कर्णालीको कुरा बजारमा लैजाँदा 'वाहवाह !' भने तर सिकेनन् – रंगकर्मी हीरा बिजुली
कर्णालीको कुरा बजारमा पुर्याउने क्रममा मलाई सबैले 'वाहवाह !' भने । तर यसलाई कसैले पनि सिकाइको रुपमा लिएनन् ।
नाटकमार्फत काठमाडौँलाई कर्णालीको कहर देखाइरहन्छन्, मुगुका रंगकर्मी हीरा बिजुली नेपाली । यसपटक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा गर्भ छिटा लिएर आए, हीरा । काठमाडौँले नाटक यस्तरी मन परायो कि महोत्सवपछि पनि मण्डला थिएटरले साता दिन मञ्चन गरिदियो । निर्देशक हीरासँगको मन्थन :
लोककथामा आधारित नाटकलाई आधुनिक रंगमञ्चमा कसरी ढाल्नुहुन्छ ?
लोककथाको कथनपद्धतिलाई वर्तमानसँग मिलाएर पस्कने अभ्यासमा छौँ ।
यसो गर्न कत्तिको गाह्रो छ ?
लोकशैलीका लागि जनजीवनबाटै कलाकार खोज्नुपर्छ । उनीहरुलाई व्यावसायिकता र आधुनिक प्रविधि बुझाउनुपर्ने समस्या पनि छ ।
कलाकारको संकट छ र ?
पछि फिल्म खेल्न पाइने लोभमा कलाकार आउँछन् । हाम्रो उद्देश्य त्यो होइन । नाटक खेल्न आउँछन् तर दमाहा बजाउनुपर्ने चरित्र आयो भने भाग्छन् । गर्भ छिटामा पनि कलाकार पाउन २/३ महिना दुःख गर्नुपर्यो ।
कलाकार छनोट कसरी गर्नुहुन्छ ?
कार्यशाला गर्छौं ।
मुगुमा थिएटर चलाइरहनुभएको छ । आर्थिक रूपमा कसरी टिकिरहनुभएको छ ?
सडक नाटक गर्छौं । गर्भ छिटाका लागि सडक नाटकबाटै २ लाख रुपैयाँ जोगिएको थियो । केही संघसंस्थाको सहयोगमा विभिन्न स्कुलमा कार्यक्रम गर्दै जेनतेन चलाइरहेका छौँ ।
अनूदित नाटकको बिगबिगीमा मौलिक नाटक बनाइरहनुभएको छ । चुनौती के छन् ?
हाम्रा ९० प्रतिशत नाटक अनुवादित छन् । नेपाली मौलिक नाटकलाई प्रवर्द्धन गरेका छैनौँ । कर्णालीको कुरा बजारमा पुर्याउने क्रममा मलाई सबैले 'वाहवाह !' भने । तर यसलाई कसैले पनि सिकाइको रुपमा लिएनन् । कुनाकाप्चाका सांस्कृतिक प्रवर्द्धनकर्मीलाई सहज छैन । मूलधारको रंगमञ्चका कलाकार अगाडि बढे, 'स्टार' बने । तर ती रंगमञ्चमै नअडिएर फिल्म उद्योगतिर हाम फाले । बजार नफस्टाएपछि को अघि सर्ने ?
काठमाडौँबाहिर रंगमञ्चको अवस्था कस्तो छ ?
काठमाडौँकै बजार भयावह देख्छु, बाहिरको के कुरा ! स्टारडमका कारण नाटक छायामा परेको देख्छु । सांस्कृतिक थिममा काम गर्ने हामीलाई स्टारडम चाहिँदैन । विषयवस्तुको ज्ञान र अभिनय क्षमता भएको पात्र चाहिन्छ । तर बजारले स्टारडम खोज्छ । उसै त रंगमञ्चको बजार सानो छ, अनि यस्तोमा कसरी फस्टाउँछ नाटक ?
सम्बन्धित
हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्...
कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अ...
‘बाथमा मुख बार्नुपर्दैन’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?...
‘कामीरिताको कीर्तिमान तोड्छु’
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उक...
'अब कसले स्कुल खोल्छ ?'
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल म...
'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो ।...