अक्कड हिउँ
जसले हिमपातको कहर भागेका हुँदैनन्, उनीहरूलाई हिउँले जहिल्यै रोमाञ्चित तुल्याउँछ। फागुनको अन्तिम साता भने हामीले हिउँको विकराल रूपसमेत आफैँले भोग्ने मौका पायौँ। दोलखा भ्रमणका क्रममा थिएँ, सहकर्मी रवि मानन्धरसँग।
जसले हिमपातको कहर भागेका हुँदैनन्, उनीहरूलाई हिउँले जहिल्यै रोमाञ्चित तुल्याउँछ। फागुनको अन्तिम साता भने हामीले हिउँको विकराल रूपसमेत आफैँले भोग्ने मौका पायौँ। दोलखा भ्रमणका क्रममा थिएँ, सहकर्मी रवि मानन्धरसँग। कालिन्चोक भगवतीको पनि दर्शन गर्ने सल्लाह भया। राजमार्गबाट १८ किलोमिटर कच्ची सडक उकालो लागेपछि कुरी गाउँ र त्यहाँबाट एक घन्टा पैदल ठाडो उकालो चढेपछि कालिन्चोक भगवतीको थान पुगिने रहेछ। केही दिनअघि परेको हिउँ पग्लिएकै थिएन। राजमार्गबाट जति उकालो लाग्यो, हिउँले ढपक्कै ढाकिएको भूस्वर्गले उति नै मोहनी लगाउँदै थियो।
मोटरसाइकल कुरीमा छाडेर कालिन्चोक उकालो चढ्दाचढ्दै मौसम खराब हुन थाल्या। पूरै पहाड बादलले ढाकिया। चिसोबाट बच्ने तयारी नगरेका हाम्रा हात र अनुहार चिसोले कक्रिन थालिसकेका थिए, कपालभर िशीतैशीत। फर्केर कुरी आइपुग्दा साँझको ५ बजिसकेको थिया। हतार हतार बाटो ततायौँ। तर, हिँड्नु र हिउँ पर्नु सँगसँगै हुन थाल्या। सुरुमा रोमाञ्चित भए पनि कच्ची बाटोमा हिउँ थपिँदै जाँदा मोटरसाइकल चिप्लिन थाल्या। मेघगर्जनसहितको हिउँ र पानीले चुट्न थाल्या। जंगलका बीचमा अलपत्र पर्ने डरले मुटु ढुक्क फुल्या। राजमार्ग नभेटुन्जेल बीचमा ओत लाग्ने ठाउँसमेत कतै थिएन। केही दिनअघि त्यही ठाउँमा हिउँका कारण एउटा परविारले बाटो भुल्दा सानी छोरीको चिसोले ज्यानै लिएको थिया। हामीले चाहिँ जस्तो अवस्थामा पनि मूलबाटो नछोडी अगाडि बढिरहने निर्णय गर्यौँ। मोटरसाइकलले चिप्लेटी खेल्दै थिया। तर, ज्यानकै जोखिम मोल्नुभन्दा केही ठाउँमा पछारनिुलाई नै हामीले राम्रो विकल्प देख्यौँ। राती ८ बजेतिर सिन्धुपाल्चोकको मुडे आइपुग्दा पूरै शरीर चिसोले कठ्यांगि्रएको थिया। धन्न, चियापसले दिदीले आगो बालिदिएर गुन लगाइन्।
त्यति सुन्दर पर्यटकीय क्षेत्रमा समेत विश्रामस्थल र बाटो देखाउने संकेत कहीँकतै नदेख्दा त्यो परविार हिउँमा कसरी हराएछ भन्ने आकलन गर्न गाह्रो भएन। चिसोले जीउ जति कठ्यांगि्रन्थ्यो, हिउँमा अलपत्र त्यही परविारको चित्र मानसपटलमा घुमिरहन्थ्या।
बिहेको नयाँ परिभाषा
दोलखा भीमसेन मन्दिरभन्दा अलि पर होटलको खोजीमा थियौँ। भर्खर २३/२४ वर्षका देखिने एक जोडी पनि कोठा खोज्दै आए। अचेल कुनै पनि होटलमा त्यसरी युगल जोडी बास खोज्दै आउनु अस्वाभाविक लाग्दैन। हामीलाई पनि लागेन। हामी आफ्नो कोठातिर लाग्यौँ। सामान थन्काएर केही बेर आराम गरी अघिकै ठाउँमा र्फकंदा त्यो जोडी त दुलहादुलहीको पहिरनमा सजिएको थिया। दोलखा भीमसेनको मन्दिरमा बिहे गर्न आएका रहेछन्। साथमा परविारका केही सदस्य पनि थिए। मलाई अघि व्यर्थ अन्यथा सोचेछु जस्तो लाग्या। हामी कामको सिलसिलामा होटलबाट बाहिरयिौँ।
साँझमा खाना खाने बेला विवाह टोलीसँग फेर िजम्काभेट भया। हामी आफ्नै धुनमा थियौँ। एक्कासि बच्चा रोएको आवाजले हाम्रो ध्यान तानिया। यसपटकको दृश्यले चाहिँ हामीलाई हदै अचम्मित तुल्याया। अघिकी दुलही भर्खरको बच्चालाई फुल्याउँदै स्तनपान गराउँदै थिइन्। 'यति छिटै यो सब कसरी ?' भनेजस्तो भया। होटलकी साहुनीलाई कुरै कुरामा सोध्दा पो थाहा लाग्यो, त्यो जोडी विदेशमा सँगै बस्दो रहेछ। बच्चा पनि उतै जन्मिएछ। नेपालमा भने घर भित्र्याउनुअघि औपचारकिता पूरा गर्न बिहे गरेका रहेछन्।
माछामा विष
जनकपुरमा रपिोर्टिङका क्रममा भेटिएका एक मत्स्य विकास अधिकृत माछापालनका चुनौतीका बारेमा सुनाउँदै थिए। फस्टाउँदै गएको माछापालनसामु पछिल्लो समय सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परेको रहेछ, अर्काको ईष्र्या गर्ने प्रवृत्ति। सार्वजनिक पोखरीमा माछापालनका लागि ठेक्का हात नपार्नेदेखि, व्यक्तिगत रसिइबी साँध्नेहरूको तारोसमेत माछापोखरी बन्न थालेका रहेछन्। केही कुरा चित्त बुझेन भने पोखरीमा सुटुक्क विष हालिदिया। मानिसलाई कंगाल बनाउन बेरै नलाग्न।
उनले यसो भनिरहँदा मेरो ध्यान विषका कारण बिरामी भएर मर्ने माछा कहाँ जान्छन् भन्नेतिर गयो। बिरामी कुखुरा र राँगाभैँसीको मासु बजार पुग्ने समाचार त हाम्रा लागि नौलो होइन। के विषका कारण मरेका माछा पनि बजारमै जान्छन् त ? मेरो प्रश्नमा मौन स्वीकृति जनाउँदै ती प्राविधिक भन्दै थिए, "त्यही भएर आफूले खाने प्रजातिको माछाका बारेमा राम्रो जानकारी राख्नुपर्छ। तिनको तौल सामान्यतः कति हुन्छ र पूरा तौल नै नभई बजारमा आएका छन् भने कृषकले घाटा सहेर सानो माछा किन बेचे भनेर राम्ररी सोच्नुपर्छ।"
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...