बाढी र देउवा
देशमा यति ठूलो बाढीपहिरो आइरहेको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कहीँ देखिँदैन । किन होला ? कांग्रेस मात्र होइन, त्यसका सभापति शेरबहादुर देउवासमेत कहीँ देखिइरहेका छैनन् ।
देशमा यति ठूलो बाढीपहिरो आइरहेको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कहीँ देखिँदैन । किन होला ? कांग्रेस मात्र होइन, त्यसका सभापति शेरबहादुर देउवासमेत कहीँ देखिइरहेका छैनन् । के बाढीपहिरो पीडितप्रति उनको कुनै समवेदना छैन ?
बाढीप्रति उनको यति धेरै असमवेदना किन होला ? पीडित प्रश्न सोधिरहेका छन् ।
यही प्रश्न लिएर केही पीडित बुढानीलकण्ठ गएका रहेछन् । एक जनाले सोधे, ‘के देशमा यति ठूलो बाढी आएको तपाईंलाई थाहा छैन सभापतिज्यू ?’
जवाफमा देउवाले भने, ‘किन थाहा नहुनु नि । म आफैँ बाढीको ठूलो पीडित हुँ नि त । मलाई कसरी थाहा हुँदैन ?’
पीडित चकित भए, ‘तपाईं पनि बाढीपीडित ? तपाईंको घरमा पनि बाढी आएको थियो र सभापतिज्यू ?’
देउवाले भने, ‘घरमा होइन, पार्टीमा बाढी आइरहेको छ नि त मेरोऽऽ । अरे बाबा पार्टीमा असन्तुष्टिको बाढी नै आइरहेको छ । थेगेर थेग्न सक्ने अवस्था छैन ।’
‘कसको असन्तुष्टि सभापतिज्यू ?’ पीडितको प्रश्न ।
‘अरे बाबा कसको हुनु निऽऽ, यही कार्यकर्ताको नि त । एकातिर असन्तुष्टिको बाढी आइरा’ छ, अर्कोतिर चुनौतीको पहिरो आइरा’ छ, फेरि अर्कोतिर गालीको वर्षा भइरा’को छ । यो बाढीपहिरोले अहिले मलाई पो बगाइदिने अवस्था आइरा’ छ । अनि गर्ने के भन्नुस् त !’ देउवाले चस्मा निकाल्दै पुछ्न थाले । पीडितले चाहिँ आ–आफ्नो निधारमा चिट्चिट् आएको पसिना पुछ्न थाले ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...