तराईको शीतलहरले दलित बस्ती विचल्लीमा
पुस लागेपछि मधेसका दलित बस्तीमा न्यानो लुगाको अभावमा कष्टकर चिसो झेल्नेको दु:खको कथा वर्णन गरिसाध्ये छैन ।
झुरुप्प घरहरूका बीचमा घुर तापिरहेका विपन्न दलितहरू । पुस लागेपछि मधेसका दलित बस्तीमा न्यानो लुगाको अभावमा कष्टकर चिसो झेल्नेको दु:खको कथा वर्णन गरिसाध्ये छैन ।
सप्तरी, मधुपट्टीका बलदेव राम प्रत्येक जाडो मौसम दलितका लागि काल बनेर आउने बताउँछन् । गर्मीमा त रूखमुनि नै रात कटाउँछन् । तर, जाडो कटाउन भने सजिलो नहुने अनुभव सुनाउँछन् । भन्छन्, “न्यानो लुगाको अभावमा प्रत्येक वर्ष सयौँ दलित मृत्यु रोज्न बाध्य छन् ।”
गत वर्ष मात्रै सप्तरीमा शीतलहरका कारण २२ दलितको मृत्यु भएको थियो । यो तथ्यले जाडोको कहर दलितका निम्ति कति महँगो छ भन्ने बुझाउन काफी छ । त्यसो त प्रत्येक वर्ष शीतलहर सुरु भएपछि सरकारले राहतस्वरूप न्यानो लुगा बाँड्ने कुरा घोषणा नभएको पनि होइन । तर, जिल्लास्थित दैवी प्रकोप उद्दार समितिमार्फत बाँडिने त्यस्तो राहत लिने झन्झटिलो विधि र प्रक्रियाका कारण अधिकांश दलितले सरकारी राहत पाउँदैनन् ।
जस्तो : अघिल्लो वर्ष मृत्यु भएका २२ दलित परिवारमध्ये पाँच जनाले मात्रै सरकारी राहत पाए । राम भन्छन्, “सदरमुकामबाट टाढा रहेका र चेतनाको अभाव भएका कारण वास्तविक पीडितले राहत पाउँदैनन् ।”
जिल्लास्थित सरकारी अस्पतालले चिसोले मृत्यु भएकाको प्रमाणित नगरेसम्म सरकारले दिने भनेको राहत पाइँदैन । अति विपन्न दलित सरकारी अस्पतालसम्म पुगेर त्यस्तो कागज जुटाउन सक्दैनन् । सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्मा सरकार दुई हजार कम्बल वितरणको तयारीमा रहेको बताउँछन् । तर, राहत वितरणको प्रक्रिया अझै तत्काल सुरु हुने देखिँदैन ।
प्रजिअ विश्वकर्माका अनुसार गृह मन्त्रालयले जिल्लास्थित दैवीप्रकोप समितिमा तीन लाख रुपियाँ मात्रै बर्सेनि बजेट पठाउँछ । त्यसरी आएको बजेटबाट दैवी विपत्तिमा परेकालाई ४० हजार रुपियाँसम्म दिने व्यवस्था छ । प्रजिअ विश्वकर्मा भन्छन्, “सरकारबाट दलितलाई न्यानो लुगा बाँड्नका निम्ति छुट्टै बजेट आउँदैन । हामीले नगरपालिका, गाविस, रेडक्रसजस्ता संस्थासँग समन्वय गरेर
सहयोग गर्ने हो ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...