टिभीमा अन्तर्वार्ता दिन (न)पाउने कमरेड
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिले भर्खरै एउटा क्रान्तिकारी निर्णय गरेको छ । त्यो हो– पार्टीका महामन्त्री कमरेड मोहनविक्रम सिंहले अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिन पाउने ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिले भर्खरै एउटा क्रान्तिकारी निर्णय गरेको छ । त्यो हो– पार्टीका महामन्त्री कमरेड मोहनविक्रम सिंहले अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिन पाउने । योभन्दा अघि उनलाई रेडियो र पत्रिकामा मात्रै अन्तर्वार्ता दिने छूट थियो । अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिन पाइने भयो ।
महामन्त्री सिंहले टेलिभिजनमा अन्तर्वार्ता दिन पाउने भन्ने यो निर्णयलाई नेकपा (मसाल) को एकखाले क्रान्तिकारी छलाङ भन्दा पनि फरक नपर्ला । विश्वका सबैजसो कम्युनिस्ट पार्टीहरु अब मुलुकलाई एक्काइसौँ शताब्दी सुहाउँदो प्रगतिको बाटोमा कसरी लैजाने भन्नेबारे निर्णय गरिरहँदा नेकपा (मसाल) चाहिँ आफ्ना महामन्त्रीले टेलिभिजनमा अन्तर्वार्ता दिन पाइने कि नपाइने भन्ने विषयमा निर्णय गरिरहेको रहेछ । धन्य ! यो निर्णय गर्दा पार्टीभित्र कुनै वैचारिक मतभेद भएन । होइन भने त कम्युनिस्ट पार्टी न हो, महामन्त्रीले टेलिभिजनमा अन्तर्वार्ता दिन पाइने कि नपाइने भन्ने विषयमै दुइटा खेमा बनेर पार्टी नै टुक्रा हुन पनि के बेर । यदि त्यसरी पार्टी टुक्रा भएको भए एउटा टुक्राको नाम हुने थियो– नेकपा (अपा) अर्थात् ‘अन्तर्वार्ता दिने पाइने’, अर्को टुक्राको नाम हुने थियो– नेकपा (अनपा) अर्थात् ‘अन्तर्वार्ता दिन नपाइने’ । भगवान्लाई धन्यवाद दिऊँ, त्यस्तो केही भएन । आखिर गत २५ वर्षदेखि पार्टीले यो विषयमा जो चिन्तन–मनन गरिरहेको थियो, त्यो सफल भएरै छाड्यो । हामीलाई विश्वास छ, मुलुकमा व्याप्त दलाल नोकरशाहीतन्त्र, संशोधनवादी विचलन, पुँजीवादी संक्रमण, साम्राज्यवादी अतिक्रमण, भ्रष्टाचारजस्ता सम्पूर्ण विकृति कमरेड सिंहको टेलिभिजन अन्तर्वार्ताबाट क्रमश: हट्दै जानेछन् ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...