बर्मेलीको ५० वर्ष
रेशमलाल पाण्डे, ९४, ले जीवनमा कहिल्यै राजनीति गरेनन्, राजनीतिमा चासो र सरोकार पनि राखेनन्।

पाण्डेको भनाइमा त्यतिबेला पाँच लाखभन्दा बढी नेपाली बर्मामा व्यवस्थित तरकिाले बसेका थिए। धेरैजसो पशुपालन र कृषिमा थिए भने केही त्यहाँको सेना, प्रहरी, विश्वविद्यालय र सरकारी निकायमा समेत थिए। त्यसैले उखानै बन्यो 'बंगाली कोर्टमा, नेपाली गोठमा।'
सन् १९६२ मा आएको सैनिक सरकारले चलाएको राष्ट्रियकरणको अभियानका साथै राजधानीबाहिर फैलिएको 'कम्युनिस्ट मुभमेन्ट'का कारण बर्माबाट नेपालीको विस्थापन सुरु भयो। पाण्डे सम्झन्छन्, "आफूले कमाएको कम्युनिस्टलाई दिनुपर्ने र उनीहरू ले अड्कलेर दिएको खानुपर्ने बाध्यताले बर्मा छाड्नुपर्यो। कतिसम्म भने आफूले गरेको खेती उसलाई बुझाउनुपर्ने। सात दिनका लागि दिएको चामल १० दिनका लागि नपुग्दा चना उसिनेर खानुपर्ने। दूधका क्यानमा चामल लुकाएर ल्याउँदा सरकारी सजाय भो ग्नुपर्ने।"
बर्मामा सैनिक शासन लागू भएलगत्तै नेपाल र्फकेका पाण्डे अहिले सिद्धार्थ नगरपालिका-८, भैरहवास्थित बर्मेली टोलमा बस्दै आएका छन्। तर, बर्मासँगको भावनात्मक साइनो भने अझै तोडिएको छैन। उनका राइँलो भाइ हरलिाल पाण्डे, दिदीबहिनीका सबै परविार उतै छन्। भूगोलले टाढा भए पनि बर्मा आउजाउ चलेकै छ। भन्छन्, "बर्मा जस्तो सुन्दर ठाउँ कहीँ छैन। अन्न त कति हो कति उब्जाउ हुन्थ्यो।"
भैरहवा, अन्नपूर्णटोलका चूडामणि पन्थ, ७५, लाई अहिले पनि टाढा छुट्टएिर बसेका आफन्तको सम्झनाले सताउँछ। ०२१ सालमा नेपाल आएका पन्थको ससुराली पनि बर्मा नै हो। चार वर्षअघि त्यहाँ गएर २८ दिन बसेर फर्केको उनी सुनाउँछन्। हवाई भाडा, अध्यागमनको झन्झट आदि कारणले चाहेर पनि त्यहाँ जान सक्ने अवस्था छैन। अहिले काठमाडौँदेखि बैंकक र त्यहाँबाट रंगुनसम्मको दोहोरो भाडा ६७ हजार रुपियाँ छ। पन्थ-पत्नी लीलावती भन्छिन्, "माइती सबै बर्मामा छन्। दसैँ, तिहार र तीजजस्ता मेलापर्व आउँदा माइती सम्झेर मन भक्कानिन्छ।"
एकै परविारका दाजुभाइ, दिदीबहिनी छुट्टनिुको कारण खुलाउँछन्, सिद्धार्थ नगरपालिका-८ का भीम अधिकारी। उनका अनुसार बर्मा छाडेर नेपाल आउने व्यक्तिलाई तत्कालीन सरकारले त्यहाँ कमाएको पैसा ल्याउन दिएन। आउने व्यक्तिले बढीमा एक तोला सुन, चार सय नेपाली रुपियाँ, दुई जोर लुगा मात्र ल्याउन पाउने प्रावधान थियो।
