जसले ९ वर्षको उमेरमै राष्ट्रिय प्रतियोगिता खेले
९ वर्षको उमेरमै राष्ट्रिय प्रतियोगिता खेलेका प्रिन्स भन्छन्- 'जुनियर ओलम्पिकमा पदक दिलाउँछु'
विश्व ब्याडमिन्टनको जुनियरतर्फ नेपालका प्रिन्स दाहाल, १६, ले आफूलाई उत्कृष्ट सातौँ वरीयतामा पुर्याएका छन् । २८ फागुनमा विश्व ब्याडमिन्टन महासंघको सातौँ वरीयता पाउनुअघि उनी १४ औँ स्थानमा थिए । दाहाल पछिल्लो समय प्रेसिडेन्ट्स कप इन्टरनेसनल ब्याडमिन्टन सिरिजको १९ वर्षमुनिको स्पर्धाको मेन्स सिंगल्स र डबल्स विधाको फाइनलमा पुगेका थिए । उनी ९ वर्षको उमेरमै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीसमेत हुन् ।
प्रस्तुत छ प्रिन्सलाई नेपाल म्यागजिनका ७ प्रश्नः
विश्व वरीयतामा यो सफलताको अर्थ के हो ?
ब्याडमिन्टनको जुनियर वरीयतामा उत्कृष्ट १० भित्र पर्नु भनेको पनि ठूलै कुरा हो । यसले नेपालमा ब्याडमिन्टनका प्रतिभा प्रशस्तै छन् भन्ने संकेत गर्छ, सायद ।
सिनियरतर्फको वरीयतामा चाहिँ किन नेपालको सुधार हुन नसकेको ?
उमेर समूहमा सबै खेलाडीको शारीरिक बनोट र क्षमता उस्तै हुन्छ । जब सिनियर लेबलमा पुगिन्छ, विदेशी खेलाडीले
उत्कृष्ट प्रशिक्षण र वातावरण पाउँछन् । तर नेपालमा त्यस्तो अवसर छैन । खेलाडी आफैँले सबै गर्नुपर्छ ।
उपलब्धिसँगै कत्तिको दबाब महसुस हुन्छ ?
दबाब त छ । म पहिले ३२ औँमा थिएँ । त्यसपछि १४ औँ । अहिले सातौँमा छु । निरन्तर खेल खेल्न सके वरीयतामा पनि सुधार हुने हो । खेल्ने वातावरण भए दबाबमुक्त भएर प्रदर्शन गर्न सकिन्थ्यो ।
अहिले कोभिड– १९ ले गर्दा सबै प्रतियोगिता स्थगित भएका छन् । तपाईंलाई कत्तिको असर गरेको छ ?
केही अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बोलावट आएको थियो । सबै स्थगित भए । जिम पनि बन्द छ । घरमै हल्का ट्रेनिङ गरेर बसेको छु ।
ब्याडमिन्टनमा अबको योजना ?
तत्कालको योजना भनेको त जुनियर ओलम्पिकमा नेपाललाई पदक दिलाउने हो । जुनियर ओलम्पिकमा अहिलेसम्म नेपालले वाइल्ड कार्डमार्फत मात्र सहभागिता जनाएको छ । वरीयताको एक सयभित्र पर्नेहरु स्वत: छनोट हुन्छन् । मलाई त्यो अवसर छ । त्यहाँ पदक जितेपछि सिनियर ओलम्पिकमा ध्यान केन्द्रित गर्छु ।
तपाईं त ९ वर्षकै उमेरमा राष्ट्रिय प्रतियोागिता खेल्ने खेलाडी । त्यो कसरी सम्भव भयो ?
म दार्चुलाको खलंगामा जन्मिएको हुँ । बुबा नारायण दाहाल पनि आफ्नो समयको ब्याडमिन्टन खेलाडी । उहाँकै प्रेरणाले गर्दा सानैबाट ब्याडमिन्टन सिकेँ । ९ वर्षको हुँदा कृष्णमोहन स्मृति ब्याडमिन्टनमा भाग लिन काठमाडौँ आएँ । तर पहिलो खेलमै पराजित भएर फर्किएको थिएँ ।
कक्षा ९ को परीक्षा दिएर बस्नुभएको छ । पढाइ गाह्रो कि ब्याडमिन्टन ?
परीक्षामा बस्दा ब्याडमिन्टन खेल्न सजिलोजस्तो लाग्छ । कोर्टमा विपक्षीसँग उत्रिँदा पढ्न बरु सजिलो लाग्छ । खासमा दुवै उत्तिकै गाह्रो रहेछ ।
प्रस्तुतिः पवन आचार्य
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...