के गर्दै छन् सभापति ?
व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले मंसिर तेस्रो साता सार्वजनिक कार्यक्रममै अन्य समितिका सभापति 'हिरो' हुन
थापाको समितिले जलविद्युत्का विषयमा जिज्ञासा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई बोलाएकामा आफ्नो समितिको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको राईको आरोप थियो । तर, थापाको समिति अझै टसमस भएको छैन । फेरि पनि कार्कीलाई समितिमा उपस्थित भएर सदस्यहरूको जिज्ञासा मेटाउनु भन्ने आशयको पत्र पठाइसकेको छ ।
संविधानसभा (व्यवस्थापिका संसद्को कार्य सञ्चालन) नियमावली, २०७० मा प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुशासन तथा अनुगमन समितिको कार्यक्षेत्रमा पर्ने उल्लेख छ । यसमा थापाको आफ्नै तर्क छ, "क्रसकटिङ विषयमा बोलाउन पाइन्छ । माथ्लो तलामा जान्छु, त्यहाँभन्दा तल-माथि कतै जान्न भन्नुको के अर्थ ?"
अख्तियार प्रमुखलाई बोलाउनेबाहेक अन्य विषयमा समितिहरूबीच विवाद छैन । व्यवस्थापिका संसद्मा रहेका ११ वटा विषयगत समितिमध्ये ६ वटामा ३० भन्दा माथि र ४५ वर्षभन्दा कम उमेर समूहका सभासद्ले नेतृत्व गरिरहेका छन् । अघिल्लो संविधानसभामा सातवटा मात्रै यस्ता समिति थिए । वातावरण संरक्षण, कृषि तथा जलस्रोत, उद्योग वाणिज्य तथा उपभोक्ता हित र सुशासन तथा अनुगमनजस्ता समिति यसपटक थपिएका हुन् ।
पूर्वसभामुख दमननाथ ढुंगानाका अनुसार संविधानसभाका बैठकमा जनतासँग सरोकार राख्ने हरेक विषयमा छलफल गर्न असम्भव हुने र निचोड निकाल्नसमेत नसकिने हुनाले यस्ता समितिको परिकल्पना गरिएको हो । तर, यी समिति मुख्य रूपमा सरकारका काम-कारबाही, निर्णय र सुशासनका विषयमा केन्दि्रत हुनु राम्रो हो । ढुंगाना भन्छन्, "यी समितिले आफ्नो परिधि आफैँ तय गर्नुपर्छ ।"
कानुनविद् नीलाम्बर आचार्यचाहिँ संविधानसभाले संविधान जारी गरेपछि चुनाव नभएसम्मका लागि 'मिनी संसद्' मानिने समितिहरूले काम गरिरहने बताउँछन् । यस अर्थमा पनि यी समिति सरकारलाई व्यवस्थापिका संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन गठन भएका हुन् । समितिहरू सक्रिय हुने हो भने जनसरोकारका स-सानाजस्ता लाग्ने र ठूला भनिएका विकास निर्माणका काम पनि छिटो छरितो रूपमा हुन सक्छन् । आचार्य भन्छन्, "समितिले सदैव सम्झनुपर्ने कुराचाहिँ हामी संविधानभन्दा माथि छैनौँ भन्ने हो ।"
त्यसो त नियुक्त भएको करिब चार महिनामा युवा सभापतिहरू स-सानादेखि दूरगामी विषयमा समेत सक्रिय छन् । विषयवस्तुको उठान, छलफल र बैठकहरू बारम्बार बोलाइरहेका छन् । उदाहरणका लागि विकास समितिले सार्क सम्मे लनका क्रममा भएका संरचनाको सम्भारका साथै खर्च पारदर्शी रूपमा सार्वजनिक गर्नका लागि आफ्नो मातहतमा रहेको मन्त्रालयलाई निर्देशन दिएको छ । लगत्तै, प्रधानमन्त्री सुशील कोइरालाले मातहतलाई सार्क सम्मेलन आयोजना गर्दा भएको खर्चको हिसाबकिताब सार्वजनिक गर्न भनेका छन् ।
विकास समिति अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास र सूचना तथा सञ्चार मन्त्रालय भनेर छुट्टयाइएकाले त्यस अन्तर्गतका विज्ञहरू पीताम्बर शर्मा, शंकर शर्मा, किरण गुरुङ र एक क्यानेडियनसँग समितिका सबै सदस्यले छलफल गरेर कार्य आरम्भ गरेको थियो । विकास समितिले चारवटा उप-समितिमार्फत हुलाकी मार्ग, कर्णाली, गीत-संगीतको रोयल्टी, स्थानीय स्वायत्त शासन ऐनको कार्यान्वयन, दूरसञ्चार प्राधिकरणसँग भएको १० अर्ब रुपियाँ बराबरको कोषको परिचालनजस्ता विषय अघि बढाएको छ ।
