वियोगको पुलिन्दा
सम्पूर्ण कथाको अप्रत्यासित अन्त्यले पाठकीय खुलदुलीलाई मलजल गर्छ । कथाहरुमा वैदेशिक रोजगारी, सामाजिक सन्जाल/प्रविधि, महिला हिंसाका साथै सामाजिक दुष्कर्म अटाएका छन् । पात्रको मनोदशालाई पक्रेर लेख्ने उनको साहस तारिफयोग्य छ ।
वास्तविक पात्रमाथि कथा लेख्नु वास्तवमै सकस हुन्छ । तर यही सकसमा कथाकुथुंग्री रच्छन्, पत्रकार तथा लेखक चेतनाथ आचार्य । उनको कथाकारितामा कोरा कल्पनाभन्दा यथार्थको प्रक्षेपण हुन्छ । समाजका नमिलेका चित्र भेटिन्छन् ।
आफूसँग उठबस भएका पात्र तथा घटनालाई घटबढ गरेर कथाको जोहो गर्छन् आचार्य । पछिल्लो कथासंग्रह उपहारमा आठ कथा छन् । यौन मनोवैज्ञानिक धारामा कथा लेख्दै आएका उनको यो संग्रहमा पनि त्यो हस्ताक्षर कायमै छ । तर समाजका बाह्य यथार्थलाई पनि अटाएका छन् ।
उपहार पढिरहँदा हाम्रै समाजको यात्रा गरेजस्तो लाग्छ । कथा सरल छन् तर तिनको कथानक, पात्र र परिवेश समाजजत्तिकै जटिल । उनका कथा सामान्य पाठकका लागि साहित्यिक मनोरन्जन हुन सक्छन् भने गुदी खोज्नेलाई सामाजिक दस्तावेज । कथामा सामाजिक पात्र छन् । आचार्यले महिला हिंसाको पीडालाई यसरी उधिनेका छन् कि लाग्छ– ती आँखासामुका घटना नै हुन् ।
पहिलो कथा ‘आदर्श’ मा उनले एक साहित्यकारको बहुरुपी यथार्थलाई पाठकका माध्यमबाट अगाडि बढाएका छन् । ‘बसाइँ’ मा उनले बदलिँदो परिवेशमा यसले निम्त्याएको अप्रत्यासित विवशता उघारेका छन् । यो कथामा वर्णित परिवेशले पाठकीय स्मृतिपटमा गाउँघरका पुराना चित्र ओहोरदोहोर गर्छन् ।
‘दोधार’ की मुख्य पात्रको प्रश्न छ, ‘के एउटी राणाकी छोरीले एक सामान्य गाउँलेसाग बिहे गर्नुहुादैन ?’ यही कथ्यभावमा लेखिएको प्रेमकथामा महिला हिंसाको विषय उप्काइएको छ । वियोगान्त प्रेमकथामा परिबन्दले जोडी बनेकाहरुले सन्तान सुख नपाएको छटपटी छ । तर त्यसको अन्त्य पनि अरु कथाजस्तो अप्रत्यासित र पाठकलाई खुला सोच्न छाडिएको छ ।
‘जमाना’ कथा प्रविधिको जालो अर्थात् फेसबुकले निम्त्याएको घटनाबारेको घोचक कथा छ । युरोप पुगेको पात्र खाडीमा काम गर्न जाने नेपालीका श्रीमतीको यौन मनोविज्ञानलाई पछ्याउादै थेसिस तयार पार्न फेक आइडी बनाएर नेपालमा रहेकी एक विवाहित महिलासाग नजिकिन्छन् । उनीहरुबीच प्रेम अंकुराउन पनि थाल्छ । यसको अन्त्य पाठकीय अनुमानभन्दा भिन्न छ । साथमा छ, हास्य रस । प्रोजेक्टमा काम गर्नेलाई व्यंग्य गरेजस्तो लाग्छ ।
‘जीवनचक्कर’ मा कहीँ पनि नअडिने, धैर्य नभएको मानिसको कथा समावेश छ, जहाँ जान्छ, प्रेममा पर्छ । तर आफूलाई परिवेशअनुकूल ढाल्न सक्दैन ।
‘मृत्युकम्प’ भूकम्पको केन्द्रबिन्दुमा रचिएको दु:खान्त प्रेमकथा हो । रेन्नी र उपहारमा पनि भूकम्पका प्रसंग छन् । दुवै कथामा चिनियाँ परिवेश आएको छ । प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएका यी सरस कथामध्ये ‘रेन्नी’ मा स्वंयसेवी चिनियाँ युवतीको वर्णन छ ।
‘उपहार’ मा प्रेमी गुमाएपछि लेखकसँग उठबस गरेकी अमेरिकी महिला पात्र कार्मिनको कथा छ । उनले थाहै नदिई कथाको पात्रबाट सन्तानलाभ गरेकी छन् । ‘दोधार’ र ‘उपहार’ कथाले उठाएको प्रश्न हो– इच्छित पुरुषबाट महिलाले सहजै वीर्य लिन सक्छन् ? पछिल्लो समय जल्दोबल्दो बहसका रुपमा उठेको सरोगेसीसँग जोडिएको छ ।
सम्पूर्ण कथाको अप्रत्यासित अन्त्यले पाठकीय खुलदुलीलाई मलजल गर्छ । कथाहरुमा वैदेशिक रोजगारी, सामाजिक सन्जाल/प्रविधि, महिला हिंसाका साथै सामाजिक दुष्कर्म अटाएका छन् । पात्रको मनोदशालाई पक्रेर लेख्ने उनको साहस तारिफयोग्य छ । तर कथा सम्पादनमा लेखक–प्रकाशकको कन्जुस्याइँ देख्दा भने उदेक लाग्छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...