संगीत नसुन्ने सरकार
आधुनिक नेपालको राष्ट्रगान 'सयौँ थुँगा फूलका हामी...'का रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई गत मंसिरदेखि मासिक भत्तास्वरूप २५ हजार रुपियाँ दिने
राष्ट्रगानका रचनाकारका निम्ति राज्यले मासिकभत्ताको सुविधा दिने निर्णय गररिहेका बेला उसै गरी उत्कृष्टताको मापनमा राखिएका राष्ट्रगानका संगीतकार अम्बर गुरुङ भने सिर्जनशील जगत्मा सीमान्तकृतझैँ बनाइए । शारीरकि अस्वस्थतासँगै दुई सातायता ग्रान्डी अस्पतालमा उपचाररत संगीतज्ञ अम्बरका हकमा भने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान -तत्कालीन)का पूर्वकर्मचारी, संगीत-नाट्य एकेडेमीका प्रथम कुलपति भएको हैसियत देखाएर सामान्य सेवा-सुविधाको चासो राखिदिने पनि कोही भएन ।
एक शताब्दीको अन्तरमा फेरिँदै गरेको एउटा राष्ट्रगीत छनोटमा रहेको लामो प्रक्रिया र उत्कृष्टताको मापनका निम्ति खटाइएका मध्ये एक जना विज्ञ अम्बर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको अधिकृतसरहको पूर्वकर्मचारी भएका आधारमा पाउने थोरैतिनो पेन्सनले आजको राष्ट्रगान संगीतकार चिनारी भने पूरै ओझेलमा छन् ।
अम्बरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय बाहिर आए पनि त्यसपछिको थप औषधीमूलो र दैनिकी धान्ने चासोमा अम्बर परविार चिन्ताग्रस्त छ । "राष्ट्रगानको सिर्जनामा संलग्न एक जना साधकको योगदानको कदर गर्न पनि राज्यले नियमित भत्ता वा भरणपोषण/स्वास्थ्य उपचार खर्चको तर्जुमा गर्न सक्नुपछर् ," अम्बर रचित गीतसंग्रह अक्षरका आवाजहरूका प्रकाशक जयदेवकृष्ण श्रेष्ठ भन्छन्, "यसरी एउटा स्रष्टा गम्भीर बिरामी पर्दा मात्रै हारगुहार गरेका भरमा राज्य झुल्कने अवस्था भने त्यति सुहाउँदो देखिएन ।"
५० वर्षअघि दार्जीलिङे चियाकमानमा गीतकार अगमसिंह गिरीको 'नौ लाखे तारा उदाए...' गीत गाएर उदाएका गायक/संगीतकार अम्बरलाई तत्कालीन राजा महेन्द्रले नेपाल आउन दिएको निम्तो पनि उनको सबै सिर्जना र प्रतिभा छोप्ने 'अफवाह' बन्दै आएको छ । जबकि, राजा महेन्द्रले दसगजा पारबिाट बोलाएका वा नबोलाएका अरू स्रष्टाले के-कति घर/जग्गाको बन्दोबस्ती गर्न सकेका छन्, यो जगजाहेर नै छ । "आज पनि अम्बर सरका नाममा बैँक खाता छैन, उहाँको जमिन छैन, घर कतै छैन," संगीतज्ञ अम्बरका शिष्य राजकुमार श्रेष्ठ भन्छन्, "उहाँ पनि डेराघरमै बस्नुहुन्छ । तैपनि, सिर्जना र योग्यताको अब्बल हैसियतमा कुनै मान-सम्मान पाउनुपर्ने घडीमा भने अम्बर सरसँग नकारात्मक अफवाह मात्रै जोडिनु आफैँमा दुर्भाग्यपूर्ण छ ।"
आफूलाई जातीय, क्षेत्रीय र वर्गीय घेराबाट सक्दो टाढा राख्न रुचाउने संगीतज्ञ अम्बर कसैकसैका लागि आँखाको कसिंगरसमेत बनेका छन् । 'हाम्रो मूलथलो नेपाल हो र हामी मूलत: नेपाली हौँ । चाहे हामी भाक्सु बसौँ वा दार्जीलिङ अथवा अरू विदेशी मुलुक । हाम्रा पुर्खा यतैका हुन्,' अम्बरले एक अन्तर्वार्तामा भनेका छन्, 'गुरुङ, राई वा बाहुन भनेर वंश र जातिलाई प्राथमिकता दिनु गलत देख्छु म ।'
