इन्फोग्राफिक्स
नेपाल इन्जिनियर एसोसिएसनले गरेको प्रारम्भिक अध्ययन अनुसार १२ वैशाखको भूकम्प र पटक-पटकको कम्पनले काठमाडौँ उपत्यकाका २० प्रतिशत घर बस्नै नहुने अवस्थामा पुगेका छन् ।
नेपाल इन्जिनियर एसोसिएसनले गरेको प्रारम्भिक अध्ययन अनुसार १२ वैशाखको भूकम्प र पटक-पटकको कम्पनले काठमाडौँ उपत्यकाका २० प्रतिशत घर बस्नै नहुने अवस्थामा पुगेका छन् ।
१७ जेठ
भूकम्पपछि घाइतेको उपचार र उद्धारका लागि नेपाल आएका विभिन्न १८ देशका सैनिक १७ जेठभित्र स्वदेश फर्किसक्ने जनाउँदै नेपाली सेनाले अब उद्धारका लागि थप विदेशी सैनिक नेपाल आउन आवश्यक नरहेको जनाएकोे छ ।
२७ बुँदा
भूकम्पपीडितको राहत, सहयोग तथा पुनःस्थापनाका सम्बन्धमा व्यवस्थापिका संसद्मा प्रस्तावित २७ बुँदे संकल्प प्रस्ताव सर्वसम्मतिले पारित ।
३ सय १०
देशभरका ३ सय १० पुरातात्त्विक महत्त्वका मठमन्दिरमा क्षति । ६० प्रतिशत पूर्ण रुपमा ध्वस्त ।
३ राजमार्ग
राजधानी काठमाडौँ उपत्यका जोड्ने मुख्य तीन राजमार्ग भूकम्पका कारण उच्च जोखिममा परेको भुगर्भविद्हरुको निष्कर्ष । मुग्लिन-नारायणगढ राजमार्गको दुई किलोमिटर, अरनिको राजमार्गको कोठेदेखि तातोपानीसम्म र पासाङ ल्हामु लोकमार्गको धुन्चेदेखि टिमुरेसम्म जोखिममा ।
१५ जेठ
२९ वैशाखमा पुनः शक्तिशाली भूकम्प गएपछि शिक्षा मन्त्रालयद्वारा १५ जेठसम्म विद्यालय बन्द गर्ने निर्णय । यसअघि मन्त्रालयले १ जेठमा विद्यालय खोल्ने निर्णय गरेको थियो ।
७३
व्यवस्थापिका संसद्ले राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन समिति गठन गरेको छ । समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका ७३ जना सदस्य छन् ।
८० करोड ८५ लाख
विनाशकारी भूकम्पले पुर्याएको क्षतिका कारण पर्यटकीय क्षेत्रको पुनःउत्थान गर्न करिब ८० करोड ८५ लाख रूपियाँ लाग्ने सरकारी अनुमान ।
६ लाख
भूकम्पका कारण ६ लाख घर ध्वस्त भएको प्रारम्भिक अनुमान ।
१५ अर्ब
घरजग्गा व्यवसायी संघले नेपाल राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदन अनुसार घरजग्गा व्यवसायमा १५ अर्व रूपियाा क्षति भएको दाबी ।
१४
विनाशकारी भूकम्पपछि काठमाडौँमा कालोबजारी गर्ने १४ जना पक्राउ ।
साढे २ करोड
कृषि विकास मन्त्रालयद्वारा भूकम्प प्रभावित जिल्लामा किसानका चौपाया तथा पक्षीको उपचार र गोठ सुधार्न साढे २ करोड रूपियाँ खर्च गर्ने निर्णय ।
१० खर्ब
भूकम्प र त्यसपछिका पराकम्पनबाट भएको क्षति १० खर्ब रूपियाा बराबर पुग्न सक्ने अर्थमन्त्री रामशरण महतको अनुमान ।
१० अर्ब
भूकम्पका कारण कृषि क्षेत्रतर्फ मात्रै १० अर्ब रूपियाँभन्दा बढी क्षति । अति प्रभावित १४ जिल्लामा विशेष कार्यक्रम ।
पौने ९ अर्ब
भूकम्प प्रभावित २६ जिल्लामा कम्तीमा पौने ९ अर्ब रूपियाँ बराबरको खाद्यान्न र पशुधन नोक्सान ।
७७ लाख
हलिउड अभिनेता ज्याकी च्यानबाट भूकम्प पीडित नेपालीका लागि ७७ लाख रूपियाँ सहयोग ।
२ अर्ब ६० करोड १० लाख ३७ हजार
प्रध्ाानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ६० करोड १० लाख ३७ हजार रूपियाँ संकलन ।
२ खर्ब
सरकारद्वारा भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि २ खर्ब रूपियाँको 'राष्ट्रिय पुनःनिर्माण कोष' घोषणा । २५ वैशाखमा व्यवस्थापिका-संसद्को बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै उक्त कोषमा हाल नेपाल सरकारले २० अर्ब रूपियाँ राख्ने घोषणा गरे ।
(स्रोत नेपाल सरकार तथा विभिन्न एजेन्सी)
भूकम्पको धक्का
मुत्यु
८,३४७
घाइते
१७,८७०
बेपत्ता
नेपाली ः २५२
विदेशी ः ११२
-(१ जेठ साँझसम्मको तथ्यांक)
26.12°C












