नोटबुक
नेता बन्ने कि स्वकीय सचिव ? नेकपा माओवादी केन्द्रका नेताद्वय हिमाल शर्मा र रमेश मल्लले आफैँलाई यो प्रश्न पक्कै थुप्रै पटक सोधे होलान् ।
लेडिज सिट
दसैँमा बसमा कोचिएर घर पुग्ने सोच्दा नै तनाव हुन थाल्छ । तोकिएभन्दा दोब्बर/तेब्बर भाडा तिर्नु त छँदै छ । धन्न, बसको पनि ‘अफ सिजन’ हुन्छ र कहिलेकाहीँ हामी यात्रुले पनि भाउ पाउँछौँ ।
हालै गृहनगर मणिग्राम जान रात्रि बस चढ्न नयाँ बसपार्क पुगियो । बुटवल–भैरहवा रुटका बसका स्टाफहरुले घेरा हालिहाले । सुरुआत एसीवाल, नन–एसीवाल गाडीका विकल्पबाट भयो । म तत्काल केही बोलिनँ । उनीहरु भाडामा सय/पचास घटाउनतर्फ लागे । म आफ्नै तालले टिकट काउन्टरतर्फ लम्किरहेँ । तन्नेरी छिमलका एक जना मतिर आएर सुटुक्क कानमा भने, “मसँग लेडिज सिट खाली छ ।” प्रतिस्पर्धी अन्य स्टाफले भेउ पाइहाले । अनि, सबैले आ–आफ्नै ढंगबाट आफ्ना महिला सिटका विशेषता भन्न थाले । बस स्टाफका व्याख्या जस्तासुकै होऊन् तर त्यो सार्वजनिक यातायातमा महिलामाथि हुने दुव्र्यवहार नै हो । सिन्डीकेटले यात्रुको अधिकार हनन भइरहँदा धन्न टिकटपछाडि ‘महिला सिटको विशेषता’चाहिँ अहिलेसम्म लेखेका छैनन् ।
घरघरबाट लाइभ
भर्खर भर्खर घरमा ब्ल्याक एन्ड ह्वाइट टीभी भित्रँदा लाग्थ्यो, टेलिभिजनमा ‘लाइभ’ कि त राजाको भाषण हुन्छ या त फुटबल म्याच । हेर्दाहेर्दै टीभी यति धेरै भए कि रेकर्डेड कम लाइभ कार्यक्रम बढ्ता हुन थाले । सायद उनीहरुलाई सजिलो पनि त्यही हुँदो हो । दिनभर कि अन्तर्वार्तामाथि अन्तर्वार्ता लियो कि त कतै भइरहेको कार्यक्रममा लगेर क्यामेरा तेस्र्यायो । खैर, यो तीजमा फेसबुकमा अचम्मै देखियो, घरघरबाट लाइभ । दर पकाउँदै होस् या तीज गीतमा नाच्दै गरेका । मोबाइल फोनबाटै त्यस्तो सम्भव भएपछि मानिसहरु नगरुन् पनि किन !
फेसबुकले ल्याएको यो फिचरलाई धेरैले क्रान्तिकारी छलाङ नै मानेका छन् । सायद सोचिएको थियो, फेसबुक लाइभमा ‘ बर्थडे सेलिब्रेट’ होलान्, कवि गोष्ठी चल्लान् वा आमसभामा कार्यकर्ता जुटाउन नसक्ने साना दलका नेताले मन्तव्य देलान् । तर, फेसबुक लाइभमा त्यस्ता कुरा हुन थाले, जसको आकलन सायद यो फिचर ल्याउनुअघि गरिएको थिएन । हत्या, आत्महत्या प्रयासका घटना फेसबुक लाइभमा आउन थाले । फेसबुकमा फोटो हालेजस्तै लाइभका सुविधा हुन थालेपछि पनि मानिसहरु बढी नै हौसिएका होलान् । अहिलेलाई बढीमा ३० मिनेटसम्म लाइभ गर्न मिल्छ । नत्र मानिसहरु चौबीसै घन्टा आफूलाई लाइभ राख्थे होलान् । प्रतिस्पर्धा जो चलिरहेको छ, ‘नोथिङ टू हाइड’को ।
नेताबाट स्वकीय सचिव !
नेता बन्ने कि स्वकीय सचिव ? नेकपा माओवादी केन्द्रका नेताद्वय हिमाल शर्मा र रमेश मल्लले आफैँलाई यो प्रश्न पक्कै थुप्रै पटक सोधे होलान् । त्यसैले होला, समकालीन विद्यार्थी नेता गगन थापा यही सरकारमा मन्त्री बन्दा यी दुवैले चाहिँ स्वकीय सचिव पद रोजे । माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भइसकेका उनीहरु दुवै अहिले पार्टीको पोलिटब्युरो सदस्य हुन् । जब कि, विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष हुनु भनेको भविष्यमा कुनै बेला पार्टी वा देशकै नेतृत्व गर्नसक्ने व्यक्तिका रुपमा बुझिन्छ । त्यस्तो व्यक्तित्व बनाइसकेकाहरु स्वकीय सचिव हुनुलाई पद घटुवाकै रुपमा बुझ्दा हुन्छ ।
स्वकीय सचिव पदलाई कम आँकिएको त होइन तर त्यो एउटा व्यावसायिक दक्षता भएको कर्मचारीले सम्हाल्नेजस्तो पद हो, जसले कम्तीमा प्रधानमन्त्री/मन्त्रीका दैनिकी सहज बनाओस् र मध्यस्थ गरोस् । सल्लाहकार वा विज्ञका रुपमा गएका भए सायद कुरा अर्कै हुन्थ्यो । तर, नजिरहरु हेर्दा लाग्छ,
स्वकीय सचिवहरुले आफ्नो भूमिकालाई त्यत्तिमै खुम्च्याएका छैनन् । सरुवा, सिफारिस, ठेक्कापट्टाजस्ता काममा समेत आफ्ना हातगोडा फैलाएका छन् । कतै पूर्वअध्यक्षद्वयलाई
पनि घोषित पदभन्दा त्यस्तै अघोषित भूमिकाकै मायाले हौस्याएको हो कि !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...