‘व्यवस्थापन कहाँ सजिलो छ र !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हातको इशाराले सवारी साधनलाई निर्देशन दिइरहेकी देखिन्छन्, मनीषा बुढाथोकी ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हातको इशाराले सवारी साधनलाई निर्देशन दिइरहेकी देखिन्छन्, मनीषा बुढाथोकी । ६ जेठयता प्रहरी निरीक्षक बुढाथोकीको नेतृत्वमा सिनामंगल प्रभागमा महिला ट्राफिक खटिएका छन् । थापाथलीपछि महिलाको कमान्डमा ट्राफिक व्यवस्थापन भएको यो दोस्रो क्षेत्र हो । बुढाथोकीसंग कुराकानी :
ट्राफिकमा चार महिनाको मात्रै अनुभव रहेछ, तर जिम्मेवारी महफ्वपूर्ण ठाउँको पाउनुभयो ?
अनुभव लामो नभए पनि मेरो टोलीका ‘लेडिज’ अनुभवी छन् । म उनीहरुको अनुभवलाई प्रभावी रुपमा कार्यान्वयन गराउँदैछु । चुनौती नहुने त कुन काम होला र ?
महिना दिनमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन आयो ?
सर्वसाधारणको प्रतिक्रिया राम्रो छ । देखिने गरी परिवर्तन भएको चाहिँ लेन अनुशासन हो । यसअघि अलि हेलचेक्र्याइँ थियो– खासगरी सार्वजनिक सवारी साधनको । अहिले कडाइ गरेका छौँ ।
ट्राफिक नियम पालना गराउने सूत्र के हो ?
यसको ठ्याक्कै सूत्र छैन । कसैलाई सम्झाइबुझाइ गर्दा हुन्छ । कतिपयचाहिँ सजाय नभोगी टेर्दैनन् । ट्राफिक नियमसम्बन्धी जनचेतनाका कार्यक्रम पनि दिनहुँ गरिरहेका छौँ । दुई मिनेट भए पनि आधारभूत ज्ञान सडकमै जानकारी दिन्छौँ । यसले पनि परिवर्तन देखिएको हो ।
यो क्षेत्रमा ट्राफिक व्यवस्थापनका मुख्य समस्या के छन् ?
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विशिष्ट व्यक्ति (भीआईपी) हरुको आवतजावत बढी नै हुन्छ । विमानस्थल छिर्ने गोल्डेन गेटको सडक साँघुरो भएकाले समस्या पर्छ । सिनामंगल दुर्घटनाको जोखिमयुक्त क्षेत्र हो । यी दुई समस्यालाई पार लगाउनु छ ।
ट्राफिक व्यवस्थापन जिम्मा महिलाले पाउनुको कारण ?
विदेशी पाहुना आउने मुख्य मार्ग हो, यो । यहाँ ओर्लिनासाथ उनीहरुले जे देख्छन्, त्यसले मुलुको छवि कस्तो छ भन्ने सन्देश दिन्छ । यहाँ प्रहरीको छवि राम्रो देखियो भने मुलुकबारे राम्रो छाप पर्छ उनीहरुमा । अर्को, थापाथलीमा महिलाको ट्राफिक व्यवस्थापन राम्रो छ । महिलाले यताउति गर्दैनन् । राम्ररी जिम्मेवारी पूरा गर्छन् । तर लिंगकै आधारमा कसैले राम्रो गर्छ भन्ने होइन ।
अपराध अनुसन्धानभन्दा सजिलो भएकाले महिलालाई यस्तो जिम्मेवारी दिएको त होइन ?
ट्राफिक व्यवस्थापन झन् कहाँ सजिलो छ र ! हाम्रोजस्ता सडक पूर्वाधार दुरुस्त नभएका र सवारी साधन बढी भएको ठाउँमा अझ चुनौती छ । अपराध अनुसन्धान छुट्टै पाटो हो । त्यसमा पनि महिलाले राम्रो काम गरेका छन् । तुलनै गर्न मिल्दैन ।
ट्राफिक प्रहरीको व्यवहारले विवाद आइरहन्छ नि ?
यहाँ आउनुअघि हामीलाई व्यवहार र आचरणबारे धेरै कुरा सिकाइएको छ । त्यसैले नराम्रो व्यवहार गर्ने कल्पनै गर्दैनौँ । यसमा धेरै परिवर्तन भइसक्यो । नम्र र मीठो बोल्ने । त्यहीअनुसार परिचालन भएका छौँ ।
विमानस्थलभित्र ट्याक्सीवालाको व्यवहार रोक्ने योजना के छ ?
मिटरमा जान नमान्ने, आगन्तुकलाई आफ्नो ट्याक्सीमा चढाउन तानातान गर्ने समस्या भएको सुनिन्छ । यसलाई रोक्न महानगरीय ट्राफिक महाशाखाबाट नै बेलाबेला चेकिङ आउँछ । हामी आफैँ पनि छड्केमा जान्छौँ ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...