नेता बनूँ बनूँ लाग्यो !
रियालिटी शोवाला नेता
देशमा नेताहरूको कुनै कमी छैन । तर त्यसो हुँदाहुँदै पनि अब फेरि नेता नै उत्पादन गर्ने एउटा रियालिटी शो यतिबेला चर्चामा छ । देशका लागि नेता उत्पादन गर्ने कारखाना... क्षमा गर्नुहोला, कार्यक्रम चलाउन उक्त शो आयोजना हुन लागेको रहेछ ।
शोबारे चर्चा चल्नेबित्तिकै मुंग्रेले मलाई सम्पर्क गरे । ‘दाइ, म पनि यो नेता बनाउने शोमा जाऊँ कि जस्तो लागिरहेको छ । कसो होला ?’
त्यसो त मुंग्रे आफैँ नेता गुण भएका केटा हुन् । देशमा चुनाव आउनेबित्तिकै मुंग्रे सक्रिय भइहाल्छन् । तर उनी चुनावमा कसको पक्षमा लाग्छन् भन्ने कुराको कुनै ठेगान हुादैन । जसले पहिले क्यास बुझाउँछ, उसैका पक्षमा मुंग्रे लाग्छन् । मुंग्रे लागेपछि त्यो उम्मेदवारले जित्छ पनि ।
अब कति अर्काको पछि लागौँ, अब त आफैँ नेता बनौँ भनेर मुंग्रेले सोचेको हुनुपर्छ ।
मैले सोधेँ, ‘जानु त राम्रै हो तर तिमीलाई अहिल्यै नेता हुनचाहिँ किन हतार नि ? देश बनाउने समय त तिमीसँग अझै बाँकी छ ।’
मुंग्रेले भने, ‘कहाँ देश बनाउने कुरा गर्नुभा’ दाइले । म देश बनाउन नेता बन्न जान लाग्या होइन ।’
‘अनि किन नेता बन्न जान लाग्या नि ?’
‘कुरो प्रस्टै छ नि दाइ,’ मुंग्रेले घााटी कन्याए, ‘जित्नेलाई त घर र कार पुरस्कार दिने भन्या छ नि । त्यही पाउन नेता बनूँ कि जस्तो लाग्या हो । हुन्न र दाइ ?’
अब के भन्ने ? मुंग्रेको प्रश्नको जवाफ त उही रियालिटी शोवालाले देलान्, मैले के दिनू ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...