'फेक रेस्क्यु' को अन्तर्य
फेक रेस्क्युवालालाई प्रधानमन्त्री ओलीले कारबाही त के उल्टै ढाडस दिन थाले । यस्तै प्रवृत्तिले हो, नेपाली पर्यटन अन्तर्राष्ट्रिय बजारमा बदनाम भइरहेको ।
सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा पर्यटन मन्त्रालयले 'फेक रेस्क्यु' को छानबिन गर्न समिति बनायो । संलग्न अस्पताल, हवाईजहाज र ट्रेकिङ कम्पनीको सूचीसहित ५ सय ७२ पेजको प्रतिवेदन बनायो । न्यूयोर्क टाइम्स, इन्डिपेन्डेन्ट, टेलिग्राफ र बीबीसीले कारबाही नभएको समाचार सम्प्रेषण गरे । बिमा कम्पनीले बिमा नगर्ने चेतावनी दिए । भ्रमण वर्ष-२०२० को सम्मुखमा यस्ता समाचारले सचिव कृष्णप्रसाद देवकोटा दबाबमा थिए । त्यसैले कारबाही गर्ने कुरा गरे ।
ती कम्पनीहरु परेछन्, प्रधानमन्त्री केपी ओलीनिकट व्यवसायीका । प्रधानमन्त्रीको आड पाएका ती पर्यटन व्यवसायी सचिवमाथि खनिन थाले । त्यसको एउटा रुप देखियो, पर्यटन बोर्डको हलमा । केही महिना पहिला मन्त्रालय, बोर्ड र पर्यटन व्यवसायीबीच छलफल कार्यक्रम थियो बोर्डमा । प्रधानमन्त्रीनिकट मानिएका र कारबाही सूचीमा परेका कम्पनी तथा तिनीहरुनिकट पर्यटन व्यवसायीले त्यस दिन सचिव देवकोटा र सहसचिव उपाध्यायलाई हात हाल्न मात्रै बाँकी राखे । उनीहरु टेबुल ठोक्दै सचिव र सहसचिवलाई 'देखाइदिने' धम्कीको स्तरमै उत्रिए । निरीह देखिएका सचिव र सहसचिव कार्यक्रमको बीचमै निस्किए । फेक रेस्क्युवालालाई प्रधानमन्त्री ओलीले कारबाही त के उल्टै ढाडस दिन थाले । यस्तै प्रवृत्तिले हो, नेपाली पर्यटन अन्तर्राष्ट्रिय बजारमा बदनाम भइरहेको ।
फेक रेस्क्यु गर्ने कम्पनीलाई शक्तिको आडमा कारबाहीबाट उन्मुक्ति दिने । उल्टै सचिव सरुवा गर्ने प्रधानमन्त्रीले भ्रमण वर्ष- २०२० सफल बनाउन खोजेका हुन कि असफल ?
असफल रारा पर्यटन वर्ष
पर्यटन वर्षकै प्रसंग । रारा तालको किनारमा मन्त्रिपरिषद् बसेर कर्णाली-रारा पर्यटन वर्ष घोषणा गरियो, १ वैशाख ०७५ मा । ५ लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । गत वर्ष करिब ६० हजार आन्तरिक पर्यटक पुगे, रारामा । डोल्पाको शे-फोक्सुन्डो, दैलेखको पञ्चकोशी, सुर्खेतको काँक्रेविहारलगायतका गन्तव्यसमेत गर्दा एक लाखजति पर्यटक पुगे होलान् । तर ५ लाखको महफ्वाकांक्षासहित सुरु पर्यटन वर्ष यति असफल होला भन्ने लागेको थिएन । कामभन्दा प्रचार बढी हुँदा कसरी असफल हुन्छ भन्ने उदाहरण पनि हो यो ।
लक्ष्य पूरा गर्ने छाँट त ल्याएन, पर्यटन वर्ष काठमाडौँवासीलाई समेत थाहा छैन । उद्घाटनको दिनमै खानामा भ्रष्टाचार भयो । रारा छेउमा बास व्यवस्था गतिलो बनाइएन । निकुन्जभित्रका दुई होटलको अचाक्ली दरमा चुपचाप बस्यो सरकार । पर्यटनमन्त्री नन्दसिंह बुढा र सचिव विद्यानन्द झाबीच भनाभन मात्र भएन, स्वकीय सचिवले सचिव झामाथि हातपातको प्रयास नै गरे, बिल फरफारक विवादमा । ३ प्रतिशत मात्रै बजेट खर्चिएको प्रदेश सरकारको तयारीबिनाको पर्यटन वर्षजस्तै देखिँदैछ, नेपाल भ्रमण वर्ष-२०२० पनि ।
घरभाडाको बेथिति
पानी अभाव । फोहोर नउठ्ने । घाम कहिल्यै नआउने । त्यसमाथि घरबेटीको कचकच । यी कोठा भाडामा बस्नेले भोग्ने साझा समस्या हुन् । त्यसैले काठमाडौँमा भनेजस्तो कोठा पाउन सानोतिनो युद्ध नै जित्नुपर्छ । जेनतेन यस्ता समस्या त झेलिएकै छन् । अब त कोठा खोजिदिने दलालको बिगबिगीले अर्को समस्या थपिएको छ । कोठाको भाडादरमा बढोत्तरी । जति महँगोमा कोठा भाडामा लगाइदियो, त्यति धेरै घरबेटीबाट कमिसन पाइने लोभले दलालले १५ हजार रुपैयाँको फ्ल्याटलाई २० हजार भनिदिने । एउटा कोठा मिलाइदिए एक हजार । दुइटा मिलाइदिए १५ सय अनि फ्ल्याट मिलाए २ हजार रुपैयाँ दलालको कमिसन दर । त्यसबाहेक घरबेटीबाट पाउने कमिसन छुट्टै । अर्कातिर घरबेटी पनि कसैले कोठा छाडेर हिँड्यो भने अर्को आउँदा एउटा कोठा मात्र भए २/३ हजार र फ्ल्याटमा ५ हजारजति भाडा बढाइहाल्ने । कोठाको भाडादरमा न एकरुपता छ, न त कुनै मापदण्ड । मनखुसीले महँगो भाडा असुल्ने, सरकारलाई कर नतिर्ने । तर घरअगाडि गल्लीको खाल्डो पुरिदिएन भनेर सरकारलाई नै तथानाम गाली गर्ने । स्थानीय सरकारले घरभाडाको बेथिति हेर्नुपर्दैन ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...