कसरी बच्ने कोरोना भाइरसबाट ?
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू
चीनको उहान प्रान्तबाट फर्केका ३२ वर्षीय युवक श्वासप्रश्वासमा समस्या आएको र टन्सिल बढेको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भए, २९ पुसमा । ५ दिनको उपचारपछि अस्पतालले संक्रमित व्यक्तिको घाँटी र रगतको नमुना युनिभर्सिटी अफ हङकङ पठाएको छ ।
ती युवक फर्केको उहान प्रान्त डेढ महिनादेखि कोरोना भाइरसबाट प्रभावित छ । उहानबाट उड्ने हवाईजहाज र रेलयात्रा बन्द छ । प्रान्तबासीलाई अति आवश्यक कामबाहेक बाहिर ननिस्कन भनिएको छ ।
अलजजिराका अनुसार १ करोड १० लाख मानिस बस्ने सो प्रान्तमा कोरोना भाइरसले महामारीको रूप लिएपछि विश्वव्यापी जोखिम बढेको छ । चीनमा यसबाट कम्तीमा १७ जनाको ज्यान गएको छ भने विश्वभरि ५ सय ७१ संक्रमित भइसकेका छन् । कोरोना भाइरसको नाम २०१९–एनसीओभी राखिएको छ । केही विशेषज्ञले यो भाइरस सार्स र मर्सजस्तो भयावह नभएको दाबी गरेका छन् ।
कोरोना भाइरस रोक्न जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया र अमेरिकाले थर्मल स्क्रिनिङ सिस्टम राखिसकेका छन् । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यसम्बन्धी हेल्थ डेस्क भए पनि ‘थर्मल स्क्रिनिङ सिस्टम’ छैन ।
महामारी र रोग नियन्त्रण विभागअन्तर्गतका जुनोटिक र अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा हेमन्तचन्द्र ओझाका अनुसार हेल्थ डेस्क इबोला भाइरसको महामारी फैलिँदादेखि नै राखिएको हो । भन्छन्, “हेल्थ डेस्कमा विशेषज्ञ चिकित्सक र उपकरण छन् ।”
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस समूहमा ६ वटा प्रजातिका भाइरस सूचीकृत छन् । तर चीनमा देखिएको भाइरस नौलो हो । जनावरबाट मानिसमा सरेको मानिएको यो सरुवा रोग हो । सन् २००२ मा देखिएको सार्स भाइरसले ७ सय ५० को ज्यान लिएको थियो ।
त्यस्तै, सन् २०१२ मा फैलिएको मर्स भाइरस अझै नियन्त्रणबाहिर छ । यी दुवै भाइरस चीनबाट फैलिएका हुन् । सार्स बिरालोबाट मानिसमा र मर्स ऊँटबाट मान्छेमा संक्रमण भएको हो ।
कोरोना भाइरसको उद्गमबिन्दु भने उहान प्रान्तको सी फुड (समुद्री खाना) मार्केट मानिएको छ । उहान नगरपालिका स्वास्थ्य आयोगका अनुसार १५ चिनियाँ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । आयोगले २७ वटा निमोनियाका बिरामी हेरेकामा सबैलाई सी फुडसँग जोडिएको थियो । त्यसको भोलिपल्ट उहान सिफुड मार्केटलाई भाइरस प्रभावित क्षेत्र भन्दै बन्द गरियो ।
उहान प्रान्तले कोरोनाबाट प्रथम बिरामीको २६ पुसमा मृत्यु भएको खबर सार्वजनिक गर्यो । २९ पुसमा थाइल्यान्ड र २ माघमा जापानले कोरोना भाइरस संक्रमितबारे जानकारी दिए । यी दुवै व्यक्ति उहानबाट फर्केका थिए भने जापानी नागरिक सी फुड मार्केट गएका थिएनन् । ५ र ६ माघमा चीनका सेनजेन, बेइजिङजस्ता सहरमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको थियो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरस श्वासप्रश्वासबाट सर्न सक्ने र महामारीको रूपमा फैलिन सक्ने चेतावनीसमेत दिएको छ । कोरोना भाइरसका ८० प्रतिशत लक्षण सार्ससँग मिल्नेस्वास्थ्य अधिकारीले बताएका छन् ।
नेपाल भ्रमण वर्षका सन्दर्भमा छिमेकी भारत र चीनबाट अधिक पर्यटक भित्र्याउने लक्ष्य छ । २० लाखमध्ये साढे ३ लाख चिनियाँ पर्यटकलाई यसै वर्ष ल्याउन चाहन्छ । तर मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य थर्मल स्क्रिनिङ सिस्टम नहुँदा थप चुनौती बढेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न कुनै भ्याक्सिन या औषधी बनेको छैन । भाइरसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कर्मचारीलाई तालिम दिइएको छ । अस्पतालका प्रवक्ता डा अनुप बास्तोला सतर्कताका लागि नाका–नाकामा निगरानी बढाउनुपर्ने बताउँछन् । भन्छन्, “विदेशबाट फर्केकालाई क्वारेन्टाइन गर्नु आवश्यक छ ।”
लक्षण
- ज्वरो आउने
- खोकी लाग्ने
- श्वास फेर्न गाह्रो हुने
- बिग्रँदै गए निमोनिया हुने
- श्वासप्रश्वासका अन्य रोग लाग्ने
- मिर्गाैला फेल हुने
- मृत्यु पनि हुन सक्ने
बच्ने उपाय
- हाँच्छयुँ गर्दा आँखा र नाक नमिच्ने
- सरसफाइमा ध्यान दिने
- भीडभाडमा नजाने
- माक्स लगाएर मात्र हिँड्ने
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...