‘दाताको पैसाले विकास असम्भव’
नेपाली तन, मन र धनले मात्र नेपालको भलो हुन्छ । यो सोच मनमा उमार्न सक्यो भने स्रोत जुटिहाल्छ । विदेशीसँग पैसा लिएर विकास सम्भव छैन । उनीहरुको सहयोग लिएपछि एजेन्डामा पनि काम गर्नुपर्छ ।
गरिबीमाथि विजय । दमनमाथि विजय । भेदभावमाथि विजय । चार दशकअघि नवलपरासीको नवलपुरबाट सुरु भयो, विजय अभियान । अहिले विजय परिवार स्रोत केन्द्रको छहारीमा ८ सेवामूलक संस्था चलेका छन्, आफ्नै स्रोतमा । शिक्षा, आयआर्जनका काममा सक्रिय केन्द्रका केशव सापकोटा, ४७ सँगको कुराकानी :
यो अवधारणा कसरी जन्मियो ?
०३६ सालतिर विकु (विजय युथ क्लब क्रेडिट युनियन) क्लब थियो । युरोपमा क्रेडिट युनियनको चलन थियो । त्यसैको सिको गर्यौँ हामीले । क्लबका सदस्यबीच अभरका बेला एकअर्कामा सहयोग हुन्थ्यो । ०४८ मा सहकारी ऐन आएपछि हामी त्यहीअन्तर्गत चल्न थाल्यौँ तर फरक मोडलमा ।
कसरी फरक मोडल भयो ?
५० पैसा जम्मा गरेर २६ जनाबाट विकु सहकारी सुरु भयो । अहिले ५० हजार सदस्यको ४ अर्ब रुपैयाँ बचत छ । यसलाई विजय विकास स्रोत केन्द्रको रुपमा विकास गर्यौँ । यसभित्र फरकफरक प्रकृतिको काम गर्ने ८ संस्था छन् ।
विद्यालय चलाउने मोडलचाहिँ कस्तो हो ?
मूल्य र मान्यतामा आधारित शिक्षा दिन विजय सामुदायिक शिक्षा सहकारी खोल्यौँ, ०५८ मा । सहकारी मोडलमा देशव्यापी २६ विद्यालय छन् । हामी यसलाई शिक्षामा तेस्रो धार भन्छौँ ।
तेस्रो धार भनेको के हो ?
मूलतः नेपालमा सरकारी र निजी विद्यालय छन् । समुदायले विद्यालय चलाउन सक्छ भन्ने स्थापित गरेका छौँ । यही हो तेस्रो धार ।
समुदायले विद्यालय चलाउने स्रोत कसरी जुटाउन सक्ने रहेछ ?
दुई तरिकाले जुटायौँ । ०६० तिर एक लाख सेयर किने माउसका सन्ततिले पढाइ सकाएपछि नाफा सेयरवालाकै हुन्थ्यो । अर्को एक लाख रुपैयाँ वचत गरेमा १० कक्षापछि फिर्ता गरिदिने । पछिल्लो मोडल एकदमै प्रभावकारी र अन्य विद्यालयले सिको गर्न सक्छन् ।
प्रभावकारी यो मोडल अहिले किन बन्द भयो त ?
त्यतिबेला हामीलाई विद्यालय भवन लगायतका शैक्षिक आवश्यकता थियो । ती आवश्यकता पूरा भएपछि त्यत्रो रकम होल्ड गर्न हुँदैन भनेर बन्द गर्यौँ । तर कसैले गरिबको परिवार पढाइदिन्छ भने उसलाई सुविधा अझै छ । यसलाई अझै परिमार्जित गर्ने योजना छ ।
तपाईंको नेटवर्कका अन्य विद्यालयमा यो मोडल लागू भएको छैन, किन ?
प्रचार-प्रसार गर्न सकेनौँ । शिक्षामा मात्रै केन्दि्रत नभएकोले हामीले यो राम्रो कामबारे बताउनै सकेनछौँ ।
तपाईंहरुको मोडल लागू भएको ठाउँको परिवर्तनबारे अधययन भएको छैन ?
यस्ता काम गर्नविजय कन्सल्टिङ सुरु गरेका छौँ । विकाससँग सम्बन्धित अनुसन्धानसँगै यो काम पनि गर्ने योजना छ ।
कसैको सहयोगबिना यत्रो काम गर्न कसरी सम्भव हुँदोरहेछ ?
नेपाली तन, मन र धनले मात्र नेपालको भलो हुन्छ । यो सोच मनमा उमार्न सक्यो भने स्रोत जुटिहाल्छ । विदेशीसँग पैसा लिएर विकास सम्भव छैन । उनीहरुको सहयोग लिएपछि एजेन्डामा पनि काम गर्नुपर्छ ।
यो मोडल लागू भएको समुदायको समृद्धिबारे अध्ययन भएको छ ?
नवलपुरमा ६ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एक लाख घर परिवार लाभान्वित छन् । केही वर्षअघि बहुआयामिक गरिबी मापन गर्दा नवलपुरको गरिबी ३.६ प्रतिशत थियो । यो प्रदेशको गरिबी १४.२ प्रतिशत छ ।
सम्बन्धित
हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्...
कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अ...
‘बाथमा मुख बार्नुपर्दैन’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?...
‘कामीरिताको कीर्तिमान तोड्छु’
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उक...
'अब कसले स्कुल खोल्छ ?'
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल म...
'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो ।...