जिउँदो मान्छेको कथा
छोटकरीमा मोह उपन्यासको कथा यत्तिमै सकिन्छ। तर, यति छोटो परचिय सुनाएर मोहप्रति न्याय गर्न सकिँदैन।
बेलायतवासी नेपाली साहित्यकार विकलचन्द्र आचार्यको उमेर ४१ वर्ष पुग्यो। ३६ वर्षको उमेरमा उनी मुटु रोगबाट ग्रस्त भए। परम्परागत सोचका हिसाबले ३६ वर्ष मुटु रोग लाग्ने उमेर होइन। तर, उनलाई त्यही नलाग्ला भनिएको रोगले झापड हान्यो। त्यो विनाशकारी रोगलाई जितेपछि उनले लन्डनमा मुटु दुख्दा निबन्धसंग्रह तयार पारे। त्यससँगै जोडिएर उनले मुटु रोगबाट बच्न र रोग लागिसकेकालाई आफ्नो जीवन दीर्घायु बनाउने दोस्रो निबन्धसंग्रह कोरोनरी मुटुरोग तयार पारे। उनको तेस्रो निबन्धसंग्रह मातृभूमिप्रति समर्पित छ, बेलायती आँगनमा गोर्खाली सुवास।
फ्ल्यासब्याकमा उनिएको छ, सिंगो उपन्यास। तर, उपन्यासको आरम्भ निराशाजनक छ। उपन्यासकारको निष्कर्ष यस्तो छ, 'यताबाट उता राम्रो, उताबाट यता उज्ज्वल देखियो, आखिर गोलाकार पृथ्वी, जहाँ पुगे पनि, जे गरे पनि, जति खटिए पनि मानिस एक्लो हुँदो रहेछ।' जीवनको माथिल्लो सिँढी टेकेको मानिसको सायद निष्कर्ष यस्तै हुँदो पनि होला। यो नेपालको सरदर आयु नाघिसकेका वृद्ध नागरकिको बहुमतको अनुभूति हुन सक्छ। त्यसैले उपन्यासको निष्कर्ष यो वृद्ध उमेरको सोचसँग मेल खाँदैन।
छोटकरीमा कथासार सुनाउने हो भने असाध्यै आनन्द आउने कथा बोकेको छ, यो उपन्यासले। कुरकुरे बैँस पार गरेका, १० अथवा १२ कक्षा पास गरेका नेपाली युवा आफ्नो देशमा केही देख्दैनन् गरखिाने। तिनलाई विदेशी रूखमा पात हो इन, हरयिा नोट फल्छन् भन्ने लाग्छ। उनीहरू सहज निष्कर्ष निकाल्छन्- जसोतसो गरेर विदेश जाने, रूखका हरयिा नोट फटाफट टिप्ने, सुटकेसभर िती नोट भरेर नेपाल फर्किने र सुखसयलको जिन्दगी बिताउने।
मोहमा यति मात्र छैन। उपन्यासको प्रमुख पात्र उमेश सपनामा रुमलिएर १८ वर्षको उमेरमा युरोपतिर लाग्छ। उसको पहिलो गन्तव्य जर्मनी हुन्छ। जर्मनीको एक साता रमाइलोसँग बित्छ। जसको भरमा उमेश जर्मनी पुगेको हुन्छ, उसैले उमेशलाई शरणार्थी बनाउने बन्दोबस्त मिलाउँछ।
उमेशको पहिलो अनुभूति पोखिन्छ, शरणार्थी शिविरको भद्रगोल कोठामा, 'कसैले कसैलाई सहानुभूति देखाउने ठाउँ थिएन ।' उसको वास्तविक जिन्दगी यही शरणार्थी शिविरको सानो कोठाबाट आरम्भ हुन्छ। उसका सबै सपना चकनाचुर हुन्छ। कल्पनाका सबै हरयिा नोट सुकेका पातमा परण्िात हुन्छन्।
डेढ महिनाको सास्तीपछि उमेशले काम पाउँछ। तर, उसले काम पाएको खुसीयाली उपन्यासमा यसरी पोखिन्छ, 'दाम कमाउन कति पसिना बगाउनु पर्दछ भन्ने पहिलो दिनको अनुभवले सिकायो।' बिरामी पर्दा उमेशको काम सकिन्छ। बिलौना गर्छ, 'कसैले हाय ! भनेर बिरामी पर्दा पनि दया नआउने मानवले यस बीसौँ शताब्दीमा गरेको प्रगति यही होला !'
