काठमाडौंलाई खोतल्ने प्रयास
संसारका प्राचीन सहरहरूको लहरमा काठमाडौँ 'सेलिबि्रटी' सहर हो। पुस्तक पढ्ने चरत्रिको होइन, यो सहर।
यसै बेला आइपुग्यो थमस बेलको पुस्तक- काठमाडौँ। बेल व्यावसायिक पत्रकार तथा लेखक हुन्। उनी नेपाली समाजको परभिाषा अनुसारका सेलिबि्रटी पक्कै होइनन्। तर, काठमाडौँको राजनीतिक मौसम र सामाजिक सञ्जालमा लिप्त युवा पुस्ताले उनको पुस्तकसँगै उनलाई पनि सेलिबि्रटी वनाएको छ।
काठमाडौँ सहरलाई चिनाउन कुनै संकेतपाटीको आवश्यकता पर्दैन। यसको आफ्नै स्थापित पहिचान छ। हिमालयहरूको फेदमा रहेको एउटा सानो र स्वतन्त्र राष्ट्रको राजधानीका रूपमा भन्दा पनि संसारका उल्लेख्य केही ऐतिहासिक सहरको अनुक्रमणिकामा काठमाडौँको नाम कसैले मेटाउन नसक्ने गरी खोपिएको छ। यो सहरको मौलिक जीवनशैली, कला-संस्कृति र आर्थिक संरचना संसारका धेरै विद्वान्को आकर्षणको केन्द्र बनेको छ। काठमाडौँका बारेमा स्वदेशका भन्दा पनि विदेशका धेरै विद्वान्ले पुस्तक लेखेका छन् र यसको वैभव, कला र रहस्यको गुत्थी खोल्ने चेष्टा गरेका छन्। तर, ती सबै विद्वान्लाई काठमाडौं सहरले झुक्याएको छ। सहरलाई जति खोतल्यो, त्यति नयाँ रहस्य फेला पर्छन्। साँच्चै अद्भुत छ, यो सहर।
बेलायतमा जन्मेका ३६ वर्षीय तन्नेरी पत्रकार बेलको पुस्तक काठमाडौँ पुस्तक-व्यवसायको प्रवर्द्धन नियम अनुसार बजारमा आउनुभन्दा पहिले नै काठमाडौँको जीवन र नेपालको राजनीतिमा रुचि राख्नेहरूका बीच चर्चित भइसकेको छ। काठमाडौँमा पनि पुस्तकको बाक्लै चर्चा छ। खास गरेर पछिल्लो पुस्ताका काठमाडौँवासीका प्रतिक्रियामा पुस्तकप्रति भन्दा पनि बेलप्रतिको भावनात्मक सौहादर््रता अभिव्यक्त भएका छन्। व्यावसायिक समीक्षक र विश्लेषकहरूले यसलाई 'अति राम्रो र तीक्ष्ण' भनिसकेका छन्। तर, बेलको पुस्तकबारे रैथाने काठमाडौँवासी बौद्धिक समुदायको दृष्टिकोण प्रकट भइसकेको छैन। पुस्तकले काठमाडौँको आत्मा छिचोलेको छ कि छैन? यो नेपालको इतिहासजस्तै गहन र वर्तमान जत्तिकै जटिल छ कि छैन? यो प्रश्नको उत्तर इतिहासकारले मात्रै दिन सक्छन्। तर, प्रस्तुतिका हिसाबले पुस्तक सुन्दर छ र काठमाडौँ सहरको आकर्षणमा परेका, खास गरेर अंग्रेजी भाषाका पाठकका लागि रोचक र पठनीय छ।
काठमाडौँ सहर रहस्यहरूको पेटारो हो। यहाँका मानिसको सभ्यता, संस्कृति, कला, राजनीति र आर्थिक व्यवसाय सबै रहस्यमय छन्। शताब्दीऔँदेखि बसोवास गर्दै आएका बासिन्दा पनि सहरको अन्तर-गर्भमा पस्न सकेका छैनन्। पुस्तक सरसरती पढ्नेले थाहा पाउँँछन्, बेलले काठमाडौँको अन्तर-गर्भमा पसेर काठमाडौँलाई खोतल्ने इमानदार प्रयास गरेका छन्। काठमाडौँलाई खोतल्ने क्रममा हीराकाजीकोे घरको छानामा बसेर उनी नेवार जातिका बारेमा एउटा ब्राह्मण जातिको कथन सुन्छन् : ती (नेवार) कुवाका ब्याँचा हुन्। ती भ्यागुता हुन्। तिनीहरू यो उपत्यकाका भ्यागुता हुन्। भ्यागुताको समुदायबाट एउटा मात्रै भ्यागुतो उम्किन खोज्यो भने त्यसलाई तानेर समुदायमा ल्याइहाल्छन्। यो उपत्यका तालका रूपमा रहेको बेलादेखि नै यी यहीँ छन् र कहिल्यै छाडेर गएका छैनन्।
