नागरिकको टुँडिखेल
संसारैभरि बेलाबखत यस्ता नागरिक पहल चल्दै आएका छन् । यस्तै खुला ठाउँको माग गर्दै नेपालमा पनि अकुपाई टुँडिखेल अभियान सुरु भएको छ ।

धनी–गरिबबीच खाडल चिर्न अमेरि कामा सन् २०११ मा अकुपाई वालस्ट्रिट अभियान चलेको थियो । वालस्ट्रिटमा विश्वमै सबैभन्दा धेरै सेयर कारोबार हुने न्युयोर्क स्टक एक्स्चेन्जको कार्यालय छ । अमेरिकामा भएका १ प्रतिशत धनी बराबर ९९ प्रतिशत गरिब र मध्यम वर्गले सामाजिक र आर्थिक असमानता हटाउन सो अभियान थालेका थिए ।
संसारैभरि बेलाबखत यस्ता नागरिक पहल चल्दै आएका छन् । यस्तै खुला ठाउँको माग गर्दै नेपालमा पनि अकुपाई टुँडिखेल अभियान सुरु भएको छ । ६ साता पुगिसकेको अभियानले मानव साङ्लो बनाउनेदेखि र्याली निकाल्नेसम्मको कार्यक्रम गरिसकेको छ । नेपालका सम्पूर्ण सार्वजनिक खुला ठाउँको स्वामित्व नागरिकमा राख्न अभियान चालिएको हो । त्यसैले अकुपाई टुँडिखेल एउटा ‘मुभमेन्ट’ हो ।
अभियानलाई सार्थकता दिन यसै साता मार्टिन चौतारीमा सम्पदाविद् सुदर्शनराज तिवारीले टुँडिखेलको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र राजनीतिक विश्लेषण गरे । टुँडिखेलसँगै रहेको खुलामञ्च, खरीको बोटले राजनीतिक महत्त्व बोकेको छ । टुँडिखेलले प्रजातान्त्रिक ’स्पेस‘ पनि जनाउँछ । नेपालमा भएका कैयौँ आन्दोलन त्यही टुँडिखेलमै रहेको खुलामञ्चबाट जन्मेका थिए ।