जर्मनीको निराश र नीरस बसाइबाट आत्तिएको उमेशले बेल्जियममा काम पनि पाइन्छ, माम पनि पाइन्छ भन्ने सन्देश पाउँछ। काम र मामको लोभमा उमेश बेल्जियमतिर लाग्छ, एक जना अनुभवी साथीको पछि लागेर। उमेशले काम पाउँछ। तर, सहरमा होइन, हरयिाली छाएको मैदानमा। घाँसी भन्दा ठीकठीकै बुझिन्छ। उसले पाएको काम हुन्छ, एउटा धोक्रे झोलामा स्पारागसका हुर्किएका बुटा काट्दै हाल्ने। जति धेरै काट्न सक्यो, त्यति धेरै पैसा पाइने प्रणाली हुनाले फतक्कै नगलुन्जेल स्पारागस काट्ने काममा अरू कामदारजस्तै उमेश पनि तल्लीन भएर लाग्छ।
बेल्जियममा पनि कामको ग्यारेन्टी हुँदो रहेनछ। स्पारागस काट्ने काम सकिएपछि उमेश फेर िअन्योलको भुमरीमा फस्छ। १२ घन्टा पसिना बगाएर कमाएको पैसा पनि बेरोजगारीको खर्चमा सकिँदै जान्छ।
नेपालमा चिनेको र सामान्य सहयोग गरेको एउटा टम नाम गरेको बेलायती पात्र उपन्यासमा झुलुक्क उदाउँछ र त्यो उमेशको जीवनमा घाम बनेर हुर्किंदै जान्छ। टमले उमेशलाई बेलायत बोलाउँछ। उतैबाट उसले अध्यागमनको कागजपत्र पनि मिलाइदिन्छ। बढी नाटकीय लाग्छ, यो अंश पाठकलाई।
बेलायतमा पनि काम नगरी खान पाइँदैन। बेलायतमा पुगेपछि र टम परविारले सहयोग गर्ने अवस्था हुँदा पनि उमेश सस्ता कपडाको बजार खोज्ने, सेकेन्ड ह्यान्ड पसलमा आधै सस्तो हुन्छ भन्ने थाहा पाएपछि त्यस्तै पसल खोजी हिँड्ने काम गर्छ। तर, काम र अध्ययनलाई उसले जीवनको ध्येय बनाएको हुन्छ।
कामले उमेशलाई सम्पन्नता दिन्छ। सम्पन्नताले उमेशलाई आराम दिन्छ। दार्शनिक भएर ऊ जिन्दगीको निष्कर्ष निकाल्छ- गरबिीसँगको लडाइँले यति कहानी बनायो। अझ कति कहानी बनाउँदै जानेछ !
मोह (उपन्यास)
लेखक : विकलचन्द्र आचार्य
प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, लन्डन
पृष्ठ : १३८
मूल्य : ११९ रपियाँ
रिपोर्टरको द्वन्द्व डायरी
- अनन्त वाग्ले
दसवर्षे माओवादी विद्रोहले नेपाली राजनीतिमा अनेक छाप छाडेको छ। आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा यसका सकारात्मक र नकारात्मक अनेक आयाम छन्। त्यही विद्रोहकालको अनुभव हो, पत्रकार दामोदर न्यौपानको पुस्तक एम्बुसमा ६ वर्ष। पश्चिम नेपालका गाउँमा उनी आफैँले अत्यन्त नजिकबाट देखेको र भोगेको अनुभूति हो यो पुस्तक।
यो गैरआख्यान पुस्तकमा विशेष गरी लमजुङ र गोरखाका दूरदराजका गौँडागौँडाका कथा छन्। त्यहाँका हरेक आली, कान्ला र गोरेटोका रगतपच्छे पाइलाका बेलीविस्तार छन्। ४८ स-साना अध्यायको पुस्तकले कुनै सशक्त आख्यान या चलचित्रले जस्तै अनेक पात्रसँग साक्षात्कार गराउँछ। छापामार लडाकू, नेता-कार्यकर्ता, सामाजिक अगुवा, कार्यालय प्रमुख, संस्कृतिकर्मी र समाज रूपान्तरणका अभियन्तालाई पाठक आफैँले भेटेजस्तै लाग्छ। बन्दुक बोकेर हिँडेका मायालु बालबालिका हातेमालो गर्न आउँछन्। बलात्कृत किशोरी अभिभावकत्व खोज्दै सुकसुकाउँछे। बाटोमा एम्बुस र गोलीका खोका भेटिन्छन्। युवतीका रगतपच्छे पेन्टी र ब्रानजिकै उसलाई गाडिएको चिहानले पाठकलाई टक्क रोकिदिन्छ।
