रोलक्रम परिवर्तन र प्रजातन्त्रको उदय
इतिहासको पर्दा उघारेर हेर्ने हो भने नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज भीमशमशेर जंगबहादुर राणा 'भगवान् राम'का भक्त देखिन्छन्।

इतिहासकार राजाराम सुवेदीले अदूरदर्शी र बुद्धिहीनको संज्ञा दिएका उनै भीमशमशेरले गरेको एउटा निर्णयले विसं २००७ मा प्रजातन्त्र स्थापनाको आधारशिला तयार गरििदयो। खास गरी उनले आफ्नो मुत्यु हुनुभन्दा पाँच महिनाअगाडि -विसं १९८९) रोलक्रममा गरेको परविर्तनले अभिजात्य राणा खलक 'ए' र 'सी' क्लासमा विभाजित हुन पुग्यो। वीरशमशेरका अविवाहितापट्टकिा छोरा भीमशमशेरले आफ्ना अविवाहितापट्टकिा छोरा र नातिलाई प्रधानमन्त्रीको रोलक्रममा चढाएपछि अचानक सी क्लास सिंहदरबारमा बलियो हुन पुग्यो। तर, पासा कहाँनिर पल्टियो भने उनको मृत्यु भएको डेढ वर्ष नपुग्दै सत्ताको नेतृत्वमा आएका जुद्धशमशेरले चैत १९९० मा प्रधानमन्त्रीको रोलक्रममा रहेका सी क्लासका राणाहरूलाई त्यसबाट हटाए। त्यही रोलक्रमबाट हटाइएका भीमशमशेरका छोरा हिरण्य तथा नाति महावीर र सुवर्णको ठूलो आर्थिक सहयोगको आडमा नेपाली कांग्रेसको नेतृत्वमा ००७ सालमा जनक्रान्ति सफल भयो।
क्रान्तिको पहिलो जग उनै भीमशमशेरका छोरा हिरण्यशमशेरकै बालुवाटारस्थित घर -अहिले नेपाल राष्ट्र बैंक रहेको भवन)मा राखिएको थियो। त्यही दरबारमा हुर्किएका हिरण्यशमशेरका छोराद्वय भीमशमशेरका नाति सुवर्णशमशेर र महावीरशमशेर तथा नातेदार महेन्द्रविक्रम शाह -जुम्ली राजा) तथा सूर्यप्रसाद उपाध्यायलगायतले प्रजातन्त्र कांग्रेस गठन गरी हतियार संकलन र सेना निर्माणको निर्णय गरे। त्यसका लागि आवश्यक सबै खर्च हिरण्यशमशेेरले बेहोर्ने सहमति भयो। आखिर त्यही हतियार र मुक्ति सेनाको बलमा प्रजातन्त्र स्थापना भयो र १ सय ४ वर्षको जहानियाँ राणा शासन ढल्यो, कहिल्यै उठ्न नसक्ने गरी।
भीमशमशेरले आफूले गरेको रोलक्रम परविर्तन र जुद्धशमशेरले त्यसको प्रतिक्रिया स्वरूप प्रधानमन्त्रीका दाबेदार सी क्लासका राणाहरूलाई हटाउँदा राणाशासन धराशयी हुन्छ भन्ने सायद बुझेका थिएनन्। यसरी नजानीकनै भीमशमशेर ००७ सालको परविर्तनका कारक बने। नेपाली कांग्रेस र नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनसँग भीमशमशेरले गरेको रोलक्रम परविर्तन र उनका नाति हिरण्य, महावीर र सुवर्णले गरेको सहयोग जोडिन पुग्यो।
इतिहासका क्षेत्रमा प्रकाश ए राज अन्वेषणकर्ताका रूपमा चिनिन्छन्। उनले हालै प्रकाशमा ल्याएको पुस्तक महाराज भीमशमशेरको जीवनीमा पनि ००७ सालमा राणा शासन ढल्नु र प्रजातन्त्र स्थापना हुनुमा उनै भीमशमशेरलाई स्रोत व्यक्ति मानिएको छ। यो जीवनी राणा प्रधानमन्त्रीमध्ये सातौँ तथा धीरशमशेेर र नन्दकुमारीका छोरामध्ये चौथा भीमशमशेेरको हो। प्रधानमन्त्री हुँदा ६४ वर्ष पुगेका उनको त्यसको तीन वर्षमै निधन भयो। नेपालको राणाकालीन इतिहासमा एउटै बाबु धीरशमशेरका पाँच छोरा वीर, देव, चन्द्र, भीम र जुद्ध प्रधानमन्त्री तथा श्री ३ महाराज भएका छन्।
