अन्य
३० असार २०७६ सोमबार
काठमाडौं
डल्लेको लाम्चो पनिर मःम
प्राकृतिक उज्यालो र रंगीन सेटिङ मन पर्छ भने तपाईंका लागि हुन सक्छ, डल्ले रेस्टुराँ । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि यहाँ परिकार भने स्वादिष्ट छन् ।

प्राकृतिक उज्यालो र रंगीन सेटिङ मन पर्छ भने तपाईंका लागि हुन सक्छ, डल्ले रेस्टुराँ । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि यहाँ परिकार भने स्वादिष्ट छन् । डल्लेको पनिर मःम विशेष खानाको रुपमा छ । त्यसैगरी मायोनिज ससको साथमा पोटाटो रोल, स्पाइसी आलुसँगको फ्राई राइस कम्बो तथा छोइला फ्राई राइस साथमा डल्ले खुर्सानीको अचार । बिहानको खाना होओस् या दिउँसोको खाजा, सबैका लागि उत्कृष्ट छ, डल्ले । काठमाडौँका विभिन्न ७ स्थानमा डल्लेका चेन छन् ।