नयाँ समितिका रूपमा आएको कृषि, ऊर्जा तथा जलस्रोत समितिले चार महिनाको समयावधिमा २० वर्षे कृषि रणनीतिको कार्यान्वयन र त्यसले निर्देशित गरेका अन्तरवस्तुमा सघन छलफल भएको र दातासँगको बैठकले कृषिको वाषिर्क बजेट अहिलेकोमा थपेर दोब्बर अर्थात् ५५ अर्ब रुपियाँ पुर्याउने प्रतिबद्धता जनाएको छ । विद्युत् प्रसारण लाइनका बारेमा अहिलेसम्म छलफल नभएको तर विद्युत् उत्पादनका ठूल्ठूला परियोजनाको मात्रै छलफल भएको देखेपछि आफ्नो समितिले प्रसारण लाइन अविलम्ब बन्नुपर्छ भनेर निर्देश गरेको सभापति थापाको भनाइ छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका कार्यक्षेत्र महिला, बालबालिका तथा समाज कल्याण, शिक्षा, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय हुन् । तीनवटा महत्त्वपूर्ण विधेयक क्रमश: बोक्सीविरुद्ध, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध र राष्ट्रिय युवा परिषद् गठनार्थ संसद्मा छलफलका लागि पठाएको छ समितिले । समावेशीका नाममा जसले जुन ठाउँमा न्याय गर्न सक्छ, त्यसलाई मात्रै पठाउनुपर्छ भन्ने मान्यताका साथ विधेयकको तयारी भएको सभापति रञ्जु ठाकुरको भनाइ छ ।
अहिलेको धेरै समय संविधानसभामा बिताउनुपरेका कारण जति सक्रिय हुनुपर्ने हो, त्यति हुन नसके पनि आफ्नो क्षेत्राधिकारलाई नजिकबाट नियाल्दै सकेसम्म चनाखो भएर लागिपरेको युवा सभापतिहरू बताउँछन् ।
संविधानका जानकार विपिन अधिकारी अघिल्लो संविधानसभाभन्दा यसपटक काम गर्न चाहने प्रतिबद्ध युवा सदस्य र काम गर्ने वातावरण पनि मिलेका कारण समितिहरू सक्रिय भएकोे अनुमान गर्छन् । तर, सरकारले जति काम दिनुपर्ने हो, त्यति दिन नसकेको अधिकारीको भनाइ छ । अधिकारी भन्छन्, "युवामा जोस र जाँगर बढी हुन्छ । विषयवस्तु बुझ्न खोज्ने इच्छा पनि त्यत्तिकै हुन्छ । अध्ययनशील हुन्छन् । यसले गर्दा अहिलेका समितिहरू चलायमान देखिएका हुन् ।"
रवीन्द्र अधिकारी
सभापति, विकास समिति
राष्ट्रगानका रचयिता व्याकुल माइलालाई प्रतिमहिना २५ हजार रुपियाँ राज्यले दिनुपर्ने निर्देशन दिए, रवीन्द्र अधिकारीले । बाढीका कारण विपत्तिमा परेकाको स्थलगत अनुगमन गरेर उचित राहतका लागि सरकारलाई निर्देशन दिए ।
गगन थापा
सभापति, कृषि, ऊर्जा तथा जलस्रोत समिति
अघिल्लोपटक पनि सभासद् रहेका गगन थापा केही अपरिपक्व निर्णय भए पनि यसपटक आफूले विषयवस्तु बुझेर निर्णय गरेको बताउँछन् । विद्युत्को प्रसारण लाइनका सम्बन्धमा सेनापति गौरवशमशेर राणालाई बोलाएर समितिले छलफल गर्यो ।
रञ्जु ठाकुर
सभापति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समिति
शिक्षा, स्वास्थ्य र खेलकुदका लागि छुट्टाछुट्टै उप-समिति गठन भएका छन् । तिनका प्रतिवेदन कार्यान्वयनका लागि सभामुखलाई बुझाउने योजना रहेको रञ्जु ठाकुरको भनाइ छ ।
प्रभु शाह सभापति,
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति
प्रभु शाहको समितिको कार्यक्षेत्र परराष्ट्र, श्रम तथा रोजगार, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय हुन् । वैदेशिक रोजगार प्रदायकहरुले अपारदर्शी र गैरकानुनी रुपमा युवालाई विदेश पठाएकाले त्यो रोक्ने र कानुनी ढंगले आवतजावत गर्न पाउने अवस्थाको सिर्जना गर्नु समितिको मुख्य दायित्व छ ।
शेरधन राई
सभापति, सुशासन तथा अनुगमन समिति
विभिन्न समितिका सभापतिमध्ये सबैभन्दा कान्छा हुन्, शेरधन राई, ३८ । यसपटक गठन गरिएको सुशासन तथा अनुगमन समिति सम्हालेका राईको कार्यक्षेत्र नै प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान
आयोग हुन् ।
जनक चौधरी
सभापति, वातावरण समिति
जनक चौधरी वन फँडानी रोक्नेबारे उपसमितिमार्फत प्रतिवेदन तयार भएको बताउँछन् । स्थलगत अध्ययनका लागि सभामुखसमक्ष अनुरोध पेस गरेका छन्, कैलाली, बर्दियालगायतका ठाउँ जानका लागि । समितिले सहरको वातावरण स्वास्थ्यमैत्री बनाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...