२४ परिच्छेदमा बाँडिएको बेलको यो पुस्तकको केन्द्रविन्दु काठमाडौँ भए पनि यो काठमाडौँको कथा मात्रै होइन। मुख्यत: नेपालमा भएको हिंसात्मक राजनीतिक आन्दोलन र त्यसको सेरोफेरोलाई पुस्तकमा समेटिएको छ। पात्रहरूको व्यक्तित्व र चरत्रि चित्रणमा पत्रकार बेलले लेखक बेललाई ठाउँठाउँमा खिपेका छन्। जस्तो : 'राजा (ज्ञानेन्द्र)का छोपिएका आँखाले उनको शारीरकि सुगठनलाईर् सरिसृपको जस्तो देखाउँछ।'
बेलले हिंसात्मक आन्दोलनका समयमा बेलायत सरकारको नेपाल नीतिको राम्रो चर्चा गरेका छन्। नेपालका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायका नीतिहरूको विचलन र विसंगत पक्षहरूका बारे उनका टिप्पणीहरू सन्तुलित र आलोचनात्मक छन्। नेपालका हिंसाग्रस्त भूभागहरूको भ्रमण र नेपाली जनजीवनको स्वाभाविक अध्ययनले बेलको दृष्टिकोण सन्तुलित बनेको छ। त्यसैले पनि अन्तर्राष्ट्रिय कूटनीतिक रंगमञ्चमा त्यस बेला मञ्चित भइरहेको संशयात्मक नेपाल नीतिप्रति उनका निष्कर्ष ठीक भएका हुन्। उनले अन्तर्राष्ट्रिय दातृ संस्थाहरू र तिनका काम गर्ने शैलीको खिल्ली उडाएका छन्। पावर प्वाइन्ट प्रस्तुतिकै लागि दैनिक पाँच सयदेखि एक हजार पाँच सय अमेरिकी डलर भत्ता खाएर 'बिजनेस क्लास'मा उडेर काठमाडौँ आउने 'कन्सलट्यान्ट'का बारे बेलको चित्रण पनि यथार्थवादी छ। पुस्तकमा मनोरञ्जनका तत्त्व पनि भरिएका छन्, १८ औँ परिच्छेद यसको उदाहरण हो।
सूचना र ज्ञानको सम्मिश्रणले बेलको पुस्तकलाई नेपालका बारे जानकारी राख्न चाहनेका लागि रोचक बनाएको छ। तर, उनले संकलन, सम्पादन र ले खन-पुन:लेखन गरेका राजनीतिक जानकारीहरू नेपाली पाठकका लागि अपर्याप्त लाग्न सक्छन्। तर, बिर्सिनु हुँदैन, बेल नेपाली होइनन्। एउटा विदेशीले लेखेको पुस्तक कुनै पनि हालतमा सम्पूर्ण हुन सक्दैन। यत्ति हो कि उनी नेपालका परविर्तनकारी शक्तिहरूका मित्र हुन्। उनी तिनका समर्थक होइनन्। कतिपय नेपाली पाठकका लागि बेलले लेखेका इतिहास र वर्तमानका सन्दर्भहरू अपर्याप्त लाग्न सक्छ, जुन अस्वाभाविक होइन।
