केपी ओली

ती ओली, यी ओली

महाकाली सन्धिमा धमिलिएको छवि सच्याउन प्रधानमन्त्री ओलीले सीमा नक्सांकनको कदम चालेका छन् । तर यस राष्ट्रवादी उडानको सुरक्षित अवतरण हुन उनले निर्णायक चुनौतीहरू झेल्नुपर्नेछ ।

संग्रहसेयर
अब के हुन्छ एमसीसी ?

एमसीसी संसद्‌बाट यथावस्थामा पारित हुने ओली जवाफपछि नेकपा नेताहरु परियोजनाबारे मौन रहँदै आएका अर्का अध्यक्ष प्रचण्डमाथि दबाब बढाउने तयारीमा

संग्रहसेयर
नेकपा : पाडी पनि मार्दै, हाँडी पनि फोर्दै

वामदेवलाई प्रधानमन्त्री प्रस्ताव हाडी जोगाउन पाडी काटे जस्तै हुन्छ । अन्तिममा न नेकपाको सरकार रुपी हाँडी रहन्छ, न पाडी रुपी नेकपा नै रहने छ ।

संग्रहसेयर
४० दिन भइसक्यो, अझै रमिता छ

प्रश्न यो महामारीबाट सक्दो छिटो जनतालाई निकाल्न राज्यले प्रत्येक दिन के गर्दैछ भन्ने हो, न्युनतम जवाफदेहिता र पारदर्शिताको हो । यी सबै परीक्षाहरूमा प्रधानमन्त्री ओली अनुत्तीर्ण छन् भन्नलाई कोही किन डराइरहोस् ?

संग्रहसेयर
तपसिलको एजेन्डामा फस्यो नेकपा सचिवालय

कोरोना महासंकटका बेला थप निरंकुश बन्न खोजेका प्रधानमन्त्रीको नैतिकताबारे उठाइएका सैद्धान्तिक प्रश्नलाई नेताहरूको पदीय व्यवस्थापनमा लगेर विषयान्तर गरियो

संग्रहसेयर
नेपाल ब्रिफिङ : ओलीले अब खेल्न सक्ने कार्डहरू

राष्ट्रपति र प्रधानन्यायाधीशसँगको निरन्तर संवाद र सुरक्षा निकायका प्रमुखसँग लिइरहेका ब्रिफिङहरूले देखाउँछन्, प्रधानमन्त्री परिस्थिति आफूअनुकूल बनाउने प्रयासमा छन् ।

संग्रहसेयर
प्रधानमन्त्रीले संविधान कुल्चिनुभयो, हामी लड्छौँ

आफूखुसी चल्ने शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले गलत काम गर्नुभयो । यो बेमौसमी बाजा हो, जसलाई बज्नै दिनुहुन्न । तत्काल फिर्ता लिनुपर्छ ।

संग्रहसेयर
नेकपा कचिंगलको भित्री कथा

कोरोनाको चरम संकटबीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली एवं अर्का अध्यक्ष प्रचण्डको व्यक्तित्व टकराव उत्कर्षमा पुग्दा सरकार र नेकपाको भविष्य अनिश्चयतर्फ

संग्रहसेयर
अधिनायकवादको प्रारम्भिक लक्षण

प्रधानमन्त्री ओलीले ‘जीवन रोज्‍ने कि वैयक्तिक स्वतन्त्रता’ भन्दै व्यक्तिको स्वतन्त्रताको चाहनालाई गौण ठानेका छन् । के ओलीमा अधिनायकवादको प्रारम्भिक लक्षण देखिएको हो ? उनको सत्तालाई प्रश्न सोध्‍नै पर्ने हुन्छ ।

संग्रहसेयर
‘ग्याङ अफ फोर’ को घेराबन्दीमा प्रधानमन्त्री

उपप्रधान तथा रक्षामन्त्री पोखरेल, स्वकीय सचिव वज्राचार्य, मुख्य सल्लाहकार रिमाल र सूचना, प्रविधि सल्लाहकार अलीले प्रधानमन्त्री ओलीलाई आफ्नो इशारामा चलाइरहेका छन् ।

संग्रहसेयर
नेपाल ब्रिफिङ : प्रधानमन्त्री किन पार्टीलाई छल्दैछन् ?

परिस्थिति ओलीका लागि जति रक्षात्मक बन्दै छ, त्यसको प्रतिरोध क्षमता पनि गुमाउँदै गएको देखिन्छ । त्यही ठानेर हुनुपर्छ, पछिल्ला विवादका विषयमा उठेका प्रश्नको जवाफ दिन ओलीले चाहेका छैनन् ।

संग्रहसेयर