‘पाँच वर्षपछि राजनीति गर्छु’
अहिलेको राजनीतिक प्रणाली महँगो भएकाले हामीजस्ता भुइँमान्छेलाई तुरुन्त राजनीतिमा आउन गाह्रो छ । तर ५ वर्षपछि आउँछु ।
वर्ल्ड इकोनोमिक फोरमको सन् २०२० को विश्व युवा नेतृत्वमा छानिए, सामाजिक अभियन्ता प्रदीप परियार, ३८ । सामाजिक सहभागिता र शान्ति प्रक्रियामा नेपाली युवालाई सहभागी गराउन उल्लेख्य भूमिका खेलेकाले समता फाउन्डेसनका कार्यकारी अध्यक्षसमेत रहेका परि यार लाई उक्त अवार्ड दिइएको हो :
योङ ग्लोबल लिडर छानिनुभयो । तर आफ्नो मुलुकमा पाका नेताबाट शासित हुनुहुन्छ ।
अवार्ड युवा आन्दोलन र सामाजिक आन्दोलनका लागि गौरवको विषय हो । तर शासन तहमा बस्नेको अनुहार हेर्दा भने युवाले चुनौती दिन सकेका छैनन् भन्ने लाग्छ ।
नेपालमा यो अवार्ड पाउने पाँच जना पुगिसके । तर युवा उपस्थिति हस्तक्षेपकारी किन नभएको ?
युवाले आफूलाई नेतृत्वको प्रतिस्पर्धीका रुपमा उभ्याउनै सकेनन् । अहिलेका राज्य, पार्टी सञ्चालकमा पनि ‘म भए सबै ठीक, नभए सबै बेठीक’ भन्ने मानसिकता छ । अरुलाई सफल बनाउनु, स्थापित गर्नु नेतृत्वको गुण हो भन्ने बुझेनन् । कुनै समय क्रान्ति गरेको ब्याजस्वरुप सधैँभरि शासन गर्ने मानसिकताले समयको चुनौती टार्न सक्दैन ।
युवाले बूढा नेतृत्वलाई चुनौती दिन किन सकेनन् त ?
दक्षिण एसियाली राजनीति अर्थसँग जोडिएको छ । राजनीतिक र निर्वाचन प्रणाली महँगो छ । राजनीतिबाहेक अर्थोपार्जनको उद्यम नभएपछि युवाहरु अग्रज नेतासँग निर्भर हुनुपर्यो । जोप्रति युवा नतमस्तक हुन्छ, उसैलाई कसरी चुनौती दिन सक्छ ?
नेता निर्भरताको दुष्चक्र तोड्न सकिँदैन ?
अहिलेको पुस्ताबाट सम्भव देख्दिनँ । युवा पुस्ता नेताहरुकै सहयोगी बन्यो । आजको नेकपाका धेरै युवा हिजो आन्दोलनका हिरो थिए । उनीहरुसँग अपेक्षा थियो । तर त्यो पुस्ता अब मिलाएर चल्ने भयो । अनि उसले कसरी चुनौती दिन सक्छ ?
नचिनिँदा र अहिले तपाईंमाथि गरिने व्यवहारमा कति फरक छ ?
फरक छ । तर त्यो कामसँग ठोकिँदा नभएझैँ लाग्छ । पहिले देखिने गरी विभेद हुन्थ्यो, अहिले अदृश्य ।
कतिपय त जातीय विभेदभन्दा वर्गीय खाडललाई समस्या मान्छन् नि ?
जातको आधारमा गरिने विभेदलाई अर्थसँग जोड्न मिल्दैन । विभेद दलितमा मात्रै छैन । अन्य जातिबीच पनि छ । दलितमाथिको विभेदचाहिँ निकृष्ट हो । कुनै समय राज्यले कानुन बनाएरै संरचनात्मक विभेद ल्यायो । त्यसको असर मस्तिष्कमा गढेको छ ।
यो अवार्ड पाउने धेरै राजनीतिमा आएका छन्, तपाईं पनि आउने ?
अवार्ड पाएपछि संसारभरका मानिससँग सम्पर्क जालो बन्छ । उनीहरुसँग केही कुरा सिक्नु छ । समता फाउन्डेसनमार्फत ज्ञान उत्पादनको काममा केही समय बिताउँछु । अहिलेको राजनीतिक प्रणाली महँगो भएकाले हामीजस्ता भुइँमान्छेलाई तुरुन्त राजनीतिमा आउन गाह्रो छ । तर ५ वर्षपछि आउँछु ।
अहिलेकै राजनीतिक दलमार्फत आउने कि छुट्टै पार्टी बनाउने ?
यसबारे टुंगो लागेको छैन ।
वैकल्पिक शक्तिहरुको असफलताले नयाँ पार्टी खोल्न डराउनुभएको ?
वैकल्पिक धारको सुरुआत गर्नेहरु जसरी अगाडि आउनुपर्ने हो, त्यसरी आउन सकेनन् । यसले त्यस्तो पार्टी बनाउन मलाई केही डर लागेको छ । तर वैकल्पिक शक्तिको खाँचो मरेको छैन । पुरानो संरचना भत्काउन सके वैकल्पिक शक्तिको ठाउँ छ ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...