गुटुमुटु नाइट
कात्तिकको अन्तिम साता आमसञ्चार र पत्रकारतिाका विद्यार्थीसित पूर्वी पहाडको आठराई क्षेत्र भ्रमण गर्ने अवसर मिल्यो। भ्रमण पाँचथरको फिदिमसम्म बसमा र त्यसभन्दा उता पैदल थियो।
उद्योग वाणिज्य संघको आयोजनामा सप्ताह महायज्ञ लगाइएको रहेछ। कथावाचक पण्डित दिनबन्धु पोखरेलको आवाज टाढैब्ााट चिनिन्थ्यो। हामी पुगेको रात पुराणको अन्त्िाम रात रहेछ। त्यसले गर्दा फिदिम बजारका युवादेखि वृद्धवृद्धासम्म भजन गाउन र नाच्न मण्डपमा झुम्मिएका थिए। पुराणको चर्को आवाज र कुकुर भुकाइले गर्दा सुत्न पाइएको थिएन। रातीको साढे ११ बजेपछि पुराणबाट फर्किनेको लर्को लाग्यो। हरेक टोलीले छुट्टनिे दोबाटो आएपछि चर्को स्वरमा बिदा मागेको सुनिन्थ्यो, 'गुटुमुटु नाइट है।'
झुक्यायो झोलुंगेले
२८ कात्तिकको बिहान १० बजे हाम्रो टोली आठराई चुहानडाँडालाई गन्तव्य मान्दै फिदिमबाट पैदल अघि बढ्यो। फिदिमबाट तमोर दोभान -माझीटार)सम्म मध्यपहाडी लोकमार्गबाटै जान सकिन्थ्यो। तर, स्थानीयवासीले पैदलमार्गका लागि उहिले नुन ओसार्ने बाटो सुझाए। त्यो बाटो मैले देखेको थिएँ। तर, अघि लागे, युनिक कलेज दमकका पूर्वप्रमुख टेकनाथ भण्डारी। १५ जना विद्यार्थीलाई पछि लगाएर हिँडेका उनीसँग हामीले जोरसालबाट पश्चिम हुँइकिएको मध्यपहाडी लोकमार्गको तस्बिर र जानकारी लिन थाल्दा छुट्यौँ।
हिंवा खोलाको झोलुंगे पुललाई निसाना बनाएर अघि बढ्नुहोला भनेको थिएँ। उनीहरू त्यही अनुसार अघि बढेछन्। हामी पनि उनीहरूले बीच बीचमा छाडेका सेउलाका संकेत पछ्याउदै बढ्यौँ। तल झोलुंगे पुल देखियो तर एक्जाभेटरले नयाँ मार्ग खनिरहेको हुनाले नुन बोक्ने बाटो हरायो। टेकनाथ नयाँ बाटोबाटै अघि बढे। पुलमा गएर विद्यार्थीसित फोटो पनि खिचाए। मैले डाँडाबाट कराएँ, बाटो त्यता हैन।
उनी हो हो भन्दै अगाडि बढेपछि हामी पनि त्यतै रहेछ भनेर हिँड्याँै। केही बेरमै थाहा भयो, माझीटार जानुपर्ने टोली भारपाको अक्करे भीरमा फस्यो। अघिल्ल्ाो टोलीलाई उही सेउले सञ्च्ाारमाध्यमले पछ्याउनु हाम्रो बाध्यता थियो। झन्डै तीन घन्टाको निरर्थक र कष्टपूर्ण हिँडाइपछि मात्र माझीटारको झोलुंगे पुल देखिएपछि भण्डारी सर बोले, 'झोलुंगेले झुक्याएछ।'
ट्रयाक्टरको मेल टि्रपरलाई
तीन घन्टा बाटो हराएपछि पैदलै चुहानडाँडा पुग्ने हाम्रो लक्ष्य पूरा हुन सक्ने देखिएन्ा। चुहानडाँडाको पुछार खोलाबाट पैदल यात्रा गर्दा कम्तीम्ाा चार घन्टा लाग्थ्यो। बीचमा बासको प्रबन्ध पनि नभएकाले हामीले तेह्रथुम क्याम्पस आसपास पुग्नैपथ्र्यो। फेर ियहाँ त्रिभुवन विश्वविद्यालय पढ्दाका मेरा हितैषी पुण्य सिवाकोटी स्वागत गर्न बसेका थिए। यो रुटमा चल्ने दुईवटा बस र केही ट्याक्सी पनि छुटिसकेका थिए। त्यही भएर हाम्रो एक समूह बालुवा बोकेर उकालो लागेको ट्रयाक्टरमा चढ्यो।
झन्डै पाँच किलोमिटर उकालो चढेपछि ट्रयाक्टरले जनही ५० रुपियाँ भाडा लिएर चुहानडाँडासम्म गइरहेको बालुवा बोकेको टि्रपरलाई 'मेल' दिएछ। ट्रयाक्टरको डिब्बाबाट उनीहरू प्रमोसन भएर टि्रपरको डिब्बामा सयर गरेर चुहानडाँडा पुगेछन्। साँझ भेट भएपछि भाइ जितेन राई भन्दै थिए, 'महेन्द्र राजमार्गमा आधा बाटोमा छाड्ने बसले बसलाई नै मेल दिन्छन्। मध्यपहाडी लोकमार्गमा चाहिँ ट्रयाक्टरले टि्रपरलाई मेल दिने चलन रहेछ।' आखिर ठाउँ अनुसारको चलन त होला नि !
पानीबिनाको झरना
हाम्रो टोली संक्रान्ति, खाम्लालुङ हँुदै ह्यात्रुङ हेर्न सम्धुबाट इसिबुतिर उक्लियो। ब्यासीबाट झर्दा यहाँ पनि बाटो भुलिएको पछि मात्रै थाहा भयो। तथापि, ह्यात्रुङ पुग्नै थियो। हामी जति नजिक पुगे पनि ह्यात्रुङको छेकछन्द पाएनौँ। बाटामा भेटिएका स्थानीय बासिन्दालाई ह्यात्रुङ झरनाका बारेमा सोध्दा हाँस्थे र भन्थे, 'यतिबेला पनि झरना हेर्न आउने हो र साउन, भदौमा पो आउनुपर्छ।'
नभन्दै सम्धुको डाँडामा पुगेपछि पारपिट्टकिो भीरमा त पानीको गाहो मात्रै छ। 'हाय ह्यात्रुङ' हाम्रो यात्राका संयोजक लेखनाथ सेढाईं निराश भए, 'यो कालो भीर हेर्न किन ज्यान माया मारेर पैदल यहाँसम्म आइन्थ्यो।' सामान्य ज्ञानमा 'दक्षिण एसियाकै अग्लो झरना' भनेर घोकिएको ह्यात्रुङको हालत देख्दा पर्यटकीय स्थल छन् भनेर हामी गौरवचाहिँ गर्दा रहेछौँ तर तिनको प्रवर्द्धन गर्न जान्दा रहेनछौँभन्ने लाग्यो ।
३ सय ६५ मिटर अग्लो ह्यात्रुङको पानी कहाँ गयो भन्ने कौतूहल मेटिएको थिएन। पारपिट्ट िइसिबुमा भेटिएका एक वृद्धले सुनाए, 'ह्यात्रुङको मूलको पानी अलैँची सिँचाइ गर्न लैजान थालिएकाले यो बिजोग भएको हो।'
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...