नयाँ भंगपछि फेरि नयाँ
अन्ततः बाबुराम भट्टराईले नयाँ शक्ति पनि भंग गरिछाडे । योभन्दा अगाडि उनको नाममा संविधानसभा भंग गरेको भन्ने उपाधि जोडिएको थियो ।

अन्ततः बाबुराम भट्टराईले नयाँ शक्ति पनि भंग गरिछाडे । योभन्दा अगाडि उनको नाममा संविधानसभा भंग गरेको भन्ने उपाधि जोडिएको थियो । पहिलो संविधानसभा उनैले भंग गरेका हुन् ।
संविधानसभा भंग गरिसकेपछि उनले नेकपा माओवादी पनि भंग गर्ने प्रस्ताव अघि सारे । तर सकेनन् । भंग गर्न नसकेपछि आफैँ फार्टी छाडेर गए । र, नयाँ शक्ति गठन गरे । तर ‘नयाँ शत्ति’ नामको माक्र नयाँ शत्ति बन्यो । त्यसमा न कुनै शक्ति थियो, न त कुनै नयाँ नै थियो त्यो । त्यसपछि उनले त्यो पनि भंग गरे र ‘समाजवादी पार्टी नेपाल’ नामको नयाँ पसल....क्षमा गर्नुहोला, नयाँ दल खोले । अब योचाहिँ कहिले भंग गरिने हो, त्यो अलिकति पर्खनैपर्ला । हाललाई उनको लेटेस्ट स्टाटस भनेको ‘सपाने’ नै हो ।
अब जहाँसम्म समाजवादी पार्टी नेपालको प्रसंग छ, यो पनि नामको मात्रै नयाँ पार्टी हो । नेता/कार्यकर्ता त जम्मै पुरानै हुन् । अर्थात् पुराना कम्युनिस्ट । अतः समाजवादी पार्टीलाई पुराना कम्युनिस्टको नयाँ पार्टी भन्दा ठीक हुन्छ होला । पुराना कम्युनिस्ट पनि कस्ता त भन्दा साम्यवादलाई विश्वास नगर्ने, समाजवादलाई मात्र विश्वास गर्ने । अब बाबुरामले यो समाजवादको पनि औचित्य समाप्त भयो भनेर कहिले घोषणा गर्ने हुन्, हामीलाई त्यसको प्रतीक्षा छ ।