एम्बुलेन्स मासेर गाडी
लुम्बिनी प्रादेशिक अस्पतालमा भद्रगोल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सिटी स्क्यानका लागि ४ र सामान्य एक्सरे गर्न ५ गरी ९ स्वास्थ्यकर्मी छन् । तर बिरामीको एक्सरे गर्छन्, कार्यालय सहयोगी रामबहादुर खड्का र अकवर अली शेषले । उनीहरूले एक्सरे गर्दा आउने प्राविधिक समस्याबारे बिरामीले गुनासो गर्दा सुनुवाइ पनि हुँदैन ।
अस्पतालमा प्रदेश ५ का १२ सहित स्याङ्जा र बाग्लुङ गरी १४ जिल्लाका दिनहु“ १२ सय बिरामी आउँछन् । अस्पताल सुरक्षागार्डको कोठामा सोधपुछ कक्षको बोर्ड छ तर कर्मचारी देखिँदैनन् । अर्घाखाँची छत्रदेवकी विष्णु खनाल गुनासो पोख्छिन्, “अस्पतालमा बिरामी छ । तर कहाँ, के सेवा छ, बताइदिने कोही रहेनछ ।”
अस्पतालमा दिनहुँ आउने असहाय र बेवारिसे बिरामीलाई सेवा पु¥याउन ५ वर्षअघि राखिएको हेल्प डेस्कमा पनि कोही कर्मचारी भेटिँदैनन् । कर्मचारी नभेटिनुको कारण अस्पताल प्रशासनले बताउँदैन । मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनाल स्वास्थ्यकर्मी अभावले सहयोगीबाट एक्सरेको काम चलाएको बताउँछन् । जबकि २ वर्षअघि अस्पतालमा जनशक्ति सर्वेक्षणका बेला उक्तशाखामा कर्मचारी थपिएनन् ।
अस्पतालमा बिमा सुविधा लिएका दैनिक करिब ४ सय बिरामी आउँछन् । अस्पतालमा छुट्टै शाखा नहुँदा बिरामी टिकट काउन्टरबाटै पाउनुपर्ने बिमा सुविधाबाट समेत वञ्चित छन् । कपिलवस्तुको ४ नम्बरबाट आएकी शकुन्तला थापा बिमा सुविधाका बिरामी भनेपछि अस्पतालले दोस्रो दर्जाको व्यवहार गरेको गुनासो पोख्छिन् । भन्छिन्, “उपचारका लागि सोधपुछ गर्दादेखि नै झन्झट बेहोर्नुपर्छ ।”
१९६७ सालमा ६ बेडबाट सुरु भएको अस्पतालमा ५ सय ३० कर्मचारी छन् । उनीहरू अस्पताल कतिखेर आउँछन्, जान्छन्, प्रशासनले पत्तो पाउँदैन । चिकित्सक अस्पतालमा बिरामीको उपचार गराउनुको साटो निजी क्लिनिकमा भेटिन्छन् । २ वर्षअघि चिकित्सकको विरोधका बाबजुद इलेक्ट्रिक हाजिरी सुरु गरिए पनि त्यो लागू भएन । “धेरै ठाउँमा सुधार्नुपर्ने रहेछ । अध्ययन गर्दै छु,” डेढ महिनाअघि अस्पताल आएका प्रशासन प्रमुख विपिन क्षत्री भन्छन्, “विस्तारै कडाइ र सुधार प्रक्रिया चलाउनेछु ।”
अस्पतालमा दैनिक आउने बिरामीको नाम दर्ता र बिलिङका लागि गत वैशाखदेखि कृषि विकास बैंकले काउन्टर राखेको छ । काउन्टरमा यसअघि रहेका अस्पतालका १३ कर्मचारीले बिनाकाम तलब बुझ्छन् । अस्पतालमा रोटरी इन्टरनेसनलले दिएको अक्सिजन प्लान्टले ६ घन्टामा ३ सिलिन्डर अक्सिजन उत्पादन गर्छ । उक्त प्लान्ट चलाउन एक जना कर्मचारी भए पुग्नेमा ६ कर्मचारी छन् ।
अस्पतालकै तथ्यांकअनुसार स्टोरमा औषधी, केमिकल, सफाइ सामग्री, स्टेसनरीलगायत वार्षिक करिब साढे ६ करोड रुपैयाँको मालसामान किनिन्छ । तिनको लेखाजोखा राख्न एक वर्षअघि सफ्टवेयर मेसिन किनिए पनि अहिलेसम्म चलाइएको छैन । अस्पतालका लेखा अधिकृत अब्दुल गफ्फार खाँ सबै शाखामा ल्यापटप दिइएकाले अब छिट्टै सेवा सुरु हुने बताउँछन् ।
सामान्यतया जुनसुकै अस्पतालका एम्बुलेन्समा बिरामी आउजाउ गर्छन् । तर लुम्बिनी प्रादेशिक अस्पतालको एम्बुलेन्समा डाक्टर तथा कर्मचारी चढ्छन् । २ वर्षअघि नेपाल–भारत सहयोग समाजले दिएको टाटा सुमो साइरन एम्बुलेन्स तोडमोड गरेर कर्मचारी चढ्ने बनाइएको छ । “३० वर्ष पुरानो गाडी थियो । अनकलमा बोलाउनुपर्ने र राती आउजाउ गर्ने डाक्टरलाई गाडी भएन,” मेसु खनाल भन्छन्, “त्यसैले एम्बुलेन्सको सिट मोडेर गाडी बनाइएको हो ।”
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...