ए गोली, नपड्किदेऊ यसरी...
वास्तवमा गोली र बन्दुकको सन्दर्भमा नेपाल विश्वकै अनौठो देश होजस्तो लाग्छ । किनभने यहाँ गोली कहाँ पड्किन्छ, कहाँ पड्किँदैन केही भन्न सकिन्न ।
साग खेलकुद भर्खरै सम्पन्न भयो । नेपालले टन्नै स्वर्ण जित्यो । यदि सुटिङ खेलमा नेपाली खेलाडीको गोली पड्केको भए अझ एक–दुइटा थप स्वर्ण जितिन्थ्यो । त्यो जितिएन । नेपाली खेलाडीको बन्दुकबाट गोली नपड्केको समाचार त्यो साताभरि चर्चित रह्यो । गोली पड्केर जसले स्वर्ण जितेको हो, त्योभन्दा पनि बढी गोली नपड्केर स्वर्ण हारेका खेलाडीबारे चर्चा–परिचर्चा भयो । जेहोस्, नेपाली खेलाडी गोली नपड्केर पनि चर्चाबाट अलग भने हुनु परेन ।
वास्तवमा गोली र बन्दुकको सन्दर्भमा नेपाल विश्वकै अनौठो देश होजस्तो लाग्छ । किनभने यहाँ गोली कहाँ पड्किन्छ, कहाँ पड्किँदैन केही भन्न सकिन्न । जहाँ गोली पड्किनुपर्ने हो, त्यहाँ पड्किँदैन, जहाँ नपड्किनुपर्ने हो, त्यहाँ पटापट पड्केको पड्कै हुन्छ । सुटिङको खेल मैदानमा पड्किनुपर्ने गोली कत्ति गर्दा पनि पड्केन, बाहिर विद्यार्थीको जुलुसमा चाहिँ गोली पड्केको पड्कै भयो । विद्यार्थी मात्र होइन, कहिले शिक्षकको जुलुसमाथि पनि गोली पड्काइन्छ, कहिले महिलाको जुलुसमाथि गोली पड्काइन्छ । त्यस्तो जुलुसमा गोली पड्काउनुपर्ने त कुनै कारण छैन तैपनि पड्किरहन्छ । कहिलेकाहीँ त ब्यारेकमा एक्लै बसिरहँदा पनि गोली पड्किदिन्छ अरे ! फाइनलको दिन त झन्डै पत्रकारैमाथि पनि गोली पड्किन लाग्या थियो । के भाग्यले बचियो ।
अब आइन्दा गोली कहाँ पड्काउने र कहाँ नपड्काउने भन्नेबारे पनि समन्वयको काम होला कि ?
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...