पुस्तकमा उल्लेख भएको लाइब्रेरी पर्वले भीमशमशेरको अनुदार छवि प्रस्तुत गर्छ। खास गरी उनले सार्वजनिक सूचना जारी गरी जनहितका निमित्त सुझाव मागेकामा ४० जनाले नेपालमा सार्वजनिक पुस्तकालय खोल्न पाउनुपर्ने माग राखे। भइदियो के भने सार्वजनिक पुस्तकालय खोल्छु भन्नेलाई उनले जेलमा कोचे। यस्तो धोखाधडीका कारण पनि उनी इतिहासमा बदनाम छन्।
भीमशमशेरको प्रधानमन्त्रीकालको दोस्रो वर्षमा उनका विरुद्ध ठूलो षड्यन्त्र भयो, जसलाई प्रचण्ड गोरखापर्व भनिन्छ । प्रचण्ड गोरखाको उद्देश्य नेपालबाट राणाशासन खत्तम गर्ने थियो । श्री ५ राजेन्द्रका वंशका लक्ष्मण राजाले यस षड्यन्त्रको पोल भीमशमशेरलाई खोलिदिएकाले यसमा सहभागी सबै गिरफ्तार भए ।
भीमले आफू प्रधानमन्त्री भएकै बेला आफ्नै नाति -पद्मशमशेरका छोरा) वसन्तशमशेरलाई बम बनाएर आफूलाई सिध्याउन लागे भनेर यति धेरै पिटे कि झन्डै मरिसकेका थिए । जुद्धशमशेरले 'गोत्रहत्या हुन लाग्यो' भनी रोकेकाले त्यसो हुन पाएन । यसबाट भीम आवेशमा आएर धेरै रिसाउने र आफ्नो नातिलाई मार्नसमेत तम्सिने चरित्र देखिन्छ । यति मात्र होइन, त्यसबखतका शासक शासन आफ्नो हातबाट फुस्किन्छ कि भन्ने भयले कतिसम्म ग्रस्त हुन्थे भन्ने कुरालाई पुस्तकले प्रकाश पारेको छ ।
न्यायभन्दा हुकुम शक्तिशाली छ भनी देखाउन खोज्ने काँतर स्वभावका भीमशमशेर भारदारको सुझाव नसुन्ने मात्र होइन, अरूका सुझाव मान्दा आफू अपमानित भएको ठान्ने प्रवृत्तिका थिए। तर, उनमा कतिसम्म दोहोरो चरत्रि थियो भने कहिले झगडिया रुँदा आफू पनि रुमालले आँसु पुछ्थे भने कहिले जनतालाई सुविधा होस् भनी नुन र कपासमा लागेको भन्सार महसुल माफ गरििदन्थे। कुनै पनि अपराधमा प्राणदण्ड खारेजको प्रारम्भ पनि उनले नै गरेका थिए।
पुस्तकमा 'भीमद्वारा छोरीलाई युवराजाधिराज महेन्द्रसँग विवाह गराउन लालमोहर' शीर्षकमा उल्लेख गरएिको प्रसंग ताजुबलाग्दो छ। राणाहरूले राजालाई भैँसीमाथि राँगो लगाउन खोजेजस्तो गरेको फेहरस्ित पुस्तकमा छ। भीमशमशेेरले आफ्नी कान्छी रानी दिलकुमारी तामाङ -सीता महारानी)तर्फकी १२ वर्षकी छोरीको विवाह तत्काल १२ वर्षकै युवराजाधिराज महेन्द्रसँग होस् र राजगद्दीको उत्तराधिकारी यसै विवाहबाट जन्मिऊन् भन्ने उत्कण्ठाले राजा त्रिभुवनबाट जबरजस्ती लालमोहर पनि गराएका रहेछन्। तर, उनको प्रयास सफल हुन सकेन।
राणाहरूले शाह खलकसँग वैवाहिक सम्बन्धका लागि सदैव जोड दिएको इतिहास छ। संस्थापक राणा प्रधानमन्त्री जंगबहादुर आफ्ना छोरीका तर्फबाट जन्मेका पृथ्वीवीर विक्रमलाई नेपालको गद्दीमा बसाई शाह-राणा रक्तसम्बन्ध नै कायम गराउन सक्षम बने पनि शाहहरू राणाकालमा त्यस्तो सम्बन्ध राख्न खोज्दैनथे।
राणाहरूको द्रव्य र रतिरागप्रतिको मोह, अनुत्तरदायी शासन अनि आफूलाई सत्ताको केन्द्रमा राख्ने अभीप्सालाई लेखकले सहज भाषामा शब्द निकै फारु गरेर पुस्तकमा राखेका छन्। शमशेेर खलकको आर्थिक दुरावस्था र जंग खलकको विस्थापनलाई छुँदै शमशेर खलकभित्रको डाह, खुट्टा तान्ने प्रवृत्ति, एकअर्काप्रतिको अविश्वास र आशंकाले भीमशमशेरको शासनकालमा पनि निरन्तरता पाएको पुस्तकमा उल्लेख छ। अभिजात्य राणा परविारका छोराबुहारीको जीवनशैली, यौनजीवन, पागलपनजस्ता अन्तरंग प्रसंगलाई पनि समेटिएको छ। भीमशमशेरको व्यक्तित्व र कार्यशैलीलाई सरलीकृत गरी पाठकसमक्ष ल्याइएको यो सानो पुस्तिका विश्वसनीय त छ नै, उत्तिकै चोटिलो पनि।
