डायस्पोराका परोपकारी
आम्दानीका हिसाबले धनीमानी होइनन्, अर्जुनप्रसाद मैनाली, ४६। न्युयोर्क सहरकै छेउको हिस्कभिलमा चार जनाको परविार चलाइरहेका मैनाली एउटा बिमा कम्पनीका सामान्य कर्मचारी हुन्,

र
कतिसम्म भने मैनाली रक्तदानका लागि न्युयोर्कबाट आफ्नै खर्चमा लन्डन पुग्छन्, टोरन्टो जान्छन्, आयरल्यान्ड पुग्छन्। बर्मुडामा पुगेर थोरै संख्यामा रहेका नेपालीलाई एकजुट गरेर रक्तदान गराउँछन् र आफू पनि गर्छन्। उनको अर्काे रक्तदान एवं जागरण यात्रा अर्काे महिना मकाउमा हुँदै छ। डायस्पोरामा छरिएका नेपालीलाई रक्तदानमा उत्प्रेरति एवं संगठित गर्ने उद्देश्यले मैनालीको नेतृत्वमा गठित इन्टरनेसनल नेपलिज ब्लड डोनर्सले १९ देशमा रक्तदान सम्पन्न गरसिकेको छ।
काभ्रेको सिपालीमा जन्मेका मैनालीले हालसम्म १ सय १९ पटक रक्तदान गरसिकेका छन्। "५१ हजार मिलिलिटर रगत दान गरसिकेको छु," उनी भन्छन्, "रगतको यो मात्राले ३ सय ४५ जना बिरामीलाई बचाउन सकिन्छ।" उनकै पहलमा हालसम्म १९ वटा अमेरकिी राज्यमा विभिन्न नेपाली आप्रवासी संघसंस्थाहरूले एक सयभन्दा बढी रक्तदान कार्यक्रम सम्पन्न गरसिकेका छन्। करबि ६ हजार नेपाली आप्रवासी रक्तदानमा संलग्न भएका छन्। यही लगावका कारण मैनाली न्युयोर्क राज्यको 'स्टेट एसे म्बली'लगायत अमेरकिी रेडक्रसलगायत दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसकेका छन्। गत वर्ष न्युयोर्कको बीसौँ हजार दर्शक उपस्थित 'मेट स्टेडियम'को स्कोर बोर्डमा अमेरकिी रेडक्रसको प्रायोजनमा बेसबलको खेल मध्यान्तरमा मैनालीलाई 'ब्लड डोनर अफ द गेम'का रूपमा प्रस्तुत गरएिको थियो।
अमेरकिामा बसेर नेपालमा रक्तदाता एवं त्यसका उत्प्रेरकहरूलाई पुरस्कृत गर्नु उनको अर्काे काम हो। भन्छन्, "नेपालका अन्य समाचारभन्दा मूलतः रक्तदानसम्बन्धी समाचारलाई म ध्यान दिन्छु। त्यही अनुसार के गर्न सकिन्छ, गर्छु।" फलतः रौतहट मिठुअवा -५ की अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरी रामरतीदेवीलाई आफँै रगत दिएर बचाएबापत गौर अस्पतालका चिकित्सक सुवास चौधरीलाई मैनालीले १० हजार नगदले पुरस्कृत गरे। गत वर्षको साउनमा कान्तिपुर दैनिकमा आफँै रक्तदान गर्छन् डाक्टर शीर्षक समाचारका आधारमा मैनालीले रक्तश्रावबाट पीडित सुत्केरी बचाउने बाजुरा अस्पतालका चिकित्सक झपिन्द्र पोखरेललाई १० हजार नगदले पुरस्कृत गरे। जाजरकोट जिल्ला अस्पताल एवं चौरजहारी मिसन अस्पतालका बिरामीहरूलाई खाँचो पर्दा रक्तदानबापत मैनालीले वीरदल गणका सैनिकहरूलाई २० हजार रुपियाँ पुरस्कार दिएका छन्। उनले रक्तदानसम्बन्धी विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा पुरस्कारको व्यवस्थादेखि आफ्नो जन्मथलोमा रहेको विद्यालयमा एक लाख रुपियाँसम्म सहयोग गरेका छन्। सरकार प्रमुख राष्ट्र संघीय महासभाका क्रममा न्युयोर्कमा आउँदा विभिन्न शीर्षकमा मैनालीले प्रधानमन्त्री राहत कोषका लागि २५ हजारदेखि एक लाख रुपियाँसम्म हरेकपटक दिँदै आएका छन्।
डेढ दशकयता अमेरकिा बस्दै आएका मैनालीले दसैँका बेला परविारलाई खुवाउन नसकेको पिरमा आत्महत्या गरेका चितवन, माडीका धनबहादुरलाई पहिलो महिना १५ हजार एवं दोस्रो महिना ३० हजार रुपियाँ सहयोग गरे भने पछि एक लाख रुपियाँको कोष बनाएर हस्तान्तरण गरे। शौचालयमा बस्दै आएकी गुल्मीकी ज्ञानी परयिार हुन् वा बाजुराको कैलाशमाडौँमा बनाउन लागिएको पुरस्कालय, चार बच्चा जन्माएर आर्थिक संकटमा परेकी सप्तरीकी विमलादेवी मण्डल हुन् या रोल्पा तेवाङकी टीका विक, उनले सबैलाई आर्थिक रूपमा सघाएका छन्। अमेरकिामा उनले सहयोग नगरेका संस्था कमै होलान्। यो कसरी सम्भव छ त ? भन्छन्, "जति धनी भए पनि खाने-बस्ने सबैको तरकिा उही हो। अरूका लागि केही गरौँ भन्ने सोच हो। आफ्नो आम्दानीको ८० प्रतिशत यसैमा खर्चेको छु। यसैमा सन्तुष्टि छ।"
दिनेशजंग शाह/अमेरिका
तस्बिर: दिनेशजंग शाह