तकसेराको जित
पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र विवाद मतदानमार्फत टुंगो
रुकुम पूर्व– १० साउनमा बल्ल पुथाउत्तरगंगा गाउँपालिकाले केन्द्र पायो । गाउँसभामा ६९ मत खसेकामा ४७ मत तकसेराले पायो भने कोलले २२ मत । मतदान हुनुपूर्व १३ नम्बर वडा पनि गाउँपालिका केन्द्रका लागि उम्मेदवार थियो । अन्तत: १३ नम्बर वडाले दाबी फिर्ता लिएपछि दुई तिहाई मत तकसेराको पक्षमा खस्यो । यसको लामो कथा छ ।
४ चैत ०७३ मा पुथाउत्तरगंगा गाउँपालिकाको अस्थायी केन्द्र तोकिएको कोलमा कार्यालय उद्घाटन र गाउँपालिकास्तरीय कामकाजको औपचारिक शुभारम्भ कार्यक्रम साविकको तकसेरा गाविसबासी तथा पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ वडाबासीले सफल हुन दिएनन् । कार्यक्रम त हुन दिएनन् नै, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलकबहादुर रावतलाई कोल नपुग्दै बाटोबाटै अपहरणको शैलीमा तकसेरा पुर्याए ।
अतिथि बनेर गएका तत्कालीन जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत चिन्तामणि दाहाल भागभागको स्थितिबाटै सदरमुकाम फिर्ता हुनुपर्यो । अपहरणको शैलीमा तकसेरा पुर्याइएका रावतसहितका कर्मचारीलाई तकसेराबासीले गाउँभर घुमाए । अबीर जात्रा गरे । गाउँपालिकाको केन्द्र कोल नभई तकसेरामा उद्घाटन गर्न दबाब दिए । यद्यपि, कोल र तकसेरा कतै गाउँपालिकाको कार्यालय उद्घाटन भने भएन ।
यति मात्र होइन, गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तोकेको न्यूनतम मापदण्ड विपरीत गाउँपालिकाको केन्द्र तोकिएको भन्दै तकसेराबासीले जिल्ला सदरमुकाम खलंगा बजार बन्द, यातायात हडताल तथा तत्कालीन जिल्ला विकास समिति घेराउलगायतका कार्यक्रम त्यसअघि माघमै गरिसकेका थिए । त्यसपछि तकसेरालाई राजनीतिक दलमुक्त क्षेत्र घोषणा मात्र गरेनन्, राजनीतिक दललाई प्रवेश निषेधसम्म गरे ।
१४ असार ०७४ मा पुथाउत्तरगंगा गाउँपालिकामा पनि जनप्रतिनिधि चुनिएपछि केन्द्रको विषयले फेरि प्रवेश पायो । कोल र तकसेरामा समझदारी बन्न नसकेपछि १४ पुस ०७४ मा तेस्रो विकल्पका रूपमा १३ नम्बर वडाको पदमी–विर्गुम आयो । गाउँसभाको सामान्य बहुमतले पदमी–विर्गुममा गाउँपालिकाको स्थायी केन्द्र हुने निर्णय पारित भए पनि प्राविधिक त्रुटिले कार्यान्वयनमा आउन सकेन ।
गाउँपालिकामा देखिएको ठूलो समस्या वैधानिक तवरबाट टुंगो लागेको गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्ती मगर बताउँछन् । “यही समस्या कारण अन्य कामकाजमा पनि बाधा झेल्नु परेको थियो । अन्तत: विषय सजिलै पार लागेको छ,” मगर भन्छन्, “लोकतान्त्रिक विधिबाट केन्द्र टुंग्याइएकाले कोही असन्तुष्ट हुनुहुन्न र यसै विषयका कारण कामकाजमा असर पर्दैन भन्ने हाम्रो अनुमान छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...