गुप्ता पुरस्कृत
प्रतिभामा नेपाली कोहीभन्दा कम छैनन् । त्यसैले अनुसन्धानकर्ता अरुण गुप्ता जापानिज सोसाइटी अफ न्युक्लियर मेडिसिन, जापानको ‘कन्ट्रिब्युसन टु एसियन यङ इन्भेस्टिगेसन अवार्ड २०१९’ बाट पुरस्कृत भएका छन् ।

प्रतिभामा नेपाली कोहीभन्दा कम छैनन् । त्यसैले अनुसन्धानकर्ता अरुण गुप्ता जापानिज सोसाइटी अफ न्युक्लियर मेडिसिन, जापानको ‘कन्ट्रिब्युसन टु एसियन यङ इन्भेस्टिगेसन अवार्ड २०१९’ बाट पुरस्कृत भएका छन् । यसपालि गुप्तासहित न्युक्लियर मेडिसिनमा अनुसन्धान गर्दै आएका ३ अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले पाए ।
क्यान्सरका लागि प्रयोग हुने न्युक्लियर मेडिसिन पद्धतिले रोगलाई सुरुकै चरणमा चिनेर उपचार गर्न सजिलो बनाउँछ । गुप्ताले क्यान्सर रोगीलाई औषधीको डोज के–कति चाहिन्छ भनेर अनुसन्धान गरेका थिए । गत वर्ष सो संस्थाबाट माधवप्रसाद यादव पुरस्कृत भएका थिए । अवार्डपछि उत्साहित गुप्ता भन्छन्, “नेपालका लागि यो पुरस्कारले विशेष महत्व राख्छ ।”