पुस्तक पढिसक्दा कसैले पनि अनुभूत गर्न सक्छ कि बेलसँग अटेस-मटेस हुने गरी जानकारीहरूको थुप्रो छ। पुस्तकमा उनले हिंसात्मक आन्दोलनका बारे आफूसँग भएका सूचना, सामाजिक जीवनका बारे आफूले विभिन्न व्यक्तिसँग गरेका कुराकानी, नेपाली विकासको वास्तविकताका बारे अंक र अक्षरमा उपलब्ध भएकाबाहेक विद्वान्हरूका अनुभव, दरबारका अन्त:पुरमा हुने चर्चा, दूतावास र अन्यत्र आयोजना गरिने पार्टी गफ, सरकारी अधिकृतहरूका बीच हुने कानेखुसी, राजनीतिक दलका नेताहरूबीचको झगडाजस्ता सबै औपचारकि-अनौपचारकि स्रोतलाई प्रयोग गरेका छन्। नेपालका बारे आधिकारकि मानिएका विदेशका ठूल्ठूला विद्वान्लाई उनले उदारतापूर्वक सन्दर्भमा लिएका छन्। पुस्तकलाई बढीभन्दा बढी आधिकारकि बनाउनका लागि उनले यी सन्दर्भ लिनैपर्ने थियो। तर, धेरै पहिलेदेखि आधिकारकि मानिएर आनुष्ठानिक भइसकेका ती विद्वान्को आधिकारकितामा यसबीच धेरै प्रश्नचिह्न लागिसकेको छ। फेरि पनि, यसको दोष बेललाई जाँदैन। नेपालको इतिहास, राजनीति, अर्थतन्त्र र समाजका बारेमा लेख्नेका लागि स्रोतको साह्रै ठूलो संकुचन छ। अध्ययन र अनुसन्धानका लागि न संगठित संस्था छन्, न स्रोतको सम्पन्नता छ। जस्तो कि, बेल स्वयंले नेपालको विकास र दाता समुदायको प्रवृत्ति र कार्यका बारे खुलेर लेखेका छन्। पत्रकारसँग उपलब्ध स्रोतको उपभोगबाहेक अर्को विकल्प रहँदैन। त्यसैले बेल ती स्रोतमा निर्भर रहेका हुन्।
पुस्तकमा भाषाको प्रवाह कतै पनि र कुनै पनि बेला रोकिँदैन। बेलको अंग्रेजी भाषा सरल र सुबोध छ। त्यसभन्दा पनि पुस्तक लेखकका रूपमा उनी भरसक नेपाली बन्न खोजेका छन्। नेपालप्रति उनको आकर्षणमा कतै कुनै चूक छैन। पुस्तक यस अर्थमा गहन छ कि बेलले सन्दर्भ सामग्रीहरूको उल्लेखमा मात्रै झन्डै डेढ दर्जन पृष्ठ खर्च गरेका छन्। तैपनि, उनले समकालीन समयको इतिहास लेखेका हुन् कि नेपाली राजनीतिक युद्धको कथा ले खेका हुन् कि, काठमाडौँको कथा लेखेका हुन् कि? सामान्य पाठक भ्रमित हुन्छन्। बेलले पुस्तकलाई मसलादार चाट बनाएका छन्, जुन नेपालका बारे हलुका र सामान्य जानकारी राख्न चाहने युरोप र अमेरकिाका पाठक र दक्षिण एसियाका सम्पन्न वर्गका अध्ययनशील व्यक्तिका लागि नयाँ स्वाद दिन समर्थ छ। अनुसन्धानकर्ता र अध्येताहरूका लागि पनि पुस्तक आफ्नै हिसाबले रोचक छ। लेखकले उल्लेख गरेका विभिन्न चर्चाको उत्खननमा अनुसन्धानकर्ता र अध्येताले जाँगर चलाए भने नेपालका विकृति र राजनीतिक विचलनहरूको विस्तृत तस्बिर प्रकट हुन सक्छ।
समाचारपत्रको भाषामा पुस्तक 'पेज टु' भनिने शैलीबाट सुरु हुन्छ, सास फुल्ने उकालो-ओरालो हुँदै फेरि त्यही शैलीमा रोचक ढंगले सामान्य स्थितिमा फर्किन्छ। तर, नेपालमा बेलले चिताएजस्तो सामान्य स्थिति आउन कति समय लाग्ने हो? त्यो कसैलाई थाहा छैन ।
काठमाडौँ
लेखक : थोमस बेल
प्रकाशक : र्यान्डम हाउस
पृष्ठ : ४६३
मूल्य : ३०४
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...