"धेरै नेपालीको राम्रो बन्दोबस्ती भएकाले बर्मा छाडेर आउन सकेनन्," उनी भन्छन्, "नेपालमा आएर पनि बस्ने थातथलो नभएकाले केहीले उतै बसेर हेर्ने भन्ने परविारबीचको सल्लाहकै कारण धेरै छुटेका हुन्।" त्यसो त पसलहरू राष्ट्रियकरण गरे पनि जंगल फँडानी गरेर राखिएका गाईगोठ र कृषिकर्मलाई छोएको थिएन सरकारले।
बर्मामा कमाएको धन-पैसा त्यहीँ छाडेर नेपाल आउँदा धेरैले दुःख पाउनुपर्यो। "बर्माको केको चिनो हुनु र ? खान नपाएर लगाएको लुगासम्म बेच्नुपर्यो," पन्थ सुनाउँछन्, "चार सय नेपाली रुपियाँ र दुई तोला सुन बोकेर लोग्ने-स्वास्नी आएका थियौँ। कलकत्ता हुँदै नारायणगढसम्म आउँदा भएको पैसा सबै सकियो। तीन दिन धर्मशालामा बसियो। दुई तोला सुन ४७ रुपियाँमा बेचियो।"
भैरहवा आएपछि भने केही सजिलो भयो। सरकारले बर्माबाट आएका नेपालीलाई रूपन्देहीको छपियामा जग्गा वितरण गर्यो। बर्मामा डेढ सय गाई एक्लै पालेर दूध बेच्थे पन्थले। सुनाउँछन्, "एकपटकमा ८० वटा गाई एक्लै दुहुन्थेँ। तर, बर्मा छाडेपछि त बहुत दुःख पाइयो। धन्न पशुपतिनाथले बचाए।"
बर्मा छाडेर आएका हरेक नेपालीका आ-आफ्नै दुःख र व्यथा छन्। भैरहवाका नारायण पौडेलका चार भाइ बर्मामा छन्। उनका दाजु रविलालले परविारसहित यतै बसाइँसराइका लागि प्रयास नगरेका पनि होइनन्। तर, जिल्ला प्रशासन कार्यालयमा २० दिनसम्म धाउँदा पनि नागरकिता नबनेपछि बर्मा नै फर्किए। भैरहवाको संस्कृत विद्याश्रममा शिक्षण पेसामा रहेका पौडेल अहिले पनि बर्मामा रहेका नेपालीका लागि नेपाली पात्रो पठाइदिन्छन्। त्यही आधारमै त्यहाँका नेपालीभाषीले तीज, दसैँ, तिहारजस्ता पर्व मनाउँछन्।
सन् १९६० सम्म अखिल बर्मा गोर्खा संघ नामक आधिकारकि संस्था थियो, बर्मेली नेपाली समुदायको। सरकारसँग वार्ताका लागि संघका तर्फबाट प्रतिनिधि तोकिन्थे। यो संघका तत्कालीन अध्यक्ष अन्तर सिंह एमएससी मान्दले विश्वविद्यालयका डिन थिए। उपसभापति बनेका शेरबहादुर लामा मुद्दामामिला हेर्न पाउने सरकारबाट तोकिएका आधिकारकि वकिल थिए।
टाउजी जिल्ला अन्तर्गतको क्लो सहरका सचिवको जिम्मेवारी सम्हालेका थिए, रूपन्देहीको दयानगर छपियाका हिमलाल शर्मा, ८६, ले। बर्माबाट फर्केकालाई हेर्ने दृष्टिकोणमा परविर्तन आउन धेरै समय लागेको सुनाउँछन् शर्मा। भन्छन्, "हामीलाई विदेशी भन्थे। भेदभावको व्यवहारका कारण समाजमा पुनःस्थापना हुन समय लाग्यो।"
गोर्खा संघको सन् १९५६ को प्रथम र १९५७ मा भएको द्वितीय सम्मेलनमा सहभागी भएका प्रतिनिधिहरूको सामूहिक तस्बिरलाई शर्माले चाँदीको प|mेममा सुरक्षित राखेका छन्। पक्षघातपीडित शर्मा दयानगरमा बसोवास मिलाउनेमध्येका अगुवा हुन्। -हेर्नूस्, बक्स)
