त्यसै महँगी बढ्यो भन्ने ?
बजारमा महँगी व्यापक छ भन्ने गुनासो त केवल हल्ला मात्र रहेछ । वास्तवमा बजार भाउ अत्यन्त सस्तो छ । सरकारले किन्ने भाउभन्दा जनताले किन्ने भाउ ज्यादै कम रहेछ ।
महँगी अहिले देशको पहिलो समस्या भन्दा पनि हुन्छ । किनभने देशमा कुनै समस्या छ कि भनेर कसैलाई सोध्यो भने आउने पहिलो जवाफ नै यही हुनेछ– महँगी । जताततै महँगीकै मात्र चर्चा भएपछि आपूर्ति मन्त्रालयका सचिवलगायतको पूरा टोली नै महँगी अनुगमन गर्न गएछ ।
टोली बजारको मध्य भागमा पुग्यो अनि पसल–पसल गएर सामानको भाउ साेध्न थाल्यो । एउटा किराना पसलमा गएर सचिवले एक बट्टा चिया मागे । सोधे, ‘कति हो यो बट्टाको ?’
एक किलोवाला बट्टा थियो । साहूजीले भने, ‘२ सय १० हो । राम्रो माल हो सर ।’
‘२ सय १० !’ सहसचिव छक्क परे । ‘सााच्चै २ सय १० नै हो ? गल्ती भन्नुभयो कि क्या हो ?’
‘होइन सर, २ सय १० नै हो ।’ साहूजीले भने ।
‘भाउ त साह्रै घटिसकेको रहेछ । अस्ति हाम्रो अफिसमा यही चिया ४ सय २० मा ल्याएको थियो । अहिले २ सय १० मा पाउन थालेछ ?’ सहसचिवले भने ।
टोली स्टेसनरी पसल पुग्यो । सचिवले एउटा रजिस्ट्री कापी लिँदै सोधे, ‘कति पर्छ यो ?’
साहूजीले भने, ‘३ सय हो सर, २ सय ७५ रुपैयाँमा लग्नुस् न ।’
‘अरे, यसको पनि भाउ घटिसकेको रहेछ, सहसचिव पुन: चकित भए, ‘अस्ति यही रजिस्ट्री हाम्रो अफिसले ५ सयमा किनेको थियो । बिलै छ ।’
टोलीले यसरी नै विभिन्न पसलमा पुगी सामानको भाउ सोध्न थाल्यो । जति सामानको भाउ सोध्यो, ती जम्मैको भाउ आफूले किन्नेभन्दा ज्यादै सस्तो रहेछ ।
टोली फर्कियो । अनि, अफिस पुग्नेबित्तिकै रिपोर्ट तयार गर्यो– बजारमा महँगी व्यापक छ भन्ने गुनासो त केवल हल्ला मात्र रहेछ । वास्तवमा बजार भाउ अत्यन्त सस्तो छ । सरकारले किन्ने भाउभन्दा जनताले किन्ने भाउ ज्यादै कम रहेछ । अत: देशमा महँगी बढेको आरोप सत्य नभएको अनुगमनको ठहर छ ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...