‘कलाक्षेत्रकै महँगो पुरस्कार’
सुरुमा रेलवे बेलायतीहरुले नेपालका काठपात लैजान बनाए । बिस्तारै रेलमै जन्ती जाने–आउने भएसँगै भारतसँग सांस्कृतिक सम्बन्ध आदानप्रदान भयो । चित्रमा सीतालाई विवाह गरेर रेलबाट लैजाँदै गरेको देखाएको छु ।केही स्थानीय विषयवस्तु पनि छन् । खासगरी मधेसमा ५०–६० प्रतिशत अंगीकृत नागरिक महिलाबारे ।

रेलले तपाईंको जीवनमा कस्तो प्रभाव पार्यो ?
बचपनमा म जन्मस्थल महोत्तरीदेखि रेलबाट जनकपुर आउजाउ गर्थें । हाम्रो खेल मैदान नै रेलको प्लेटफर्म हुन्थ्यो । त्यसको ठूलो प्रभाव छ ।
यो सिरिजको चित्र कोर्न केले प्रेरित गर्यो ?
रेल तराईको सांस्कृतिक इतिहास हो । यो इतिहास देखाउन र जोगाउन यो सिरिज कोरेको हुँ ।
रेल कसरी सांस्कृतिक इतिहास भयो ?
सुरुमा रेलवे बेलायतीहरुले नेपालका काठपात लैजान बनाए । बिस्तारै रेलमै जन्ती जाने–आउने भएसँगै भारतसँग सांस्कृतिक सम्बन्ध आदानप्रदान भयो । चित्रमा सीतालाई विवाह गरेर रेलबाट लैजाँदै गरेको देखाएको छु ।केही स्थानीय विषयवस्तु पनि छन् । खासगरी मधेसमा ५०–६० प्रतिशत अंगीकृत नागरिक महिलाबारे ।
यति महँगो अवार्ड पहिले पनि पाउनुभएको थियो ?
कलाको क्षेत्रमा यति महँगो पुरस्कार नेपालमा भित्रिएको छैन ।
तपाईंका चित्र कतिसम्ममा बिक्री भएका छन् ? नेपालीले कति मोल हाल्छन् ?
१६ लाख रुपैयाँसम्म । अस्ति भर्खरै भारतमा तराईको रामायण सर्किटसम्बन्धी चित्र १० लाख भारुमा बैना भएको छ । नेपालमा रहेका वल्र्ड बैंक, इन्भेस्टमेन्ट बैंक र अन्य केहीले ५ लाख रुपैयाँसम्म हालेका छन् ।
पेन्टिङको मूल्यलाई केले प्रभाव पार्छ ?
मुलुकको आर्थिक हैसियतले । जहाँ चित्र बढी किनिन्छ, रुचाइन्छ त्यसले मुलुकको समृद्धिको स्तर स्वत: देखाउँछ ।
नेपालमा चित्रकारिताको बजार सुध्रेको हो ?
भूकम्पपछि बजारमा यसको उछाल देखेको छु । पर्यटकहरु आउन थाले । होटलहरु राम्ररी चल्न थाले । होटलहरु पेन्टिङ सजाउन हिच्किचाउँदैनन् । मैले नेपालमा जनवरीमा मात्रै १० लाखको बिक्री गरेँ ।