पुस्तकमा न्यौपाने एक आलोचकका रूपमा प्रस्तुत छन् तर उनी सन्तुलित छन्। खास गरी असहमतलाई सिध्याउने, निषेधको राजनीति गर्ने र निर्दोषलाई हिंसाको बलिवेदीमा चढाउने माओवादी ज्यादतीको उनले निर्भीक आलोचना गरेका छन्। विद्रोहीको मात्र होइन, मानवता र मानवीय मूल्य-मान्यतालाई तिलाञ्जलि दिँदै राज्यबाट भएका कर्तुतको पनि तीव्र आलोचना र कठोर खुलासा छ, पुस्तकमा। दुवैतिरका त्रासद अमानवीय कर्तुतलाई अनेक अनेक दृष्टान्त दिएर नांगे झार पारििदएका छन् लेखकले।
प्रमुखता द्वन्द्वले पाए पनि लमजुङ र गोरखाका यावत् पक्षलाई उनले समेटेका छन्। भेडीगोठ, रोदी, सोरठी, ठाडो भाकाजस्ता संस्कृतिको उनले सुललित चर्चा गरेका छन्। घलेगाउँ, मनासलु पदयात्रा, मनाङको सौन्दर्यलगायत पर्यटन विषय उठान गर्दै भविष्यमा गर्न सकिने विकासका सोच पनि प्रस्तुत गरेका छन्। गाउँ पुग्दा उनी भीसी भानुभक्त गुरुङलाई भेट्छन्। गजे घलेबारे जिज्ञासा राख्छन्। पहिरोको जोखिममा परेको लाप्राक गाउँको चिन्ता गर्छन्। माओवादीको 'पहिलो सहिद' दिलबहादुर रम्तेलका अभिभावक भेट्छन्। कक्षाबाट थुतेर रेटिएका शिक्षक मुक्तिनाथ अधिकारीका टालेका कपडा हेर्छन्।
सरल, सुबोध र स्पष्ट पत्रकारतिाको भाषामा लेखिएको पुस्तकमा घटना विश्लेषण मात्र नभएर व्यक्तिगत अनुभूतिजन्य प्रसंग पनि छन्, जसबाट नियात्रा या आत्मसंस्मरणको स्वाद पनि पाइन्छ। जस्तो: राजधानीबाट दुरुह दुर्गम गाउँमा पुगेको ठिटो 'होम सिक'ले टोलाउँदैन, बरू त्यहीँकी गुरुङसेनी आमाका काखमा लुटपुटिन्छ। युवतीहरूसँग नाचगान गर्छ र बूढापाकासँग इतिहास र अनुभव खोतल्न थाल्छ।
देशको एउटा कालखण्डको जीवन्त तस्बिर र नियात्रा स्वादका साथै मानव अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा बुलन्द आवाज पुस्तकको थप विशेषता हो। दुवै पक्षबाट आइरहने अनेक धम्कीका बाबजुद ज्यान जोखिममा राखेर न्यौपानेले गरेको पत्रकारतिा नयाँ पुस्ताका सञ्चारकर्मीका लागि एउटा उदाहरण बनेको छ।
फिल्डमा सबै विचारधाराकाले उनलाई आफ्नै जस्तो ठान्छन्। तर, कतैकतै लेखक माओवादीप्रति पूर्वाग्रही भएझैँ लाग्छ। माओवादीकै कारण भएका जुवातास नियन्त्रण, महिला अधिकार र सशक्तीकरण, जातीय विभेदको अन्त्य, राजनीतिक चेतना, विकासमा जनश्रम परचिालनजस्ता प्रारम्भिक प्रयास छायाँमा परेका छन्। पुस्तकको अन्त्यका तस्बिरमा पनि माओवादीका नकारात्मक काम मात्र चित्रित छन्।
तर, समग्रमा नेपाली समाज, राजनीति, समाजिक रूपान्तरण, नेपाली संस्कृति र पर्यटनमा चासो राख्ने हरेकले पढ्नैपर्ने एउटा रोचक पुस्तकका रूपमा छ- एम्बुसमा ६ वर्ष।
एम्बुसमा ६ वर्ष
लेखक : दामोदर न्यौपाने
प्रकाशक : याम्बुरी बुक्स प्वाइन्ट
पृष्ठ : २५६
मूल्य : ३५० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...