प्रधानमन्त्रीले संविधान कुल्चिनुभयो, हामी लड्छौँ
आफूखुसी चल्ने शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले गलत काम गर्नुभयो । यो बेमौसमी बाजा हो, जसलाई बज्नै दिनुहुन्न । तत्काल फिर्ता लिनुपर्छ ।
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्ने, बाँधेर राख्ने क्षमता छ ।
गुमनाम छन्, प्रदीप नेपाल । अचेल केन्द्रीय सदस्य रहे पनि उन नेकपाको राजनीतिमा ३ बर्षयता उस्तो सक्रिय छैनन् । हक्की स्वभावका यी नेता पार्टीका हरेक नेताबारे खरो टिप्पणी गर्न सक्ने र नेकपाभित्रको समीकरणलाई मिहिन रुपमा बुझ्ने मानिन्छन् । नेकपाभित्र जारी सत्ता विवादबारे उनले सोमबार दिउसो नेपालसँग खुलेर कुरा गरे । योगेश ढकालका प्रश्नहरू :
राजनीतिमा सक्रिय हुनुहुन्न । अचेल तपाईको दैनिकी कस्तो छ ?
विगत ३ बर्षदेखि राजनीतिमा खासै सक्रिय छैन । लेख्ने, पढ्ने काममा समय वित्छ ।
नेकपाको पछिल्लो गतिविधिलाई कति नियाल्नुभएको छ ?
आफुले जन्माएको पार्टी हो भन्ने हिसाबले मात्रै केही चासो राख्छु । नत्र पार्टीका कार्यक्रममा सक्रियता छैन । केन्द्रीय समितिमा छु, जहाँ ४ सयभन्दा बढ्ता मानिस छन् । त्यहाँ मेरो भूमिका के नै हुन्छ र । मैले, पार्टीका नेताहरूलाई बाहिरबाट सल्लाह दिने हो, सल्लाह लिन/नलिने नेताहरूको कुरा भयो । उहाँहरू काम राम्रो गर्नुभएको छ भन्ने ठोस आधार जनताले पाएका छैनन, फरक अनुभूत गरेका छैनन । केही गर्नुभएको छैन भनौं भने केही गर्न खोजेको जस्तो पनि देखिन्छ ।
सरकार कसरी चल्दैछ ?
सरकारको समग्र मुल्यांकन गर्ने बेला भएको छैन । कमसेकम अढाई बर्षलाई हेरौं । उहाँहरूले आफुहरूले काम गरेको भनेर १६/१८ वटा सूची बताउनुभएको छ । तर, त्यो सूचीमात्रै बताएर हुदैन, जनतामा अनुभूत हुनुपर्यो । विनापूर्वाग्रह यो चाँहि काम भएको छ भनेर भन्न सक्नुपर्यो । त्यस्तो त भएको छैन । तर, ५ बर्षको आधा समय वितेपछि टिप्पणी गर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।
सरकारले २ बर्ष त विताई सक्यो ।
मेरो मत सम्पुर्ण अधिकार स्थानीय तहलाई दिनुपर्छ भन्ने हो । त्यस हिसाबले ओली सरकारले राम्रो काम गरेको छैन । तर, स्थानीय सरकारले भने काम गरेका छन् । त्यो चाँहि राम्रो लागेको छ ।
अहिले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै सञ्चालन हुन सकेन भनेर पार्टीभित्रैबाट आलोचना भइरहेको छ नि ?
पार्टीभित्रको नयाँ मान्छेले यस्तो प्रश्न उठाएको भए राम्रो हुनेथियो । अहिले जसले जे आवाज उठाएका छन् ती एकपटक प्रधानमन्त्री भइसकेका नेताले उठाएको हो । ती आलोचनाको खासै मतलब छैन ।
तर, त्यही आलोचनाको वीचमा सरकार परिवर्तनको चर्चा, हल्ला ,प्रयास भइरहेको छ नि ?
काम गर्न दिने हो भने पुर्ण कार्यकाल गर्न दिनुपर्छ भन्ने मेरो मान्यता छ । काम गर्न सके नसकेको त निर्वाचनले फैसला गर्छ । कुरा गर्नुहुन्छ संघीय गणतन्त्रको, काम गर्नुहुन्छ पञ्चायतको । त्यसरी कहाँ हुन्छ ? हुदैन ।
ओलीमा दम्भ, अहंकार, एकलौटी शैलीले साखमै प्रश्न त उठाएको छ नि ?
उठेको छ । उठिरहन्छ । उहाँले टेर्नुहुन्न । उहाँ त्यस्तै हुनुहुन्छ । मलाई थाहा छ, हाम्रा दुई अध्यक्षको बारेमा । उहाँहरू दुवैले संगठन के हो भन्ने कहिल्यै थाहा पाउनु भएन । संगठन केलाई भनिन्छ ? संगठन कसरी बन्छ ? त्यसलाई एकढिक्का बनाएर राख्न के गर्नुपर्छ ? भन्ने उहाँहरूलाई थाहा छैन । केपी ओली १४ जेल बस्नु भयो । जेल बसेर त्याग गरेर त आउनुभयो । तर, मान्छे चलाउन सिकेर त आउनु भएन । अनि, प्रचण्ड ८ बर्ष नोयडामा बस्नुभयो । त्यसैले हाम्रा दुईवटै नेताको एउटै समस्या छ ।
तपाईको मूल्याांकनमा प्रचण्ड, केपी, माधव र झलनाथलगायतका नेताहरू बारे टिप्प्पणी के छ ?
