छ ?
सुरु गर्दा हामीले उपभोक्ताबाट यो स्तरको विश्वास पाइन्छ भन्ने सोचेकै थिएनौँ । जुन हिसाबको सकारात्मक प्रतिक्रिया र साथ पाइरहेका छौँ,यसबाट हामीलाई ठूलो हौसला मिलेको छ ।
अहिले कुन–कुन ठाउँका किसान तपाईंहरुसँग जोडिएका छन् ?
धादिङ, चितवन र झापाका किसानहरुले हामीलाई सोझै आफ्ना उत्पादन पठाइरहेका छन् । हामी आफैँ त्यहाँ गएर सामान ल्याउँछौँ ।
सम्बन्धित
हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्...
कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अ...
‘बाथमा मुख बार्नुपर्दैन’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?...
‘कामीरिताको कीर्तिमान तोड्छु’
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उक...
'अब कसले स्कुल खोल्छ ?'
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल म...
'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो ।...