महाराज भीमशमशेरको जीवनी
लेखक : प्रकाश ए राज
प्रकाशक : नवीन पब्लिकेसन्स
पृष्ठ : ५१
मूल्य : १५० रुपियाँ
बुद्धजस्तै याज्ञवल्क्य
विसं '३० को अन्त्यदेखि '४० को दशकभित्र नेपाली रंगमञ्चमा दुईवटा नाटक अत्यन्त लोकपि्रय भए, भारत दार्जीलिङका मनबहादुर मुखियाको 'अनि देउराली रुन्छ' र सत्यमोहन जोशीको 'फर्केर हेर्दा'। 'फर्केर हेर्दा'पछिको उनको नाटक 'जब घाम लाग्छ' पनि रंगमञ्चमा त्यत्तिकै सफल नाटक थियो। र, पछिल्लो समय मञ्चित 'बाघ भैरव', 'सुनकेशरी मैयाँ' र 'मजिपालाखे' उनका रुचाइएका नाट्य प्रस्तुति हुन्। नेपालभाषाका आठवटा र नेपालीका नौवटा नाटकले जोशीको सिद्धहस्त नाट्यशिल्पको राम्रो उदाहरण दिएको छ। यसरी जोशी संस्कृतिविद् मात्रै होइनन्, कुनै समय चलेका नाटककार पनि हुन् भन्दा उनको परचिय अझ सटीक हुन सक्छ।
समीक्ष्य पुस्तक महषिर् याज्ञवल्क्य जोशीको दार्शनिक नाटक हो। याज्ञवल्क्य मिथिलाञ्चलका महान् विद्वान् थिए। विशेष गरेर उनी राजा जनकको ब्रह्मसभामा आफ्नो विद्वता र तर्कशक्तिले सर्वश्रेष्ठ, ब्रह्मविद् ब्रह्मवेत्ताको उपाधिद्वारा विभूषित हुन्छन्। अनि, सिङमा सुन मोडिएका एक हजार गाई जितेर विद्वत् समुदायमा प्रसिद्धि कमाउँछन्। याज्ञले आफ्ना गुरु वैशम्पायनलाई पनि शास्त्रार्थमा जितेको र गुरुले उनलाई नै गुरु बनाएको प्रसंग पनि नाटकमा छ।
नाटककार जोशी याज्ञवल्क्यलाई पूर्वाञ्चलका बुद्ध भन्न रुचाउँछन्। सानैदेखि नयाँ दर्शनको खोजीमा तल्लीन रहन्छन् याज्ञ। नयाँ नयाँ रहस्योद्घाटनका कुरा गररिहन्छन्। र, मानिसले आफूलाई नचिनेसम्म आत्म, परमात्मालाई चिन्न सक्तैन भन्ने बीजारोपण गर्छन्। अनि, प्रेम पनि मानिसले आफ्नो स्वार्थ र प्रयोजनका लागि मात्र गर्छ भन्ने सत्यलाई तर्कका आधारमा पुष्टि गर्छन्। यी यावत् कुरा यस पुस्तकका सारवस्तु हुन्।
नाटककारका मतमा जीवनदेखि विरक्तिएर सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृहत्याग गरे भने याज्ञवल्क्यले मैत्रेयी र कात्यायनीसँग दाम्पत्य सुख भोगेर दुई-दुईवटा सन्तान भइसकेपछि प्रौढावस्थामा गृहत्याग गरे। तर, आज संसारले नै गौतम बुद्धलाई चिने पनि त्यत्तिकै विद्वान् एवं तपस्वी र ज्ञानी याज्ञवल्क्यलाई आफ्नै जन्मभूमिका जनहरूले पनि चिन्दैनन्। यसमा नाटककारको दुखेसो छ। सायद यो नाटक लेख्नुको एउटा ध्येय यी महान् हस्तीको व्यक्तित्व र विद्वतालाई चिनाउनु पनि हो।
कतिपय ठाउँमा याज्ञवल्क्यलाई आधार बनाएर जोशीले आफ्नो दर्शनलाई पनि समाहित गरेका छन्। जस्तो: नेपाल उपत्यका या मिथिला प्रदेश -हाल जनकपुर) हिमालकै अंग हुन्, त्यसैले तराई र काठमाडौँको आधार भनेकै हिमाल हुन् भन्छन् भने फेर िहिमाल र उपत्यका तराईबिना उभिन सक्तैनन् भन्ने तर्क दिएर हिमाल, पहाड, मधेसलाई एकअर्काका आधार मानेका छन्। नाटक पठनीय छ। तर, यति महत्त्वपूर्ण पुस्तकमा भएका भरमार भाषागत त्रुटिले आँखामा सिन्को बिझेजस्तो अनुभव हुन्छ।
- रमण घिमिरे