प्रदेश १ : अलमलमै डेढ वर्ष
डेढ वर्षे यो अवधिमा प्रदेश १ का जनताले प्रत्यक्ष अनुभूति गर्ने एउटै योजना पूरा भएनन् । विराटनगर राजधानी तोकियो, प्रदेश नामकरण अझै टुंगिएको छैन ।
डेढ वर्षे यो अवधिमा प्रदेश १ का जनताले प्रत्यक्ष अनुभूति गर्ने एउटै योजना पूरा भएनन् । विराटनगर राजधानी तोकियो, प्रदेश नामकरण अझै टुंगिएको छैन ।
गत वर्षको पूरक र पूर्ण बजेट कार्यान्वयनमा आइपुग्दा प्रदेश प्राथमिकता निर्धारणमै चुकेको छ । ६६ वटा सडक बहुवर्षीय योजनाअन्तर्गत ठेक्का प्रक्रिया पूरा गरेबाहेक ठूला योजनामा हात लगाएको छैन । तर कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा काम भने थालेको प्रदेश सरकारको दाबी छ ।
प्रदेश सरकारका अनुसार तराईका मोरङ, सुनसरी र झापामा बर्सेनि सरदर १३ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । चीनसँगको किमाथांका नाका, ताप्लेजुङको ओलाङचुङगोला, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको जोगबनी र सुनसरीको भन्टाबारी नाका व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण छन् । प्रदेश १ मा पर्ने जिल्लामा १ मेगावाटदेखि २५ मेगावाटसम्मका ५४ वटा आयोजनाका लागि लाइसेन्स जारी भइसकेको छ । कतिपय निर्माण चरणमा छन् । ती आयोजनाबाट ५ सय ६९ मेगावाट बिजुली उत्पादन हुने लक्ष्य छ ।
प्रदेश सरकारले गुन्द्री र पिरामा बसेर काम थाल्नु परेको थियो । त्यसैले लगभग आधाभन्दा बढी समय आवश्यक संरचना खोजी गर्ने, तयार गर्नेमै बित्यो । जनताको अपेक्षाअनुसार संघीयताको रथ अघि बढ्न नसकेको हो । त्यसैले संविधानले तोकेको अधिकारको प्रयोग र अभ्यास गर्न समस्या भइरहेको छ । अझै स्वतन्त्र रूपमा तीव्र गतिमा काम गर्न साझा अधिकार सूचीअन्तर्गतका कानुन संघीय सरकारले बनाउन बाँकी रहेकाले समस्या भएको छ । पूर्ण क्षमता र तीव्र गतिमा काम गर्न अझै समय लाग्छ । पूर्ण रूपमा कानुनी र भौतिक संरचनाका साथै जनशक्ति व्यवस्थापन भएपछि मात्रै द्रुत गतिमा काम अघि बढाउन सकिन्छ ।
शेरधन राई
मुख्यमन्त्री, प्रदेश १
‘जनतासँग प्रहरी’ कार्यक्रमअन्तर्गत प्रदेशका १० लाख घरधुरीमा अत्यावश्यक टेलिफोन नम्बर उल्लेख भएको स्टिकर टाँस्ने र सगरमाथा टिन्स क्लबमार्फत प्रदेशभरका विद्यालयमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने काम सन्तोषजनक पाइएको छ ।
संघीय सरकारमा रहेको असारे विकासको रोग प्रदेश १ मा पनि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले गरेको कुल खर्चको ५१ दशमलव १५ प्रतिशत असार मसान्तमा खर्च गरेको छ । प्रदेश सरकारको कुल बजेट ३५ अर्ब ९५ करोड ६० लाख १४ हजारमध्ये २१ अर्ब १८ करोड ३६ लाख ४५ हजार खर्च भएको छ । त्यसमध्ये असारमा १० अर्ब ८३ करोड ५९ लाख १९ हजार खर्च भएको छ ।
प्रदेश सरकारको आव ०७५/७६ मा राजस्व असुलीका लागि लिएको महत्त्वाकांक्षी लक्ष्यसमेत पूरा हुन सकेन । सरकारले अनुमान गरेभन्दा २८ दशमलव ८७ प्रतिशत कम राजस्व असुली भएको छ । सरकारले अनुमान गरेको १२ अर्ब ८४ करोड ९० लाख १४ हजार राजस्व लक्ष्यमध्ये ९ अर्ब १३ करोड ३९ लाख ६४ हजार ७ सय ९८ रुपैयाँ मात्रै असुली गर्न सकेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारले हालसम्म महत्त्वपूर्ण र उपलब्धिमूलक ठोस काम गर्न नसकेको बताउँछन् । भन्छन्, “कस्तो प्रदेश बनाउनेबारे नीति तथा कार्यक्रम ल्याउने तर त्यससँग मिल्दोजुल्दो कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन ।”
विश्लेषक भेषप्रसाद धमला प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउँछन् । यतिन्जेल प्रारम्भिक चरण भएकाले कानुन पर्याप्त नभएको अवस्था र केन्द्र तथा प्रदेशबीच कतिपय कुरा मिल्न बाँकी रहेकाले काम गर्न सकिएन भन्ने छूट पाइए पनि अब त्यस्तो बहानाले काम नगर्ने उनी बताउँछन् । “अब ठोस रूपमा जनताले अनुभूति गर्ने खाले काम गरेर देखाउनैपर्ने चुनौती छ,” भन्छन्, “अनि मात्रै नयाँ संरचनाप्रति जनताले भरोसा गर्ने परिस्थिति बन्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...