डबल नेकपा, दुइटा अध्यक्ष
एउटै नाममा दुइटा नेकपा भएकाले कोही–कोही यसलाई ‘डबल नेकपा’ पनि भन्ने गर्छन् । एउटा कोष्ठकभित्रको नेकपा, अर्को कोष्ठकबाहिरको नेकपा । कुल मिलाएर दुइटा नेकपा ।
अहिले दुई तिहाइवाला सरकार चलाइरहेको देशकै सबैभन्दा ठूलो पार्टीको नाम हो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । अर्थात्, यसलाई छोटकरीमा ‘नेकपा (नेकपा)’ भन्ने चलन पनि छ । एउटै नाममा दुइटा नेकपा भएकाले कोही–कोही यसलाई ‘डबल नेकपा’ पनि भन्ने गर्छन् । एउटा कोष्ठकभित्रको नेकपा, अर्को कोष्ठकबाहिरको नेकपा । कुल मिलाएर दुइटा नेकपा । पार्टी एउटै हो तर नेकपाचाहिँ दुइटा । अर्थात्, एउटै पार्टीभित्र दुइटा नेकपा । एउटा नेकपाको नेतृत्व कमरेड खड्गप्रसाद ओली गर्छन् । अर्को नेकपाको नेतृत्व कमरेड पुष्पकमल दाहाल । नेकपा (नेकपा) गठन हुादा त्यहाँ दुइटा अध्यक्ष किन राखियो भन्ने कुरो अब त सबैलाई थाहा भयो होला । पार्टीभित्र नेकपै दुइटा भएपछि अध्यक्ष पनि त दुइटै चाहियो नि, होइन ?
नेपालमा नेकपाहरु धेरै छन् । सबै नेकपाका आ–आफ्नै हैसियत र अस्तित्व छन् । नेकपा (नेकपा) मात्रै त्यस्तो नेकपा हो, जसमा एउटै नेकपाभित्र दुइटा नेकपा छन् । दुइटा नेकपाका लागि त्यहाँ दुइटा अध्यक्ष छन् । दुइटा कार्यालय छन् । दुइटा विचार छन् । दुइटा सिद्धान्त छन् । अनौठो यही छ कि सबै दुइटा भएर पनि गत साता राजनीतिक प्रतिवेदनचाहिँ एउटा मात्र पेस भयो । दुइटा अध्यक्षको एउटै प्रतिवेदन । तर प्रतिवेदन एउटै भए पनि त्यहाँ प्रस्टै संकेत गरिएको छ, नेकपाभित्र दुइटा नेकपा छन् । त्यो पनि प्रस्टै रुपमा एउटा कोष्ठकभित्र, अर्को कोष्ठकबाहिर । अब यो कोष्ठक नहटेसम्म त कसरी नेकपाभित्र नेकपा मात्र रहन्छ होला र ?
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...