कोरोना संकटले रोजगारी गुम्ने त्रासमा विदेशिएका नेपाली
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
सप्तरीका उमेश यादव क्लिनरका रुपमा कुवेत आएको दुई महिना पनि भएको छैन । विश्वव्यापी रुपमा फैलिरहेको ज्यानमारा भाइरस कोरोनाको त्रासका कारण उनको कम्पनी बन्द भयो । उनी टीठलाग्दो स्वरमा सुनाउँछन्, "कम्पनी बन्द छ । जसोतसो खान र बस्न दिँदै छ । अब के कसो हुने हो, केही थाहा छैन ।"
सरकारले फ्री भिसाको प्रचार गरे पनि उदयपुरका सुमन दियालीले म्यानपावरलाई ऋणपान गरी मोटो थैली नबुझाई धर पाएनन् । कोभिड– १९ को महामारीमा रोजगारी गुम्ने चिन्ताले उनलाई भित्रभित्रै सताइरहेको छ । दियाली भन्छन्, "रोजगारी गुम्यो भने ऋण कसरी तिर्ने होला ?"
एक महिनादेखि कुवेती क्याटरिङमा काम गर्न थालेका धरानका सुवास राउत पनि ढुक्क छैनन् । उनी थप्छन्, "आठ महिनाको सानो छोरो छोडेर आएको छु, जसोतसो काम गरिरहेको छु, के गर्ने थाहा छैन ।"
म आफू रहेको कुवेतको महाबुल्ला परिसरमा भेटिएका यी नेपाली कामदार अन्योलग्रस्त छन् । हुन त यो थुप्रै देशका कैयौँ कामदारको साझा समस्या हो । यहाँका धेरैजसो कम्पनी बन्द छन् । खुला रहेका कम्पनीहरुले समेत आफैँ जोखिम लिएर काममा आउन निर्देशन दिएका छन् । सार्वजानिक यातायातका साधनहरु चलेका छैनन् ।
कुवेतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या यो लेख तयार पर्दासम्म १ सय ९१ पुगेको छ । तीमध्ये ३० भन्दा बढी उपचारपछि घर फर्किएको समेत कुवेती स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय अनलाइन पोर्टलहरुले खबर दिएका छन् । ठूल्ठूला सपिङ मलमा समेत चहलपहल एकदमै न्यून देखिन्छ । पाँच जनाभन्दा धेरै भेला हुन नपाइने सरकारी निर्देशन छ ।
अहिलेसम्म नेपाली कामदारहरुलाई कोभिड–१९ देखिएको भने छैन । तथापि सावधानीको विकल्प नरहेको संखुवासभाका विक्रम बर्देवाको बुझाइ छ । अहिलेसम्म कम्पनीले काम बन्द नगरेकामा थोरै हर्षित विक्रम भन्छन्, "काम त चल्दैछ तर कार्यस्थलसम्म जान र आवाससम्म आउन डराउनुपर्ने अवस्था छ । काममा जाँदा र फर्कंदा केही असुरक्षित महसुस भएको छ ।"
गाडीबाट कामसम्म जाँदा कुवेती प्रहरीले पक्रेर घर पठाइदिन्छ कि भन्ने सोचेर आफू बिदा बसेको सुनाउँछन्, नवलपरासीका कृष्ण कँडेल । "नेपाल फर्कौं गएर के गर्ने ? यहीँ बसौँ यस्तो तनाव," कँडेल भन्छन् । कोरोना भाइरसको सन्त्रासका कारण नेपाल लकडाउन भइसकेको हेक्का सायद उनले गरेनन् ।
कुवेत सरकारले संक्रमण रोक्नका लागि साँझ ५ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीको तैनाथी अनि कुवेती जनताको सुझबुझ नेपालीका लागि समेत उदाहरणीय छ । सिंगो विश्व आक्रान्त बनिरहँदा कुवेत सरकार र यहाँका नागरिकले देखाएको संयम पनि सम्मानयोग्य देखिन्छ ।
झापा, अर्जुनधाराका अग्नि गिरी कुवेती सरकार र नागरिकबीचको समझदारीलाई शिक्षाका रुपमा लिनुपर्ने तर्क राख्छन् । यति सम्पन्न मुलुकको अर्थतन्त्रमा समेत यति ठूलो ह्रास आउँछ भने नेपालमा यो महामारी फैलिए कस्तो होला भन्ने कल्पनासम्म गर्न नसकिने उनको धारणा छ । गिरीको कामना छ, "हामी बरु एक छाक खाएर दुःख भोग्छौँ । नेपालमा कोरोनाको महामारी नफैलियोस् ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...