टिपर चालकको भत्तामोहले दुर्घटना
गत वर्ष जिप र कारबाट १ सय ९४ र टिपर/ट्रकबाट १ सय ९२ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी बताउँछन् । "धेरै दुर्घटना चालककै लापरबाहीले भएका छन्," भन्छन्, "दोस्रोमा टिपर र ट्रकको तीव्र गति छ ।"
रुपन्देही–सडकमा टिपर देख्यो कि तर्सिन्छिन्, तिलोत्तमा-२ की विष्णु शर्मा । निजी बैंककी जागिरे विष्णु तिलोत्तमा-२ कै विष्णुकुमारी भट्टराई, ८९, लाई आफ्नै आँखाअगाडि जेब्राक्रसबाट बाटो काट्दै गर्दा लु२ख ९८३८ नम्बरको टिपरले ठक्कर दिएर ज्यान लिएदेखि सडकमा सवारी चाप भएका बेला हिँड्न खोज्दिनन् । भन्छिन्, "सकेसम्म स्कुटी चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ, टिपर देखेपछि झसंग भइहाल्छु ।"
स्कुटरमै सवार बुटवलकै सञ्चारकर्मी दलबहादुर भण्डारीले २ पुस ०७४ मा अस्पताल लाइनमा लु१ख ६५२८ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गुमाए । ६ चैत ०६८ मा मिलनचोकमा टिपरकै ठक्करबाट २ सरकारी कर्मचारीको मृत्यु भएको थियो ।
बुटवल आसपास टिपरकै कारण दुर्घटना र मृत्यु संख्या बढ्ने गरेको छ । यहाँ हरेक वर्ष डेढ सयभन्दा बढी टिपर थपिने गरेको यातायात कार्यालयको तथ्यांक छ । पाल्पाको दोभान र अर्घाखाँचीको नरपानी आसपास उत्खनन गरिएको चुनढुंगा बुटवल, भैरहवा, सुनवल, परासी क्षेत्रका सिमेन्ट उद्योगमा टिपरले ढुवानी गर्छन् ।
कम्पनी र उद्योगले टिपर चालकलाई प्रतिटि्रपको हिसाबमा भत्ता उपलब्ध गराउने भएकाले बेपर्वाह कुद्ने सवारी साधनबाटै धेरैजसो दुर्घटना हुने गरेका छन् । रूपन्देही रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार खानीबाट चुनढुंगा बोक्ने टिपर मात्र ७ सयभन्दा बढी छन् । रोडाढुंगा व्यवसायीसँग थप १ सय टिपर छन् । "क्यु र भत्ता सिस्टम पनि दुर्घटनाको कारण हो," भन्छन्, "तर भरपर्दो र उत्तम विकल्प सहरी क्षेत्रमा छुट्टै सडक नै हो ।"
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा भएका १ हजार ९ सय ९८ दुर्घटनामा ५ सय २० ले ज्यान गुमाए । तीमध्ये ट्रक र टिपरबाट मात्र २ सय ५५ को मृत्यु भयो । आव ०७४/७५ मा भएका १ हजार ३ सय ४० दुर्घटनामा ५ सय ६८ ले ज्यान गुमाए । टिपर र ट्रककै कारण ३ सय ६ को मृत्यु भयो । गत आवका १ हजार ४ सय ३१ दुर्घटनामा ६ सय २९ जना मारिए । त्यसमा टिपर र ट्रकबाट मात्र १ सय ९२ जनाको मृत्यु भएको तथ्यांक छ ।
गत वर्ष जिप र कारबाट १ सय ९४ र टिपर/ट्रकबाट १ सय ९२ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी बताउँछन् । "धेरै दुर्घटना चालककै लापरबाहीले भएका छन्," भन्छन्, "दोस्रोमा टिपर र ट्रकको तीव्र गति छ ।"
चालू आवको पछिल्लो ६ महिनामा मात्रै प्रदेशका १२ जिल्लामा ६ सय १० सवारी दुर्घटना भए । तीमध्ये ट्रक र टिपरबाट भएका ९३ दुर्घटनामा ३ सय ४८ जनाले ज्यान गुमाए ।
कार्यालयका अनुसार बुटवल क्षेत्रमा दैनिक ५ हजार सवारी आउजाउ गर्छन् । त्यसमा टिपर र ट्रकको चाप झन्डै २० प्रतिशत छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्न प्रदेश ५ को राजधानी बुटवललाई केन्द्रमा राखेर टिपर र ट्रकमा टाइम कार्ड लागू गरिएको छ । सडकमा टिपर र ट्रक गुडाउँदा प्रतिघन्टा ३० किलोमिटरभन्दा बढी गतिमा गुडाउन पाइँदैन । यसले दुर्घटना न्यूनीकरणमा सघाउने ट्राफिक प्रदेश कार्यालयका प्रमुख गणेश चन्द बताउँछन् ।
"अहिले बुटवल आसपास, पाल्पा, परासी र कपिलवस्तुका सडकमा यो नियम लागू गरेका छौँ," चन्द भन्छन्, "प्रभावकारिता हेरेर प्रदेशका सबै जिल्लामा विस्तार गर्छौं ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...