राष्ट्रपतिले कामै गर्न नपाउनु ?
राष्ट्रपति कार्यकारी तहमा आइन् वा कार्यकारी हुन थालिन् भन्नुको अर्थ त उही हो, अब राष्ट्रपतिले कार्य पनि गर्न थालिन् ।
गएको साताभरि राजनीतिमा एउटा कुरा बहुत चर्चामा आयो, राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति र सरकारी कामकाजमा पनि हस्तक्षेप गर्न थालिन् । उनी अब कार्यकारी तहमा उत्रिन थालेकी छन् । नेपाल म्यागजिनले त कभर स्टोरी नै लेख्यो– ‘कार्यकारी राष्ट्रपति !’
राष्ट्रपति कार्यकारी तहमा आइन् वा कार्यकारी हुन थालिन् भन्नुको अर्थ त उही हो, अब राष्ट्रपतिले कार्य पनि गर्न थालिन् । कार्य अर्थात् काम पनि गर्न थालिन् ।
अब राष्ट्रपतिले काम गरिन् त नराम्रो के भयो ? काम गर्नु त राम्रै कुरा हो । नराम्रो कुरा होइन । विद्वान्हरु भन्छन्, काम भनेको ठूलो–सानो हुँदैन, सबैले गर्नुपर्छ । तर यहाँ त राष्ट्रपतिले काम गरिन् भनेर पो बबाल छ बा ! के भा’को यो देशमा ? मान्छेले कामै गर्न नपाउनु ?
उसै पनि राष्ट्रपतिमाथि आरोप लागेको छ– कामसाम केही गर्नु छैन, महारानीजस्तो बसीबसी खाइरहेकी छिन् । राज्यले दिएको तलब खाएको छ, भत्ता खाएको छ, सुविधा खाएको छ । कामै नगरी यसरी खाई मात्र रहनु राम्रो कुरा होइन । त्यसैले राष्ट्रपति चाहन्छिन् कि केही काम पनि गरौँ । कति बसीबसी खानू ? तलब खाएपछि अलिकति काम पनि त गर्नुपर्यो नि । उनले त्यही भएर अलिकति काम गरेकी हुन् । तर काम के गर्यो, बबाल मच्चिइहाल्यो– राष्ट्रपतिले काम गरिन् ! राष्ट्रपति कार्यकारी हुन खोजिन् !
बन्धु ! यो के तरिका हो ? के राष्ट्रपतिले कामै गर्न नपाउनु ?
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...