तीन छोरा र एक छोरीका पिता अम्बर गुरुङकी श्रीमती बीना एक वर्षयता पक्षघातबाट थलिएर डेराघरमा बसेकी छन् । उनको घरभाडा परदेशमा बस्ने छोरी अल्काले तिररिहेकी छन् भने संगीत स्कुलमा पढाएर जीविका चलाउँदै आएका माइला छोरा राजुले रेखदेख गर्दै आएका छन् ।
पश्चिमा संगीतमा प्रचलित क्यान्टाटादेखि राष्ट्रको चिनारी बन्न सक्ने अर्केस्ट्रासम्मको प्रयोग र शंकर लामिछाने, इन्द्रबहादुर राई, भूपी शेरचन, उत्तम कुँवरजस्ता साधकसँगको बौद्धिक सानिध्यका कारण अम्बरको कामलाई बुझ्ने-बुझाउने दृष्टि सधैँभरि अगम्यजस्तो छ । उनको सिर्जनशीलता र विशिष्ट क्षमताका बारेमा दार्जीलिङ युगदेखिका मित्र पिटर जे कार्थक, प्राध्यापक अभि सुवेदी, कवि प्रकाश सायमीलगायतले बुझबुझारथ गराउने यत्न गररिहेका छन् । उनको संगीतको असाध्य यात्रा कहाँ गए ती दिनहरू पुस्तकमा पनि छ ।
राज्यले गर्न चाहेमा उपराष्ट्रपति परमानन्द झाकी श्रीमती नवीना झाका निम्ति दिल्लीमा उपचार खर्चबापत ९ लाख ३० हजार रुपियाँ खर्च विनियोजन गरििदन सक्छ र यति पैसा दिएर त्यसमाथि दिल्ली दूतावासमा आएर 'महामहिम प्रथम महिला'का हैसियतमा तीन महिनासम्म डेराडन्डा जमाएर बस्ने प्रबन्धसमेत मिलाइदिन सक्छ । किनभने, यो अनौठो पहुँच र प्रबन्धका निम्ति परराष्ट्र मन्त्रालयले निर्देशन दिएको थियो ।
पार्किङ्सन, मधुमेह, उच्च रक्तचापसहितका रोगबाट ग्रस्त ७७ वर्षे अम्बर आफ्नो आर्थिक वा अन्य कठिनाइका बारेमा त्यति बोल्न-भन्न रुचाउँदैनन् । 'आर्थिक आधारमा सोच्ने हो भने म निराश मात्रै भइरहन्छु । आर्थिक कारणमै श्रीमती र परविारको पिन्च, दु:ख र गुनासोलाई मैले कहिल्यै पनि नेगेटिभ रूपमा लिइन,' अम्बरले अर्को अन्तर्वार्तामा भनेका छन्, 'शंकर (लामिछाने) दाइ भन्नुहुन्थ्यो- दु:खले तिमीलाई मार्ला जस्तो गर्छ, स्वासै लेला जस्तो गर्छ, प्राणै लैजाला जस्तो हुन्छ तर मरहिालिँदैन भाइ ।'
राजनीतिक पहुँच र प्रभाव हुनेले मात्रै राज्यकोषबाट पाउँदै आएको उपचारखर्चका निम्ति चालू आर्थिक वर्षका लागि छुट्टयाइएको २० करोड रुपियाँमा अहिले १० करोड रुपियाँ खर्च भइसकेको समाचारमा खर्च पाउनेको नामसूची पढ्दा मात्रै धेरै कुरा थाहा लाग्न सक्छ । यो बेला 'रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो...'को गीति-गेडामा संगीत भर्न पाएरै गद्गद हुने अम्बर गुरुङहरूका निम्ति राज्यकोष कहाँ छ ? उनको सांगीतिक सिर्जना राष्ट्रगानको चिनारी कहाँ रहन्छ ? यसकारण धेरै अर्थमा राज्य आफैँले विभेदको सिकार बनाएका पात्र हुन्- अम्बरहरू ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...