थ्रीडीले जोगाएको जीवन
१२ वैशाख २०७२। अफिसका सहकर्मीहरूसँग सुन्धारास्थित सिभिल मलमा फास्ट एन्ड फ्युरियस सेभेन हेर्दै थिएँ।
घरमा वृद्ध ठूलीआमा एक्लै हुनुहुन्थ्यो। कुद्दै घरतिर लागेँ। न्युरोड पुग्दा अरू बेला स्पष्ट देखिने वसन्तपुर दरबार र मन्दिरहरूको दृश्य विलीन भएका थिए। अब भने हनुमानढोका दरबार क्षेत्रमै रहेको आफ्नो पुख्यौली घरको हविगत के भयो होला भन्ने आकलन गर्न गाह्रो भएन। जे सोचेको थिएँ, त्यही भएछ। माथिल्लो दुई तला ढल्यो। ठूलीआमा त्यहीँ कतै चेपिनुभयो। आधा घन्टाजति सुरक्षाकर्मी पनि रङमङएि। उद्धारको गुन्जायस नै भएन। तर, केही समयमै प्रहरीले अद्भुत साहस देखाए। घरसँगै जोडिएको वसन्तपुर प्लाजाको छतबाट घरको माथिल्लो भागमा पुगियो। ठूलीआमालाई बोलाएँ। घाँटीसम्म पुरनिुभएको रहेछ। ढुंगामाटो र काठको थुप्रोबाट निकाल्न त्यति सहज थिएन। जमिन हल्लिन छाडेको थिएन।
मुसाले दुलो खनेझैँ बल्लतल्ल माटो हटायो, कम्पनसँगै फेर िमाटोको थुप्रो लागिहाल्थ्यो। त्यसमाथि पूरै घर भासिने र उद्धारका लागि गएकाहरूसमेत पुरनिे सम्भावना उत्तिकै थियो। तर, भूकम्पलाई साहसले जित्यो। उहाँलाई पुरएिको स्थानबाट निकालेर प्रहरीकै भ्यानमा वीर अस्पताल पुर्यायौँ। दुई तला पूरै धसिँदा चोट निकै लागेको हुन सक्ने अनुमान थियो सबैको। तर, उपचारमा संलग्न चिकित्सकसमेत त्यस बेला चकित भए, जब शरीरमा एउटा घाउसमेत फेला परेन।
शनिबारको दिन कामबाट र्फकंदा ढिलो हुने भएकाले सामान्यत: ११-१२ बजेसम्म त सुतिरहेकै हुन्थेँ। तर, थ्रीडी हेर्ने रहरले दुई-तीन घन्टा मात्र सुतेर एकाबिहानै फिल्म हेर्न गएकाले ज्यान जोगियो। आफू बाहिर भएकाले उद्धारका लागि हारगुहार गर्न पनि सकियो। नत्र, त्यत्रो विध्वंश भएको क्षेत्रमा एउटा सामान्य घरमा उद्धारकर्मीको ध्यान कुन बेला पुग्थ्यो कुन्नि !
दिनदिनै भूकम्प
उपत्यकाका तिनै सहरका सांस्कृतिक सम्पदाहरू ध्वस्त भए। तुलनात्मक रूपमा बढी क्षति भने वसन्तपुर क्षेत्रमा भयो। यो क्षतिमा भूकम्पको जति भूमिका छ, त्यसभन्दा बढी दोष यसको संरक्षणको जिम्मेवारी लिएका निकायहरूको छ। हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, दरबार संग्रहालय विकास समिति र पुरातत्त्व विभाग गरी तीनवटा निकायले यसको संरक्षणको जिम्मेवारी लिएका थिए। तर, विश्व सम्पदा सूचीमा रहेको यस क्षेत्रमा यिनीहरूको काम हात्तीको देखाउने दाँत बराबर थियो। भत्किएका ठाउँमा बाहिरबाट टालटुल गर्ने र रंग लगाउनेबाहेक संरक्षणका दीर्घकालीन काम त भएकै थिएन। त्यसभन्दा पनि संवेदनशील कुरो के भने दिउँसो पाँच ठाउँमा तगारो लगाएर पर्यटकसँग पैसा उठाइए पनि रातमा यो क्षेत्र टुहुरोझैँ हुन्थ्यो।
दिउँसो त सवारीसाधनको आवागमन रोकेको स्वाङ पाथ्र्यो महानगरपालिका। तर, साँझ परेपछि पुराना संरचनालाई दिनप्रतिदिन कमजोर पार्दै ठूलठूला सवारीसाधन बेतोड कुद्थे। कैयौँ टनका लोडेड टि्रपरहरू ६०-७० किलोमिटर प्रतिघन्टाका दरले हुँइकिन्थे। कुनै पनि निकायसँग स्वीकृति नलिईकनै ठूलठूला कन्सर्ट हुन्थे। केहीअघि नेपालका लागि रपिोर्टिङका क्रममा संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले कन्सर्टका कम्पनले मन्दिरका झिँगडी र्झन थालेको समेत सुनाएकी थिइन्। तर, नियन्त्रणमा कसैले जाँगर देखाएनन्। स्थानीय क्लबका टाठाबाठा र चुल्ठेमुन्द्रेहरूको गोजी भने भरइिरह्यो। अहिले भूकम्पका प्र तिकम्पन आइरहँदा यति रेक्टरको आयो कि भनेर अड्कल लगाउनु नेपालीको दैनिकीजस्तै बनेको छ। वसन्तपुर क्षेत्रमा भने यस्ता अनुमान लगाउन सकिने खालका भूकम्प दिनदिनै सयौँका संख्यामा आउँथे। अनि, कसरी निमेषभरमै तहसनहस नहोस् त!
सुरक्षाविहीन सुरक्षाकर्मी
महाविपत्तिका बेला सुरक्षाकर्मीको अद्भुत साहसको प्रशंसा भएको भयै छ। पूरा मुलुक पीडितको राहतमा जुटेको भए पनि तिनै सुरक्षाकर्मीको सुरक्षातर्फ भने कसैको ध्यान गएको छैन। २२ वैशाखमा वसन्तपुर पुग्दा त्यस्तै दृश्य देखियो। मन्दिरका भग्नावशेष हटाउन सेनाका जवान बडो जोखिमका साथ लागेका थिए। स्काभेटरको सहायताले उनीहरू माथि माथिसम्म पुग्थे र जीर्ण अवशेष हटाउँथे। तर, आङै सिरंिग हुने कुरा के थियो भने उनीहरूको सुरक्षाका लागि न्यूनतम व्यवस्थासमेत थिएन। बेलाबेला ढुंगामाटो र काठ झररिहन्थ्यो तर टाउकोमा सामान्य हेल्मेटसमेत थिएन।
पीडितहरूसम्म राहत पुर्याउन पूरा नेपाल एकजुटझैँ देखिएको छ। कम्तीमा मोटरबाटो पुगेका ठाउँमा त राहतका पोका पुगेका पुग्यै छन्। तर, हाम्रै वरपिर िअहोरात्र खटिएका सुरक्षाकर्मीका सामान्य आवश्यकतातर्फ भने कसैको ध्यान गएको छैन। दिनको १८-१९ घन्टासम्म चाउचाउ र पानी पिएकै भरमा उद्धारमा खटिएका छन्। अब उनीहरूको सन्चोबिसन्चो र खाए/नखाएको बारे पनि चासो दिने हो कि ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...