किसान आन्दोलन पछिको तीतो चिया
झ्यालबाट बाहिर हेर्छु, सडकमा जुलुस आएको रहेछ, उखु किसानको ।
सधैँजस्तो बिहानी । सधैँको जस्तो चिया । पकाउने पनि सधैँकै जस्ती श्रीमती । तर एक सुर्को खाएपछि लाग्यो, चियाको स्वादचाहिँ सधैँको जस्तो थिएन । कारण थियो, श्रीमतीले चिनी हाल्न बिर्सेकी रहिछन् ।
‘प्रिय, तिमीले आज पनि चियामा चिनी हाल्न बिर्स्यौ । के भएको यस्तो ?’
उनले सम्झने कोसिस गर्दै भनिन् ‘हैन, चिनी त हालेकै हो ।’ उनले आफूले पनि एक सुर्को तानिन् । हो, चिनी त नभएकै रहेछ । चिनी नभएको मात्र होइन, तीतोसमेत थियो ।
उनी उठेर गइन् । चिनी लिएर आइन् । दुवैको कपमा एक–एक चम्चा हालिन् । घोलिन् । सुरुप्प तान्छु तर चिया त पटक्कै गुलियो छैन । तीतोको तीतै । दुवै छक्क । के भएको यो ?
उनले फेरि अर्को एक चम्चा चिनी हालिन् । राम्ररी चलाइन् । फेरि तान्छु । तर अहा, स्वाद त फेरि तीतोको तीतै । एक कप चियाले तीन चम्चा चिनी खाइसक्यो तर पनि स्वाद भने अझै दिएको छैन । के हुँदै छ यो ?
उनले फेरि चिनी थपिन् । स्वाद लिन्छु, तीतै । त्यसपछि एक एक चम्चा मैले पनि थपेँ । तर अहँ, चिया पटक्कै गुलियो भएन ।
‘यो त जादू टुनामुना गरेजस्तो पो भएछ । के भएको ?’ मैले सोधेँ ।
‘खोइ । हिजोसम्म यही चिनी प्रयोग गरेकी हुँ । ठीकै थियो । आज अचानक के भएछ ?’ उनले पनि मलाई सोधिन् ।
‘कतै भारतले गुलियो जम्मै झिकेर दाना मात्रै त पठाएन ?’ मैले प्रश्न राखेँ ।
हामी छलफल गर्दै थियौँ, अचानक बाहिरबाट आएको कोलाहलले ‘डिस्टर्व’ गर्यो । झ्यालबाट बाहिर हेर्छु, सडकमा जुलुस आएको रहेछ, उखु किसानको ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...