साहित्य
प्रेमको प्रतीकात्मक चित्र । Valery Rybakow/shutterstock
२८ चैत्र २०७६ शुक्रबार
खुर्पेचाँद (राजकुमार बानियाँको कविता) #Podcast
कहिलेकाहीँ यस्तो लाग्छ- मायाको डल्लाले हिर्काओस् कसैले । हल्लिरहोस् मुटुको धड्कन । बर्सिरहोस् आकाश कुसुम । भइहोस्, रोमान्टिक मनसुन ।

कहिलेकाहीँ यस्तो लाग्छ-
मायाको डल्लाले हिर्काओस् कसैले
हल्लिरहोस् मुटुको धड्कन
बर्सिरहोस् आकाश कुसुम
भइहोस्, रोमान्टिक मनसुन ।
कहिलेकाहीँ यस्तो लाग्छ-
बैँसले सुसाओस् जिन्दगी
ढकमक्क होस् मनको बारी
घमाइलो होस् सिङ्गै उमेर ।
कहिलेकाहीँ यस्तो लाग्छ-
खुर्पेचाँद उपहार देओस् कसैले
लगाइदिन पाऊँ कुमारी चुल्ठोमा
आफैँमा धन्य होस् खुर्पेचाँद ।