दलित बस्ती नै बिक्री
सयौँ किसानको जमिनमा किर्ते मोही खडा गरी मोहियानी हकको मुद्दामामिला
मिर्चैया नगरपालिका-१० का उमेश यादवको पुख्र्यौर्ली जमिनमा मोही थिएन । तर मोही नै नभएको जमिनमा पनि एक वर्षयता भूमिसुधार कार्यालय सिरहामा मोहीको मुद्दामा तारिख धाइरहेका छन् । ०२४ को नापीमा समेत मोही नरहेको उनको गोलबजार नगरपालिका-९ को २ बिघा १८ कठ्ठा १३ धुर जमिनमा भूमाफियाले भुवनेश्वर पासवानलाई किर्ते मोही खडा गरी मोहीको मुद्दा दर्ता गराएपछि उनका दुःखका दिन सुरु भए ।
यादव त प्रतिनिधि पात्र मात्र हुन्, जिल्ला सदरमुकाम सिरहास्थित मालपोत तथा भूमिसुधार कार्यालयमा यादवजस्ता सयौँ किसानको जमिनमा यस्ता किर्ते मोही खडा गरी लगाइएका मोहियानी हकका मुद्दा धेरै छन् ।
मालपोत तथा भूमिसुधार कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामनरेश रामका अनुसार अधिकांश मोही सीमान्तकृत दलित र भूमिहीन विपन्न समुदायका छन् । पहिलेका हरुवाचरुवा भएकाले उनीहरू मालिकसँग मुद्दा मामिला गर्न चाहँदैनन् । तर अहिले वैदेशिक रोजगारीका कारण गाउँ देहातका जग्गा-जमिन महँगो भइसकेका छन् चौरीचाचरका जमिन पनि दुई लाख रुपैयाँ कठ्ठाका दरले बिक्री हुने गरेको छ । त्यसमै भूमाफिया वा बिचौलियाका आँखा लागेका हुन् । गरिब निमुखा दलितलाई आर्थिक प्रलोभन दिएर 'तिम्रो केही खर्च हुँदैन, मुद्दा जितेपछि दुवै जना मिलेर जग्गा बाँडफाँट गरौँला' भनेर भूमाफिया वारिस बनेर मुद्दा लड्छन् ।
सिरहा धनगढी नगरपलिका- १० का किसन दास र सिरहा मिर्चैया नगरपालिकाका-९ का शिव मोची (चमार) दुई वर्षदेखि मोही मुद्दा लड्दालड्दै दुई लाख रुपैयाँ सकिसके पनि अझै मुद्दाको छिनोफानो नभएको बताउँछन् । सिरहामा ८६ हजार बिघा जमिनमा १३ हजार मोही रहेकामा त्यसमा ८ हजार मोहीको मुद्दा भूमिसुधार कार्यालयमा दर्ता छ । साउनयता १ सय ४९ मोही बाँडफाँट र १ सय ६ मोही नामसारी मुद्दाको छिनोफानो भएको मालपोत तथा भूमिसुधार कार्यालय सिरहाको अभिलेखमा छ ।
तीन पुस्तादेखि बसोबास गर्दै आएको १५ घरधुरी सीमान्तकृत दलितको बसोबास रहेको सिरहा मिर्चैया नगरपालिका-९ रम्पुरा गाउँको दलित बस्ती सिरहा नगरपालिका-८ का रासो धुनया (मुसलमान) सँग दलितले ५० वर्षपहिले नै खरिद गरेका थिए । तर जग्गा पास नहुँदै धुनियाको मृत्यु भएपछि त्यत्तिकै थियो ।
गाउँकै भरत यादवले धुनियाका नामको फूलवरिया १ ङ को १८ नम्बर कित्ताको ०-७- १० (सात कठ्ठा दस धुर) जग्गा ०७० मा मालपोत कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली श्रेस्ता खडा गरी किर्ते नामसारी गराई ०७५ असोजमा गोलबजार नगरपालिकाका रामपरीक्षण यादवलाई पूरै दलित बस्ती बिक्री गरेपछि दलित विचल्लीमा परेका छन् ।
मिर्चैया नगरपालिका-९ का अध्यक्ष मोहन पोखरेल यादवले आफूलाई झुक्याएर जालसाजी गरी घरबाटो, बस्ती केही नभएको सिफारिस गराएर दलित बस्ती बिक्री गरेको स्वीकार्छन् । सिरहामा मालपोत तथा भूमिसुधार कार्यालयका कर्मचारीले भूमिमाफियासँग मिलेर नक्कली श्रेस्ता खडा गरी एउटाको जमिन अर्को व्यक्तिको नाममा दर्ता गर्ने गरेको गोलबजार नगरपालिकाका मेयर देवनाथ साहको आरोप छ ।
भूमाफियाले बस्ती खाली गर्न धम्की दिएपछि पुर्खौंदेखि बसोबास गरिआएको बस्ती बिक्री भएको थाहा पाएको भूमिहीन दलित बताउँछन् । दलितले भूमाफियामाथि कारबाही र बस्ती फिर्ताको माग गर्दै स्थानीय न्यायिक समिति जिल्ला प्रशासन, जिल्ला अदालत, अख्तियार अनुसन्धान २ नम्बर प्रदेश कार्यालय बर्दिवासमा उजुरी गरेका छन् । सिरहा नहरा गाउँपालिका-३ नयाँ चुहर्वाको बिल्टु मरिक (डोम) ५० वर्ष अगाडिदेखि बसोबास गर्दै आएका थिए । मालपोत कर्मचारीकै मिलेमतोमा उनको १ कठ्ठा ११ धुर जमिन भूमाफियाले किर्ते गरी आफ्नो नाममा नामसारी गराई १३ असोज ०७५ मा डोम बस्तीमा डोजर चलाएका थिए ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...