भारतमा नागरिकता कानुनले नेपालीभाषी पनि त्रासमा
एनआरसीमा असमका करिब १ लाख नेपालीभाषी छुटेका थिए । एनआरसीका कारण सशंकित नेपालीभाषी गोर्खा पनि नागरिकता ऐन संशोधनपछि त्रासमै छन् ।
भारतीय तल्लो सदन लोकसभाले २५ मंसिरमा नागरिकता संशोधन विधेयक (क्याब) पारित गरेलगत्तै पूर्वोत्तर राज्यहरूको केन्द्र असम, गुवाहाटीमा विरोधको डढेलो सल्कियो । आन्दोलन चर्किन थालेपछि माथिल्लो सदन राज्यसभाले पनि हतारहतार विधेयक पारित गरिहाल्यो ।
गुवाहाटीबाट सल्किएको डढेलो करिब १ हजार ९ सय किलोमिटर टाढाको दिल्ली पुग्न धेरै समय लागेन । मेघालय, मणिपुर, मिजोरम आदि राज्यमा मात्रै होइन, नेपालसँग साँधसीमा जोडिएको पश्चिम बंगालको दार्जिलिङसम्म आइपुगेको छ ।
तृणमूल कंग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष रन्जन सरकार यो विधेयकका कारण देशमा साम्प्रदायिकता भड्कन सक्ने दाबी गर्छन् । भन्छन्, “नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) देशका लागि घातक छ ।” माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा) का नेता तथा राज्यसभाका पूर्वसांसद समन पाठक भारतीय संविधानमा धर्म निरपेक्षता उल्लेख हुँदाहुँदै भाजपाले एक धर्मको नीति अख्तियार गर्न खोज्नु घातक रहेको टिप्पणी गर्छन् ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको दल तृणमूल कंग्रेसले कोलकातामा विरोध सुरु गरेपछि पश्चिम बंगाल शासित नेपालीभाषी बाहुल्य दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाको (विनय तामाङ खेमा) ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । ममता निकट मानिने तामाङ भन्छन्, “भाजपाले एक धर्मको आधारमा राष्ट्रलाई विभाजित गर्न खोजिरहेको छ । यो कदम अलोकतान्त्रिक मात्रै नभई विभेदकारी पनि छ ।” १ पुसमा कोलकाताको विरोध प्रदर्शनमा बेनर्जीले पश्चिम बंगालमा एनआरसी र नागरिकता संशोधन ऐन कुनै हालतमा लागू गरेर देखाउन मोदी सरकारलाई चुनौती दिएकी छन् ।
भाजपाका राज्यसभा विधायक नीरज जिम्वाले भने नागरिकता ऐनको समर्थन गरेका छन् । दार्जिलिङमा पत्रकार सम्मेलन गर्दै जिम्वाले यो ऐनले गोर्खाहरूको रौँसम्म नहल्लाउने दाबी गरे । उनको दाबी छ, “गोर्खाहरूलाई केही पनि हुँदैन, ढुक्क बस्नुस् ।’ भाजपाका दार्जिलिङ लोकसभा सांसद राजु विष्टले विधेयकबारे मुख खोलेका छैनन् ।
एनआरसीमा असमका करिब १ लाख नेपालीभाषी छुटेका थिए । एनआरसीका कारण सशंकित नेपालीभाषी गोर्खा पनि नागरिकता ऐन संशोधनपछि त्रासमै छन् । तर यसले नेपालीभाषीलाई कुनै असर नपर्ने जिकिर अखिल असम गोर्खा छात्र संघ अध्यक्ष प्रेम तामाङ गर्छन् ।
अखिल असम गोर्खा छात्र संघ, भारतीय गोर्खा परिसंघ, गोर्खा सांस्कृतिक परिसंघजस्ता संस्थाले रैथाने असमिया र अल्पसंख्यक मुस्लिमलाई आन्दोलनमा सघाइरहेका छन् । तामाङ भन्छन्, “नागरिकता ऐनले गोर्खालाई छुँदैन, ज–जसलाई असर गर्छ, उनीहरू आन्दोलित छन् । आन्दोलनमा हाम्रो साथ र समर्थन छ ।”
सम्बन्धित सामग्रीहरु :
♦ भारतभरि किन सल्कियाे नागरिकता संशोधनको डढेलो ?
♦ भारतमा हिन्दुत्व उन्माद : नेपाल नछिरोस् यो बाछिटा
♦ देवेन्द्रराज पाण्डेले उठाएका प्रश्नहरू
♦ विवादित नागरिकता कानुनले विभाजित भारत
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...