तपाईले नाम लिएका नेताहरूले आराम गरेर बसिदिए हुनेथियो । त्यसरी बस्न मान्नु हुन्न । त्यो अवस्थामा सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्ने, बाँधेर राख्ने क्षमता छ । तर, आफु चाँहि गुट बनाउन जान्नुहुन्न । आफ्नो गुट बनाउन नजान्ने नेता नै हाम्रो पार्टी नेकपालाई एक नम्बरको नेता चाहिएको हो ।
यो पनि पढ्नुस
आफूखुसी चल्ने शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले गलत काम गर्नुभयो । यो बेमौसमी बाजा हो, जसलाई बज्नै दिनुहुन्न । तत्काल फिर्ता लिनुपर्छ ।
प्रचण्ड—माधव नेपाल गठबन्धनबाट ओली सरकार परिवर्तन हुने संभावना कति छ ?
उहाँहरूले केही गर्नु हुन्न । ढुक्क हुनुहोस् केपी ओलीलाई कुर्सीबाट ओराल्न अहिले जे जे गठबन्धन बनेपनि कसैको केही लाग्दैन ।
तर, परिस्थिति त्यस्तो पनि छैन । तपाईले के आधारमा ढुक्क देखिनुभएको हो ?
केपी ओलीलाई त्यति सजिलै हराउन सकिदैन । नयाँ नयाँ फण्डा ल्याईदिन्छन् । केपीको यो विशेषता हो । म यो विशेषता ३० बर्षदेखि जान्दछु । अब नयाँ फण्डा ल्याउछन् हेर्नुहोला है । मलाई के लाग्छ भने अब कोरोनालाई जित्ने केपी ओली हो भनेर फण्डा आउने सम्भावना छ ।
नयाँ नयाँ फण्डा ल्याएर ओलीले अहिलेको प्रचण्ड—नेपाल समिकरण पनि अलमल पार्दिनुहुन्छ भन्नुभयो ।
समिकरणको अर्थै छैन । कुनै परिणाम ल्याउँदैन । बेकारको दु:ख हो । मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्रीको परिवर्तन र सत्ता साझेदारीको कुरामा केही हुदैन भन्ने लाग्छ । केपीको मनमा के छ भन्नलाई केपीले विगतमा गर्ने कामहरू हेर्नुपर्छ ।
केपी ओली पार्टीको समस्या समाधान गर्न पनि लाग्दैनन त ?
केपीको सोच भनेको वाँचुञ्जेल प्रधानमन्त्री भइरहनेमात्रै हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले पनि ओली सरकार टिकाउन सहयोगी होला कि ?
राष्ट्रपति मेरो गाउँको चेली पनि हो । भेटघाट बेलामौका हुन्छ, ती भेटमा घरायसी कुरा पनि हुन्छ । विगत पनि थाहा छ । त्यसकारण बाहिर चर्चामा भएजस्तो उहाँमा राजनीतिक महत्वकांक्षा छैन । अलिक टाठोबाठो भएर त्यहाँ आईपुगेको हो ।
नेकपाले अब के गर्नुपर्यो उसोभए ?
छिटो महाधिवेशन गर्नु पर्यो । एकताको नाममा एक बर्ष ढिला भइसक्यो । महाधिवेशनबाट जो आउँछ उसैले काम गर्छ । पार्टीभित्रको अन्तरसंर्घष पनि केही पनि हुदैँन । पूर्वएमालेमा वामदेव गौतम र केपी ओली गुट चलाउन खप्पिस हो । राम्रो गुटवाज पनि हो । नेकपा भएपछि प्रचण्ड थपिनुभयो । टकराव यी तीन जना नेताको हो । कार्यकर्ताले माधव नेपाल मन पराउछन् । गुटले केपी , वामदेव र प्रचण्डलाई मन पराउछन् ।
यो पनि पढ्नुस
विधिमाथिको विश्वास बलियो बनाउनु साटो पदको गरिमा घटाउँदै प्रधानमन्त्री ओली
यो पनि पढ्नुस
आपद्विपद्मा परेका जनतालाई सेवा दिनुको साटो मन्त्रीहरू आफ्ना निर्वाचन क्षेत्र र कार्यकर्ता पोस्न व्यस्त
यो पनि पढ्नुस
०७२ सालपछि सुरु निरन्तरको राजनीतिक ध्रुवीकरणमा राजपा र समाजवादीले अर्को शृङ्खला रचेका छन् । यो कसरी सम्भव भयो ?
यो पनि पढ्नुस
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डलाई साइजमा ल्याउने रणनीति
यो पनि पढ्नुस
यो अध्यादेश जारी भएपछि नेकपा तदर्थ पार्टी भएको छ र नेकपाका नेताहरू बुख्याँचामा सीमित भएका छन् । नयाँ संविधान पनि घाइते भएको छ ।
यो पनि पढ्नुस
कोरोनाको चरम संकटबीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली एवं अर्का अध्यक्ष प्रचण्डको व्यक्तित्व टकराव उत्कर्षमा पुग्दा सरकार र नेकपाको भविष्य अनिश्चयतर्फ
यो पनि पढ्नुस
पार्टीभित्रै र बाहिर मोर्चा खोलेर आफूलाई अप्ठेरोमा पार्न खोजेको प्रधानमन्त्री ओलीको बुझाइ
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...