ए डिभिजन लिगमा किन आएनन् दर्शक ?
मुलुककै पुरानो र ठूलो सहिद स्मारक ए डिभिजन लिग फुटबलको ४३ औँ संस्करण सकिएको छ । लिगबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जीव मिश्रसँगको कुराकानी
यसपालिको लिगको उपलब्धि के हो ?
लिग प्रतिस्पर्धा फुटबल विकासको आधारशिला हो । लिगले खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्न र निखार्न मद्दत पुर्याउँछ । ०७० देखि लगातार चार वर्ष लिग भएन । अहिले क्लबबाट खेलाडीले नियमित प्रतिस्पर्धा गर्न पाए । यो नै उपलब्धि हो ।
लिग नयाँ खेलाडी उत्पादन थलो भए पनि यस पटक कोही चम्किएनन्, किन ?
सम्भावना भएका नयाँ खेलाडी उदाउँदै नउदाएका होइनन् । एपीएफका फरवार्ड आशीष लामा, मच्छिन्द्रका रेजिन लिम्बू, प्रहरीबाट मानबहादुर परियार राष्ट्रिय स्तरमै आउने देखेको छु ।
तर स्टारका रुपमा त नयाँ कोही आएनन् ?
स्टार बन्न नसके पनि सम्भावनायुक्त खेलाडी आए । राष्ट्रिय खेलाडी विभिन्न क्लबमा छरिएर खेलेकाले यसबाट नयाँले सिक्ने मौका पाए ।
रेलिगेसनसहितको लिग आयोजना गर्नु मात्रै यो सिजनको उपलब्धिजस्तो देखियो त ?
गत सिजन रेलिगेसनविहीन लिग भयो । तर लिग तालिकाको अन्तिम दुईमा पर्ने टिमको क्रमश: दुई र एक नम्बर यसपालिको लिगमा अंकमा घटायौँ । यही कारण उनीहरुले बढी मिहिनेत गरे र राम्रो नतिजा ल्याए । यसपालि एउटा टिम मात्र रेलिगेसनमा पर्यो । आउँदो सिजन दुइटै रेलिगसनमा पर्नेछन् ।
विधागत उत्कृष्ट खेलाडी छान्दा शीर्ष ६ क्लबलाई भागबन्डा गरेजस्तो देखियो नि ?
एन्फामा १३ प्रशिक्षकको टेक्निकल स्टडी ग्रुप (टीएसजी) हुन्छ । टीएसजीले दिएको रायका आधारमा एन्फाले उत्कृष्ट खेलाडी छान्छ । भागबन्डा भयो भन्नु गलत हो ।
तर सर्वाधिक गोलकर्ताभन्दा आधा कम गोल गर्नेलाई उत्कृष्ट फरवार्ड दिइयो भने कम गोल खाने उत्कृष्ट गोलकिपर छानिएन त ?
झट्ट हेर्दा यस्तो देखिन्छ । तर उसले गोल गर्न कति पास दियो, टिमलाई कुन हैसियतमा पुर्यायो भन्ने महत्त्वपूर्ण हुन्छ । यसअघि बढी गोल गर्नेलाई उत्कृष्ट फरवार्ड दिइन्थ्यो होला । त्यो गोलले टिमलाई कति फाइदा पुग्यो भन्ने पनि हेर्नुपर्छ ।
लिग रंगशाला फर्कियो । तर दर्शक फर्किएनन् नि ?
नेपाल खेल्दा सबै दर्शक जान्छन् । लिगमा ती दर्शक १४ वटा क्लबमा बाँडिएकाले संख्या घटेको हुन सक्छ । अर्कोतिर यही वर्ष हामीले साग, विश्वकप छनोट खेल्नुपर्यो । यसले समयतालिका मिलाउन गाह्रो भयो । खेल बिदाका दिन, ३ बजेपछि मात्र गर्न सकिएन । दर्शक बढाउन क्लबले पनि सोच्नुपर्छ ।
क्लबले के गर्न सक्छन् ?
फ्यान क्लब बनाउने संस्कार हुनुपर्यो । लिगमा काठमाडौँ केन्द्रित क्लब छन् । फ्यान बनाउने हो भने बाहिरका दर्शकलाई ल्याउन सकिन्छ ।
नेपाली फुटबलको स्तर नउक्सनुमा खेलाडीले त एन्फालाई दोष लगाउँछन् । तपाईंलाई त्यस्तो लाग्दैन ?
म लिग समितिमा मात्र छु । एन्फाको राजनीतिमा लागिनँ । खेलाडीले खेल खेल्ने हो । फुटबलको स्तर विगतमा भन्दा उक्सिएको छ । यसपालिको साग जित्यौँ । विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हरायौँ ।
बलियो टिम भारत नभएर नेपाललाई फाइदा भयो नि सागमा ?
भारतलाई उसकै भूमिमा हामीले हराएका छौँ भने यसपालि यहाँ पनि हराउन सक्थ्यौँ ।
विदेशी क्लबले नेपाली खेलाडी भित्र्याउनु कहिलेदेखि सामान्य घटनाक्रम बन्ला ?
खेलाडीले जति विदेशी लिगमा खेल्न पाउँछन्, उति फुटबलको विकास हुनेछ । त्यसका लागि हाम्रो लिगलाई विश्व फुटबल बजारमा पुर्याउन अनलाइनमार्फत लाइभ गरिरहेका छौँ । नियमित घरेलु लिग भयो भने तीन वर्षमा २० नेपाली खेलाडी विदेशी लिगमा जान सक्छन् ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...