गँजडी संसद्मा गाँजा विधेयक
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दैन ।
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दैन ।
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उनले मेसिन ल्याउनुअघि नै पैसा छाप्न सुरु गरे ।
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि चलेन, त्यसमा पनि कोही बात छैन । तर सरकार त चल्यो नि ।
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई सहयोग गर्नुपर्ने भएको छ । के गर्ने, कहिलेकाहीँ अनुदान दिएर होइन, लिएर पनि सहयोग गर्नुपर्ने अवस्था आउँदो रहेछ ।
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक निर्णय हो । सबै गुटको सामूहिक निर्णय भएकाले अब गुटबाजी हुँदैन भन्नेमा पूरै विश्वास गर्न सकिन्छ ।
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा देउवासम्मले त बोक्न बाध्य छन् भने योभन्दा ठूलो अधिनायकवाद अरु के होला र ?
माओवादी नेताहरु अहिले एकपछि अर्को दौरा–सुरुवालीकृत हुँदै गइरहेको देख्दा सर्वसाधारण भने चकित छन् ।
साताको दुई पटक डायलासिस गर्नुपरे पनि देश र जनताको सेवा उनले गरिरहेका छन् । यो सानो देशप्रेम होइन । हाम्रो देश सानो भए पनि यसप्रतिको प्रेम भने ठूलो छ ।
ढिकाबाट टुक्रा–टुक्रा हुनु नै कम्युनिस्ट पार्टीको मौलिक विशेषता हो । जो पार्टी टुक्रा हुँदैन, त्यो कम्युनिस्ट पार्टी नै हुन सक्दैन ।
गणतन्त्रमा पनि राजावादीहरु खुसी हुनु राम्रो संकेत होइन ।
बजारमा महँगी व्यापक छ भन्ने गुनासो त केवल हल्ला मात्र रहेछ । वास्तवमा बजार भाउ अत्यन्त सस्तो छ । सरकारले किन्ने भाउभन्दा जनताले किन्ने भाउ ज्यादै कम रहेछ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिले भर्खरै एउटा क्रान्तिकारी निर्णय गरेको छ । त्यो हो– पार्टीका महामन्त्री कमरेड मोहनविक्रम सिंहले अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिन पाउने ।
झ्यालबाट बाहिर हेर्छु, सडकमा जुलुस आएको रहेछ, उखु किसानको ।
कसै–कसैले यो पनि भने कि हिजो पञ्चायत, राजतन्त्रकालमा समेत यस्तो सञ्चार नीति ल्याइएको थिएन । आज कसरी ल्याएछ ?
वास्तवमा मतदातासँग भेट्ने भनेको चुनावका बेला मात्रै हो । अरु बेला भेट्न गए स्थिति के हुँदो रहेछ भन्ने शिक्षा त यसबाट पाइयो नि । अरु सांसदहरुका लागि पनि यो ज्ञानप्रद हुन सक्छ ।
केपी–राजेन्द्रको यो नयाँ सम्बन्धचाहिँ कहिलेसम्म चल्छ, त्यो भने अलि पछि मात्रै थाहा लाग्ला ।
एउटै नाममा दुइटा नेकपा भएकाले कोही–कोही यसलाई ‘डबल नेकपा’ पनि भन्ने गर्छन् । एउटा कोष्ठकभित्रको नेकपा, अर्को कोष्ठकबाहिरको नेकपा । कुल मिलाएर दुइटा नेकपा ।
रियालिटी शोवाला नेता
वास्तवमा गोली र बन्दुकको सन्दर्भमा नेपाल विश्वकै अनौठो देश होजस्तो लाग्छ । किनभने यहाँ गोली कहाँ पड्किन्छ, कहाँ पड्किँदैन केही भन्न सकिन्न ।
राष्ट्रपति कार्यकारी तहमा आइन् वा कार्यकारी हुन थालिन् भन्नुको अर्थ त उही हो, अब राष्ट्रपतिले कार्य पनि गर्न थालिन् ।