अतिक्रमणमा आरक्ष
सुन्दर पर्यटकीय गन्तव्य ढोरपाटन सिकार आरक्ष क्षेत्रको गुर्जाघाट, छ्यान्टुङ, ढोरपाटनका सयौँ रोपनी जग्गा काठेबार तथा पर्खालले घेरी हडपेका स्थानीय अहिले सुकुमबासी समस्या समाधान आयोगमार्फत वैधता लिने दाउपेचमा लागेका छन् ।
जिल्लाका सबै उच्च हिमाली चरन क्ष्ाेत्रमा नजिकका बस्तीबाट फिरन्ते शैलीमा भेडाबाख्रा तथा गाईभैँसी गोठ लैजाने र उपयोग गर्ने चलन छ । एक गाउँले उपभोग गरेको चरिचरन तथा खर्कमा अर्को बस्तीको गोठ लैजान नपाउने प्रचलन पनि छ । यसरी ढोरपाटनको विशाल घाँसे मैदानलाई अव्यवस्थित बसोवासको नाममा दर्ता गर्ने प्रपञ्चमा लाग्ने अधिकांश काठमाडौँ, पोखरा, बुटवल र बेनीमा आलिसान घर भएका छन् । विभिन्न राजनीतिक दलका अगुवाले छोरा, छोरी र श्रीमतीका नाममा निवेदन दिएका छन् ।
सुकुमबासी समस्या समाधान जिल्ला समितिमा १ सय ५१ जनाले सुकुमबासी तथा भूमिहीन भएको भन्दै निवेदन दिएका छन् भने ४ सय ९४ जनाले अव्यवस्थित बसोवासमा जग्गाधनी पुर्जा माग गरेका छन् । ढोरपाटन सिकार आरक्षको करिब पाँच प्रतिशत भू-भाग ओगट्ने गुर्जाघाट क्ष्ाेत्रमा मात्र २ सय ३१ जनाले जग्गाधनी पुर्जा मागेका छन् ।
"सुकुमबासीको भन्दा अव्यवस्थित बसोवासका निवेदन बढी छन् । अव्यवस्थितको आवेदन गर्नेमा आधाभन्दा बढी गर्जाघाटमा भएकाले छुट्टै अध्ययन गरिरहेका छौँ," आयोगका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले भने, "सिकार आरक्षसमेत सबै अव्यवस्थित बसोवास रहेको जग्गामा प्राविधिकसहितको अनुगमन टोली पठाउँदै छौँ ।"
ढोरपाटन सिकार आरक्ष कार्यालयको अभिलेख अनुसार गुर्जाघाट, छ्यान्टुङ र ढोरपाटन क्ष्ाेत्रमा १ सय ६० हेक्टरभन्दा बढी कोणधारी सल्लोको जंगलसमेतको चरन मैदान अतिक्रमण भएको छ । आप\\mनो जग्गाको साँधसिमाना मिच्दै गरिएको अतिक्रमण भएको जग्गाको क्ष्ाेत्रफल अझ तेब्बर बढी छ ।
माओवादी शान्ति प्रक्रियामा आएलगत्तै सिकार आरक्षको जग्गा अतिक्रमण तीव्र भएको थियो । अधिकांश अतिक्रमणकारी म्याग्दी ताकम, मुना, लुलाङ र बाग्लुङ जिल्लाका बोबाङ, अधिकारीचौर र बुंगादोभान क्षेत्रका बासिन्दा हुन् । आरक्ष क्षेत्रको ढोरपाटन, छ्यान्टुङ र गुर्जाघाटको अधिकांश बस्ती पर्खालले घेरिएको छ । आरक्षका अनुसार हालसम्म साँधसिमाना मिच्दै जग्गा अतिक्रमण गर्ने करिब दुई सय हेक्टर र बाहिरबाट पुगेका केही व्यक्तिले समेत छुट्टै ६० हेक्टरभन्दा बढी जंगल फाँडेर पर्खाल लगाई ओगटेका छन् ।
"ढोरपाटनको चोरी सिकार र जग्गा अतिक्रमणको समाचार छापिएको थाहा पाएका दिन सूचना दिएको भन्दै हामीलाई धम्की आउन थालेको छ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रशासनलाई सुरक्षाका लागि लिखित रूपमा गुहारेका छौँ," सिकार आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने, "सुकुमबासी समस्या समाधान आयोगले हामीसँग कुनै समन्वय गरेको छैन । आरक्षको जग्गा दर्ता गराउन सदरमुकाममा प्रयास भइरहेको सुनेका मात्र छौँ ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...