विसं ०१८ देखि ०२४ को बीचमा दुई लाखभन्दा बढी नेपालीभाषीले बर्मा छाडेको शर्माको अनुमान छ। त्यतिबेला सरकारको पहलमा विराटनगर, चितवन, रूपन्देही र कञ्चनपुरको महेन्द्रनगरमा बसोवासको व्यवस्था मिलाइएको थियो। त्यसबाहेक भैरहवा, रू पन्देहीको फर्साटिकर, नवलपरासीको धनेवा र झापामा समेत बर्मेलीको बसोवास छ। बर्मेलीको बसोवासकै कारण भैरहवामा ठाउँकै नाम बर्मेली टोल छ।
भूगोल र नागरकिताले टाढा बनाए पनि नेपाल र बर्माका नेपालीभाषी अहिले पनि उत्तिकै नजिक छन्। नेपालसँगको भावनात्मक सम्बन्धलाई जोगाइराख्नका लागि बर्मेली नेपालीले यहाँ भएका मन्दिर बर्मामा पनि निर्माण गरेका छन्। मेम्योमा बनाइएको पशुपतिनाथको मन्दिर यसैको उदाहरण हो।
बौद्ध धर्मावलम्बीको बाहुल्य भएको बर्मामा हिन्दु धर्मको संवर्द्धनका लागि १० वर्षअघि भैरहवाका भीम अधिकारीको नेतृत्वमा व्यासाचार्य किशोर गौतमसहितको टोलीले बर्माका पाँच ठाउँमा यज्ञ तथा प्रवचन कार्यक्रम गरेको थियो। अधिकारी भन्छन्, "बुद्ध पनि ने पालमै जन्मेका हुन् भनेर धेरै नेपालीले बौद्ध धर्म अँगाल्न थालेका रहेछन्। नयाँ पुस्ताले संस्कृति बिर्सन थालेको रहेछ। हामीले भजन गाउँदा मानिसहरू रोए।" त्यसयता भने यहीँबाटै पण्डितहरू गएर यज्ञ तथा पूजाआजा गर्ने गरेका छन्। टिकुलीगढका टीकाराम पाण्डे नेतृत्वको एउटा टोली एक महिनाअघि बर्मा गएको छ।
जसले बसाले बस्ती
अखिल गोर्खा बर्मा संघमा आबद्ध शिक्षक भएकाले नेपालीलाई आइपर्ने समस्यालाई लिएर अघि सर्थे, हिमलाल शर्मा । नेपालमा आएपछि पनि उनको पुरानो जिम्मेवारी झन् बढ्यो । सम्पत्तिजति बर्मामै छाडेर बाबुबाजेको साइनो खोज्दै यहाँ आएका नेपालीको बस्ने थातथलो थिएन ।
सरकारले दयानगरको १२ सय बिघा जंगलमा बर्माबाट आएका नेपाली बसाल्ने निर्णय गर्यो । तर, बस्न मिल्ने ठाउँ र पैसा थिएन । यी सबै समस्यासँग परिचित शर्मा प्रवासी नेपालीका माग लिएर अञ्चलाधीशदेखि जिल्ला प्रशासनसम्म पुगे । गाँस, बास र कपासको माग राखेर शान्तिपूर्ण धर्ना बसे । सरकारले घर बनाउनका लागि १ लाख २० हजार रुपियाँ र प्रत्येक परिवारलाई ३० क्युफिट काठ उपलब्ध गरायो ।
त्यस बेला २ सय ५० परिवार बसेका थिए छपियामा । बर्माबाट आएका नेपालीकै लागि विद्यालय सञ्चालनमा उनै खटिए । बर्मामा २३ वर्ष शिक्षक भएर सेवा गरेका शर्मा नेपालमा पुनः २२ वर्ष शिक्षण पेसामा खटिए । बर्माबाट आएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा रजत जयन्ती मनाउने सोच बनाएका छन् उनले ।