अन्य
१९ वैशाख २०७६ बिहीबार
काठमाडौं
लहनामा नेवाः भ्वय्
मान्छेदेखि भगवानसम्मलाई चढ्ने घरेलु ऐला र छ्याङ । साथमा मासुको छोयला पनि ।

ठूलो टपरीमा मासको बारा, चिउरा, कालो भटमास । मान्छेदेखि भगवानसम्मलाई चढ्ने घरेलु ऐला र छ्याङ । साथमा मासुको छोयला पनि । परिवार र साथीभाइसँग नीलो आकाशमा चहारिरहेका सेता बादललाई नियाल्दै सुकुलमा बसेर स्वादिष्ट नेवारी परिकार चटनीसँग खान सकिन्छ, नेवाः लहना रेस्टुराँमा । नेवाः संस्कृतिको जगेर्नाका लागि ०६३ मा खोलिएको लहना कीर्तिपुरको थांबहाल टोलमा छ ।